×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

बंगलादेशलाई पहिलो पटक साफ यु-२० को उपाधि, नेपाल उपविजेतामै सीमित

१२ भाद्र २०८१

१२ भदौ, विराटनगर ।

बंगलादेशले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । बुधबार (आज) भएकाे फाइनल खेलमा घरेलु टोली नेपाललाई ४-१ गोलले हराउँदै बंगलादेश उपाधि जितेको हो ।

Advertisement
Advertisement

बंगलादेशको यो पहिलो उपाधि हो । गत संस्करणमा भारतसँग अतिरिक्त समयमा ५-२ गोलले पराजित हुँदै बंगलादेश उपाधिबाट विमुख भएको थियो । त्यसअघि बंगलादेश सन् २०१७ मा नेपालसँग र २०१९ मा भारतसँग पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो ।

तर, यसपालि भने बंगलादेशले घरेलु टोली नेपाललाई स्तब्ध बनाउँदै पहिलोपटक उपाधि उचालेको हो । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा बंगलादेशले पहिलो हाफमा १ गोल गर्‍यो भने दोस्रो हाफमा तीन गोल थप्यो ।

बंगलादेशले पहिलो हाफको इन्ज्युरी समयमा, ५४औं मिनेटमा, ७०औं मिनेटमा र खेल सकिनै लाग्दा बंगलादेशले गोल गरेको थियो । ८०औं मिनेटमा समीर तामाङले गोल गर्दै खेल ३-१ गोलको अवस्थामा ल्याएका थिए । तर, नेपालले अरू गोल थप्न नसक्दा बंगलादेश च्याम्पिनय बनेको हो ।

सेमिफाइनलमा दुवै टोलीले टाइब्रेकरमा बाजी मारेर फाइनल यात्रा तय गरेका हुन् । सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोल र बंगलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएको थियो ।

नेपाल भने सन् २०१७ पछि साफको उमेरसमूहको प्रतियोगिताको उपाधिनजिक पुगेको थियो । यसअघि सन् २०१५ र २०१७ गरी दुईपटक फाइनल पुगेको नेपालले ती दुवै प्रतियोगिताको उपाधि जितेको थियो । तर, त्यसयताका तीन संस्करणमा भने नेपाल च्याम्पियन बन्न सकेको छैन ।

नेपालले ९ वर्षअघि सन् २०१५ मा उमेरसमूहको साफको पहिलो संस्करण आयोजना हुँदा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो ।उक्त प्रतियोगिता पनि एन्फा कम्प्लेक्समै भएको थियो । सन् २०१७ मा भुटानको थिम्पुमा सिंगल राउन्ड रोबिनमा भएको साफ यु–१८ नेपालले बंगलादेशलाई गोल संख्यामा पछि पार्दै दोस्रोपटक उपाधि जितेको थियो ।

Advertisement

नेपाल चार पटक साफअन्तर्गतका उमेर समूहका प्रतियोगिता आयोजना गर्दा एकपटक सन् २०१५ मा उपाधि घरमै राख्न सफल भएको छ । सन् २०१९ र २०२३ मा भने नेपालमा प्रतियोगिता हुने तर च्याम्पियनचाहिँ भारत हुने सिलसिला बढेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top