NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

गगन–विश्वप्रकाशको प्रस्तावले हल्लिए देउवा

बिहिबार भदौ १३ , २०८१
Reading Time: 1 min read
A A
गगन–विश्वप्रकाशको प्रस्तावले हल्लिए देउवा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ भदौ , विराटनगर ।

नेपाली कांग्रेसमा १५ औं महाधिवेशनको मिति टुंगो लाग्नुअघि नै यतिबेला सभापति शेरबहादुर देउवा भर्सेस महामन्त्री द्वय को स्थिति देखिएको छ । महामन्त्री गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्माको चुनावी गठबन्धन नगर्ने, १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुने सुनिश्चित गर्नुपर्ने र राष्ट्रपतिदेखि सांसद समेतका लागि कार्यकाल तोक्ने ‘एक्जिट पोलिसी’को प्रस्तावले कांग्रेसमा विवाद चलिरहेको छ ।

सभापतिसमेतको असहमति रहेको यी प्रस्तावमा शर्मा र थापा पछाडी फर्किने सम्भावना नदेखिएपछि देउवा दबावमा परेका छन् । यसैकालागि उनले पदाधिकारी र पूर्व पदाधिकारीको बैठकसमेत बोलाएका छन् । आगामी शनिबार विहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको छ ।

LS Auto

१६ भदौमा बस्ने केन्द्रीय समिति अघि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् । सभापति देउवाले मंगलबार र आज पनि दुई महामन्त्रीको प्रस्तावका लागि उपसभापति र महामन्त्रीसँग छलफल गरे । तर दुई दिनको बैठकमा सहमति जुट्न सकेको छैन् । चुनावी तालमेल नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न सकेको छैन ।

‘मुख्यत तीन एजेण्डामा दुई दिनको छलफलमा भएको छ । दुई महामन्त्री पछि नहटेपछि छलफल विना निष्कर्ष टुंगिएजस्तै छ ।’ शीर्ष तहका एक नेताले भनेका छन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने सहमति उन्मुख भएको दाबी गरेका छन् । एक्जिट पोलिसी, महाधिवेशन कार्यतालिका लगायतमा सहमति नजिक पुगेको उनले दाबी गरेका छन् । तर संस्थापन पक्षले चुनावी गठबन्धन रणनीतिक हुने भएकाले अहिले घोषणा गर्नु नपर्ने र एक्जिट पोलिसीबारे अहिले छलफल आवश्यक नभएको तर्क गर्दै आइरहेको छ ।

बैठकमा संस्थापन पक्षका नेताहरुले विरोध जनाएपछि सभापति देउवाले महामन्त्रीद्वयको प्रतिवेदनमा मध्यमार्गी बाटो खोजिरहेका छन् । तर, दुवै पक्षले आआफ्नो अडान नछाड्दा सहमति जुट्न सकेको छैन् । यसअघि पनि देउवाले यो बिषयमा महामन्त्रीद्वयसँगै उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि सहभागी थिए । प्रतिवेदनमा छलफल नजुटेपछि केन्द्रीय समितिको बैठक १६ गतेलाई राखिएको छ ।

यसबीच आगामी महाधिवेशनलाई लिएर पनि नेताहरु आआफ्नो तयारीमा जुटेका छन् । कांग्रेसको १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार घोषणा गरिसकेका नेतामा अहिलेसम्म शेखर कोइराला मात्र देखिएका छन् । १४औँ महाधिवेशनमा ’एकपटक यसैपटक’ नारा लिएर सभापति लडेका उनले एकपटक सभापति बन्न दोस्रोपटक आकांक्षा देखाउने बताइसकेका छन् ।

कांग्रेसमा सभापति हुने भनेर सार्वजनिक रूपमा नभने पनि अन्य नेताहरु आन्तरिक तयारीमा छन् । जसमा संस्थापन समूहबाट उपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आन्तरिक तयारी गरिरहेका छन् । १३औँ महाधिवेशनमा सभापतिको उम्मेदवार भएर पराजय व्यहोरेका सिटौलालाई गुटभित्रैबाट सभापतिको उम्मेदवार बन्न र सभापति शेरबहादुर देउवालाई रिझाउन दबाब छ ।

१४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका प्रकाशमान सिंह र विमलेन्द्र निधि संस्थापन समूहमा भए पनि महाधिवेशनकेन्द्रित गतिविधिमा कम देखिएका छन् । सिंह उपप्रधान तथा शहरी विकासमन्त्री बनेर मन्त्रालयको काममा व्यस्त छन् । निधि संसदीय भूमिकामा व्यस्त छन् भने मधेशकेन्द्रित भएर काम गरिरहेका छन् ।

संगठनको पकड र गतिविधि हेर्दा उनीहरू देउवाको संस्थापन सहयोग र स्वीकृति पाए मात्र सभापति हुने देखिन्छ । अहिले सभापति देउवाले केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढी शक्ति होल्ड गर्छन् । गुटबाट पार्टीमा बलियो प्रभाव पारेका देउवाको समर्थनले पार्टीको भावी नेतृत्वमा प्रभाव पार्छ । त्यसैले देउवाले जसलाई धाप मार्छन्, उसैले पार्टीको नेतृत्व पाउने सम्भावना बलियो छ ।

उनको समर्थनबिना सभापति बन्न पापड बेल्नुपर्ने अहिलेसम्मको स्थिति छ । १४औँ महाधिवेशनमा सभापतिको लडाइँमा दोस्रो चरणमा सिंह र निधि दुवैले देउवालाई सघाएका थिए । देउवाले त्यसको गुन सिंहलाई मन्त्रिपरिषद्मा पठाएर तिरे भने अर्कोपटक पालो निधिको आउने देखिन्छ ।

नेतृत्वमा आउन भने दुवैले देउवालाई रिझाउनुपर्नेछ । उता देउवाले उत्तराधिकारी बनाउन बीपीपुत्र शशांक कोइरालालाई उपयुक्त पात्रको रूपमा देखेको कतिपय नेताहरू बताउँछन् । कांग्रेसका संस्थापक बीपी कोइरालाको छोरा भएकै कारण कांग्रेसमा शशांकको आफ्नै स्थान बलियो रहेको र उनलाई बनाउन सकिए अहिले संस्थापनइतर समूहमा रहेको कोइराला समूहको मत पनि आउने बुझाइ संस्थापन पक्षका नेताहरूको छ ।

शशांक राजनीतिमा आफैँ विचार लिएर अडिगभन्दा पनि उदारभाव भएका नेताको रूपमा चिनिन्छन् । उनको उदारभावलाई प्रयोग गर्न सकिने र सभापति पदमा राखेर पार्टीमा आरजुलाई भावी नेतृत्वको रूपमा अघि बढाउन र पार्टी पनि चलाउन सकिने बुझाइ संस्थापन समूहमा छ ।

शशांक सभापतिको आकांक्षी त छन् तर उनले देउवाको साथको अपेक्षा गरिरहेका छन् । उनले १४औँ महाधिवेशनमा शेखर कोइरालालाई सघाएनन् । खुलेर असहयोग पनि गरेनन् । देउवालाई पनि शशांकलाई अगाडि सार्दा कुनै समस्या हुँदैन । किनकि शशांकलाई सभापति बनाउँदा उनलाई सभापति भनेर अन्य पदाधिकारीमा दाबी गर्नेहरू छैनन् । यस्तोमा सभापति शशांकलाई दिए देउवाले अन्य पदाधिकारीहरू आफ्ना विश्वासपात्रहरूलाई बनाउन सक्छन् । यदि आरजुलाई पदाधिकारीमा स्थान दिने हो भने देउवासँग सभापतिको उम्मेदवारी दिने बताइसकेका शेखर कोइरालालाई समर्थन गर्ने पनि विकल्प छ । संस्थापनइतर समूहको नेता भएर सभापतिसँग मिल्न खोजेको भाष्य बनेको भन्दै शेखर त्यस्तो नभएको प्रस्टीकरण दिइरहेका छन् ।
पज…………
त्यस्तै, देउवाले महामन्त्री गगन थापालाई मनाएर आफ्नो समूहमा ल्याउन सक्ने नेताहरू बताउँछन् । पूर्णबहादुर खड्काको नेतृत्व होस् या शशांकको, महामन्त्री थापालाई उपसभापतिमा राख्न सकियो भने समूह बलियो हुने र त्यसमा आरजुलाई सेटल गराउन र समूह बलियो राखिराख्न पनि सकिने बुझाइ देउवाको छ । १४औँ महाधिवेशनमा देउवाले पदाधिकारीमा सोचेको नतिजा निकाल्न सकेका थिएनन्

यसो गर्न सकियो भने आफ्नै समूहले पार्टी चलाउने र पदाधिकारीमा बलियो पकड रहने तथा केन्द्रीय समितिमा पनि सोहीअनुसार प्रभाव रहने बुझाइ देउवाको छ । तर गगन थापा पार्टीको शीर्ष स्थानमा उक्लिए पार्टीभित्र सत्ताको आस गरेका धेरै नेताहरूले भविष्य देख्ने छैनन् । यस्तो अवस्थामा थापाले अवसर पाउने सम्भावना कम रहन्छ ।

थापा भने सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । पार्टी गतिविधिमा योजनाबद्ध ढंगले अघि बढ्न चाहेका उनले आफूलाई शेखर समूहमा रहेको बताउँदै आएका छन् । यता देउवाले कसलाई समर्थन गर्ने भन्ने कुरा आरजुमा पनि भर पर्छ । देउवाले आरजुलाई सिधै नेतृत्वमा स्थापित गराउनेभन्दा पनि दोस्रो तहमा रहेर एक कार्यकाल बिताएपछि नेतृत्वमा स्थापित गराउन चाहेका छन् ।

त्यसैले उपयुक्त पात्र नेतृत्वमा आओस् भन्ने चाहेका देउवालाई आरजुको रोजाइले पनि निर्णय दिनुपर्ने हुन्छ । परराष्ट्रमन्त्री भएपछि उनले अन्तर्राष्ट्रिय समर्थन जुटाउन व्यवस्थापन गरिरहेको पछिल्लो भारत भ्रमणले पनि देखाउँछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि छिट्टै महिला प्रधानमन्त्री बनाउने भन्ने विषयले आरजुको चर्चा प्रधानमन्त्री बन्ने पो हो कि भनेर हुन थालेको छ ।

यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #देउवा#गगन–विश्वप्रकाश

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

थप समाचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने
समाचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान
समाचार

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?
समाचार

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.