NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

कोलकाता डा.प्रकरणःअगष्ट ९ को अडियो सार्वजनिक

शुक्रबार भदौ १४ , २०८१
Reading Time: 1 min read
A A
कोलकाता डा.प्रकरणःअगष्ट ९ को अडियो सार्वजनिक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ भदौ , एजेन्सी ।

छिमेकी राष्ट्र भारतको कोलकाता स्थित एक अस्पतालमा भएको हृदय विदारक बलात्कार–हत्या प्रकरणको अपडेट खबर आएको छ। जहाँ घटना भएको दिन अस्पतालका अधिकारी र मृतक डाक्टरका बाबुबीच भएको कुराकानीले घटनालाई थप शंकास्पद बनाएको छ ।

भारतस्थित कोलकाताको आरजी कर मेडिकल कलेजका अधिकारी र बलात्कारपछि हत्या गरिएकी डाक्टरका बुवाबीच अगष्ट ९को घटनापछि भएको फोन कुराकानीको अडियो सार्वजनिक भएपछि उक्त प्रकरण थप शंकास्पद बनेको छ ।

सार्वजनिक कुराकानी सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले ‘गलत सूचना’ मात्र नभई आफ्नो ‘असंवेदनशील’ रुपमा मृतकका बाबुप्रति प्रस्तुत भएको सुनिएको छ । सार्वजनिक तीन अडियो क्लिपमध्ये पहिलो ७१ सेकेन्ड, दोस्रो ४६ सेकेन्ड र तेस्रो २८ सेकेन्डका छन्।

उक्त अडियोमा आफूलाई अस्पतालकी सहायक सुपरिटेन्डेन्ट भनिने एक महिलाले पीडितका बुबालाई फोन गरेकी छन्। अडियो सुनेपछि कोलकाता प्रहरीका केन्द्रीय डिभिजन डेपुटी कमिश्नर इन्दिरा मुखर्जीले उक्त अडियोले महिला डाक्टरको मृत्यु आत्महत्याले नभएको प्रमाणित गरेको बताएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

पीडित परिवारले अगष्ट ९ गते बिहान अस्पतालबाट तीन पटक फोन आएपछि त्यहाँ पुगेको बताएका छन् । यसैबीच बिहीबार परिवारका सदस्यले शरीर ढाक्ने कपडाको रङबारे शंका व्यक्त गरेका छन्।

मुखर्जीले बिहीबार सञ्चारमाध्यमसँग भनिन्, ‘केही भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएका छन् र केही टेलिभिजन च्यानलमा शव ढाक्ने कपडाको रङबारे बहस भइरहेको छ। भनिएको छ कि पहिले कपडाको रङ निलो थियो तर पछि रङ फरक थियो।’

यस विषयमा सबै प्रमाण सीबीआईलाई सुम्पिएको उनले बताएकी छन्। पहिलो अडियो क्लिपमा एक महिलाको स्वरमा कोही बिरामी भएको कुरा सुनिएको छ । महिलाले उनको स्वास्थ्य अलि बिग्रिएको विरामी भएको बताएकी छिन् । पुरुषको स्वरमा भने किन के भयो भन्ने सुनिएको छ ।

के तपाईहरु तुरुन्त आउन सक्नुहुन्छ? उनले भनेकी छन् । यसपछि दोस्रो अडियो क्लिपमा सोही महिलाले म असिस्टेन्ट सुपर हुँ, डाक्टर होइन भनिरहेकी छिन् । उनले निक्कै विरामी रहेको र भर्ना गरिएको भनिएको छ ।

तुरुन्त अस्पतालमा आउन भन्दै बाँकी विषय डाक्टरले भन्ने महिलाले जवाफ दिएकी छन् । यसपछि तेस्रो अडियो क्लिपमा महिलाले आत्महत्या गरेको वा मृत्यु भएको हुनसक्ने बताएकी छिन् । महिलाको आवाज मा भनिएको छ “उनले आत्महत्या गरेकी हुन् वा मरिसकेकी हुन्। पुलिस यहाँ छ। हामी अस्पतालमा सबैको अगाडि छौं। हामी कल गर्दैछौं।“

यी तीन अडियो क्लिपहरू एउटै फोन कलको अंश हुन् वा छुट्टाछुट्टै फोन कलहरू हुन् भन्ने स्पष्ट छैन। यससँगै यी कलहरू सोही दिनका हुन् वा होइनन् भन्ने पनि स्पष्ट छैन। तर कुराकानी पूर्णतया तीन व्यक्ति बीच भएको छ । एकातिर महिलाको स्वर छ भने अर्को तिर पुरुष र महिलाकोको आवाज ।

यो अडियो आरजी कर घटना भएको दिन पीडितका अभिभावकसँगको कुराकानीको भएको दाबी गरिएको छ । यसअघि पीडितका अभिभावकले पनि आफूहरुलाई गलत सूचना दिएको आरोप लगाएका थिए ।

पहिले छोरी बिरामी भई किन भनियो र पछि छोरीले आत्महत्या गरेको भनियो भने छोरीको बलात्कार र हत्या कसरी भयो भन्ने परिवारजनले प्रश्न गरेका छन् । भारतीय शहर कोलकातामा प्रशिक्षार्थी डाक्टरमाथि निर्ममतापूर्वक कुटपिट, त्यसपछि बलात्कृत र अन्ततः हत्या गरिएको थियो । यो क्रूरताले सबैलाई रुवाएको छ ।

पीडितको पोस्टमार्टम रिपोर्टले सबैलाई चकित बनाएको थियो । रिपोर्टमा डाक्टरलाई बलात्कार मात्रै गरिएको थिएन ।वास्तवमा, त्यसअघि उनलाई नराम्ररी पिटिएको थियो। उनलाई यति हदसम्म कुटिएको थियो कि उनको शरीरका हरेक भागमा चोटका निशान थिए ।

पोस्टमार्टम रिपोर्टका अनुसार मृतकको हात र अनुहारमा टोकेको निशान भेटिएका थिए । उनको चस्माबाट सिसाका टुक्रा आँखाभित्र पसेका थिए । यति मात्र होइन आरोपीले पीडितको टाउको पनि भित्तामा बजारेका थिए । यसबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

यति मात्र होइन, आरोपीले प्रशिक्षार्थी डाक्टरको घाँटी थिचेर हत्या गर्दा क्रूरताको हद नाघेको थियो । उनको प्राइभेट पार्टमा चोटका निशानहरू फेला परेका थिए। मेडिकल कलेजको सेमिनार हलभित्रै उनीमाथि निर्मम कुटपिट भएको थियो ।

निर्मम कुटपिट र यौन दुव्र्यवहार गरेपछि प्रशिक्षार्थी डाक्टरको घाँटी थिचेर हत्या गरिएको थियो । कलेजका प्रिन्सिपलले यो बलात्कार–हत्याको घटनालाई आत्महत्यामा परिणत गर्न खोजेका थिए । तर उनी असफल भए ।

कलेजका प्रिन्सिपलले घटनाको चार दिन पछि आफ्नो पदबाट राजीनामा दिएका थिए । हत्यापछि पक्राउ परेका मुख्य अभियुक्त सञ्जय रोय घर गएर लामो समय सुतेका थिए। सञ्जय रोय अस्पतालमा बारम्बार पुग्ने गर्दथे ।

समाचार एजेन्सी पीटीआईका अनुशार उनले प्रमाणहरू हटाउनका लागि लगाएका लुगाहरू धोएका थिए। उनको जुत्ता भने रगतको दागसहित फेला परेको थियो ।

Tags: #कोलकाताको हृदय विदारक घटना#हृदय विदारक घटना

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.