×

NEPAL TIMES UPDATES

Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026

रोनाल्डोले अल नासरबाटै सन्न्यास लिने

११ भाद्र २०८१

११ भदौ  एजेन्सी ।

उमेरले ३९ वर्ष पुग्दासम्म फुटबलमा सक्रिय रहेका क्रिस्टियानो रोनाल्डोले कहिले सन्न्यास लेलान् भन्ने अड्कल काट्न गाह्रै छ । १८ वर्षको उमेरदेखि पोर्चुगलका लागि अनवरत रूपमा खेलिरहेका रोनाल्डोसर्वाधिक खेल खेलेर सबैभन्दा धेरै गोल गरेका छन् । फुटबल इतिहासमा अनेकौं शीर्षकमा कीर्तिमान बनाएका रोनाल्डोले जित्न बाँकी भनेको फिफा विश्वकपको उपाधिमात्र हो ।

Advertisement
Advertisement

विश्वकपमा पनि उनको व्यक्तिगत उपलब्धि थुप्रै छन् । सन् २००६ मा २१ वर्षको उमेरमा विश्वकपमा पहिलो गोल गरेका रोनाल्डोले ३७ वर्षको उमेरमा सन् २०२२ मा गोल गरेका थिए । यस्तो रेकर्ड बनाउने अरू खेलाडी छैनन् । विश्वकपका विभिन्न पाँच संस्करण खेलेका रोनाल्डोले आफ्नो राष्ट्र पोर्चुगललाई युरोकप र युइएफए नेसन्स लिगको उपाधि जिताएका छन् ।

पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डो मैदानमा यतिधेरै मिहिनेत गर्छन्, २० सिजन त उनी शीर्ष गोलकर्ता नै बने । हुँदहुँदै दुई वर्षअघि युरोपियन लिगबाट बाहिर निस्किएर साउदी अरेबियन क्लब अल नासर पुगेका रोनाल्डोले डेब्यु सिजनमा १९ खेलमा १४ गोल गरे । तर, २०२३–२४ को सिजनमा उनी सर्वाधिक गोलकर्ता बने ।

साउदी प्रो लिगमा अघिल्लो सिजन ३५ गोल गर्दै ‘गोल्डेन बुट’ जितेका रोनाल्डोले अघिल्लो सिजन अल नासरले खेल्ने सबै प्रतियोगितामा ४५ खेल खेल्दा ४४ गोल गरे । युरोपका शीर्ष लिगहरूमा सनसनी मच्चाएर साउदी आएका रोनाल्डोले नयाँ सिजनको पहिलो खेलमै गोल गरे। अब, यस सिजन पनि उनी अल नासरलाई उपाधि जिताएर व्यक्तिगत उपलब्धिको फेहरिस्त लगाउने दाउमा छन् ।

सँगसँगै पोर्चुगलका लागि उपाधि जित्ने उनको योजना कायमै छ । तर, यसबीचमा उनीमाथि सन्न्यास कहिले लिने भन्ने प्रश्न तेर्सिने गरेकै छन् । हालै पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोलाई ‘एनओडब्यु’ मिडियाले सन्न्यास कहिले भन्ने प्रश्न सोधेको थियो । जसको जबाफमा उनले भनेका छन्, ‘मैले कहिले सन्न्यास लिन्छु भन्नेबारे म आफैंलाई थाहा छैन । मैले चाँडै सन्न्यास लिनुप¥यो भने आगामी दुई वा तीन वर्षमा लिन्छु । तर सम्भवतः म अल नासरबाटै सन्यास लिन्छु ।’

अल नासरमा आफू एकदमै खुसी रहेको बताउँदै रोनाल्डोले निरन्तर साउदीबाटै फुटबल खेल्ने आफ्नो चाहाना रहेको सुनाए । त्यसबाहेक आफ्नो राष्ट्रका लागि खेलिरहँदा गर्व अनुभूति गरेको रोनाल्डोको भनाइ छ । त्यसबीचमा उनलाई सन्न्यासपछि प्रशिक्षक बन्ने हो ? भन्ने प्रश्न सोधिएको थियो ।

जबाफमा रोनाल्डोले फुटबलभन्दा बाहिर रहेर रमाउने बताए । ‘म प्रशिक्षक बन्छु भनेर सोच्न पनि गाह्रो छ । म कुनै फुटबल टोलीको प्रशिक्षक बन्ने मनसायमा छैन । यसबारे त सोच्दिनँ पनि । हुन सक्छ, मैले मेरो भविष्य फुटबलबाहेक अरू केहीमा देखेको छु ।’ हालै रोनाल्डोले युट्युब च्यानल बनाएका छन् । जसमा झन्डै पाँच करोड सब्स्क्राइब पुग्न आँटेका छन् ।

यसतर्फ उनी खुबै रमाएका कारण युट्युबमै रोनाल्डो सक्रिय बन्छन् कि भन्ने अड्कलबाजी भइरहेको छ । उसै पनि रोनाल्डो ‘सोसल मिडिया लभर’ हुन् । सबै सामाजिक सञ्जालमा उत्तिकै सक्रिय रहने रोनाल्डोको एक्स (पूर्वट्वीटर) मा ११ करोड २६ लाख फलोअर्स रहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पनि उनले १७ करोड फलोअर्स छन् ।

यसका अतिरिक्त इन्स्टाग्राममा पनि उनको कीर्तिमानी ६३ करोड ६० लाख फलोअर्स रहेका छन् । युरोपका शीर्ष तीन लिगमा आबद्ध क्लबहरूबाट व्यवसायिक फुटबलको अनुभव संगालिसकेका रोनाल्डो विश्वकै सबैभन्दा धनी फुटबलर हुन् ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top