कोलकाता डा.प्रकरणःअगष्ट ९ को अडियो सार्वजनिक

१३ भदौ ८१, शुक्रबार

१४ भदौ , एजेन्सी ।

छिमेकी राष्ट्र भारतको कोलकाता स्थित एक अस्पतालमा भएको हृदय विदारक बलात्कार–हत्या प्रकरणको अपडेट खबर आएको छ। जहाँ घटना भएको दिन अस्पतालका अधिकारी र मृतक डाक्टरका बाबुबीच भएको कुराकानीले घटनालाई थप शंकास्पद बनाएको छ ।

भारतस्थित कोलकाताको आरजी कर मेडिकल कलेजका अधिकारी र बलात्कारपछि हत्या गरिएकी डाक्टरका बुवाबीच अगष्ट ९को घटनापछि भएको फोन कुराकानीको अडियो सार्वजनिक भएपछि उक्त प्रकरण थप शंकास्पद बनेको छ ।

सार्वजनिक कुराकानी सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले ‘गलत सूचना’ मात्र नभई आफ्नो ‘असंवेदनशील’ रुपमा मृतकका बाबुप्रति प्रस्तुत भएको सुनिएको छ । सार्वजनिक तीन अडियो क्लिपमध्ये पहिलो ७१ सेकेन्ड, दोस्रो ४६ सेकेन्ड र तेस्रो २८ सेकेन्डका छन्।

उक्त अडियोमा आफूलाई अस्पतालकी सहायक सुपरिटेन्डेन्ट भनिने एक महिलाले पीडितका बुबालाई फोन गरेकी छन्। अडियो सुनेपछि कोलकाता प्रहरीका केन्द्रीय डिभिजन डेपुटी कमिश्नर इन्दिरा मुखर्जीले उक्त अडियोले महिला डाक्टरको मृत्यु आत्महत्याले नभएको प्रमाणित गरेको बताएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

पीडित परिवारले अगष्ट ९ गते बिहान अस्पतालबाट तीन पटक फोन आएपछि त्यहाँ पुगेको बताएका छन् । यसैबीच बिहीबार परिवारका सदस्यले शरीर ढाक्ने कपडाको रङबारे शंका व्यक्त गरेका छन्।

मुखर्जीले बिहीबार सञ्चारमाध्यमसँग भनिन्, ‘केही भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएका छन् र केही टेलिभिजन च्यानलमा शव ढाक्ने कपडाको रङबारे बहस भइरहेको छ। भनिएको छ कि पहिले कपडाको रङ निलो थियो तर पछि रङ फरक थियो।’

यस विषयमा सबै प्रमाण सीबीआईलाई सुम्पिएको उनले बताएकी छन्। पहिलो अडियो क्लिपमा एक महिलाको स्वरमा कोही बिरामी भएको कुरा सुनिएको छ । महिलाले उनको स्वास्थ्य अलि बिग्रिएको विरामी भएको बताएकी छिन् । पुरुषको स्वरमा भने किन के भयो भन्ने सुनिएको छ ।

के तपाईहरु तुरुन्त आउन सक्नुहुन्छ? उनले भनेकी छन् । यसपछि दोस्रो अडियो क्लिपमा सोही महिलाले म असिस्टेन्ट सुपर हुँ, डाक्टर होइन भनिरहेकी छिन् । उनले निक्कै विरामी रहेको र भर्ना गरिएको भनिएको छ ।

तुरुन्त अस्पतालमा आउन भन्दै बाँकी विषय डाक्टरले भन्ने महिलाले जवाफ दिएकी छन् । यसपछि तेस्रो अडियो क्लिपमा महिलाले आत्महत्या गरेको वा मृत्यु भएको हुनसक्ने बताएकी छिन् । महिलाको आवाज मा भनिएको छ “उनले आत्महत्या गरेकी हुन् वा मरिसकेकी हुन्। पुलिस यहाँ छ। हामी अस्पतालमा सबैको अगाडि छौं। हामी कल गर्दैछौं।“

यी तीन अडियो क्लिपहरू एउटै फोन कलको अंश हुन् वा छुट्टाछुट्टै फोन कलहरू हुन् भन्ने स्पष्ट छैन। यससँगै यी कलहरू सोही दिनका हुन् वा होइनन् भन्ने पनि स्पष्ट छैन। तर कुराकानी पूर्णतया तीन व्यक्ति बीच भएको छ । एकातिर महिलाको स्वर छ भने अर्को तिर पुरुष र महिलाकोको आवाज ।

यो अडियो आरजी कर घटना भएको दिन पीडितका अभिभावकसँगको कुराकानीको भएको दाबी गरिएको छ । यसअघि पीडितका अभिभावकले पनि आफूहरुलाई गलत सूचना दिएको आरोप लगाएका थिए ।

पहिले छोरी बिरामी भई किन भनियो र पछि छोरीले आत्महत्या गरेको भनियो भने छोरीको बलात्कार र हत्या कसरी भयो भन्ने परिवारजनले प्रश्न गरेका छन् । भारतीय शहर कोलकातामा प्रशिक्षार्थी डाक्टरमाथि निर्ममतापूर्वक कुटपिट, त्यसपछि बलात्कृत र अन्ततः हत्या गरिएको थियो । यो क्रूरताले सबैलाई रुवाएको छ ।

पीडितको पोस्टमार्टम रिपोर्टले सबैलाई चकित बनाएको थियो । रिपोर्टमा डाक्टरलाई बलात्कार मात्रै गरिएको थिएन ।वास्तवमा, त्यसअघि उनलाई नराम्ररी पिटिएको थियो। उनलाई यति हदसम्म कुटिएको थियो कि उनको शरीरका हरेक भागमा चोटका निशान थिए ।

पोस्टमार्टम रिपोर्टका अनुसार मृतकको हात र अनुहारमा टोकेको निशान भेटिएका थिए । उनको चस्माबाट सिसाका टुक्रा आँखाभित्र पसेका थिए । यति मात्र होइन आरोपीले पीडितको टाउको पनि भित्तामा बजारेका थिए । यसबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

यति मात्र होइन, आरोपीले प्रशिक्षार्थी डाक्टरको घाँटी थिचेर हत्या गर्दा क्रूरताको हद नाघेको थियो । उनको प्राइभेट पार्टमा चोटका निशानहरू फेला परेका थिए। मेडिकल कलेजको सेमिनार हलभित्रै उनीमाथि निर्मम कुटपिट भएको थियो ।

निर्मम कुटपिट र यौन दुव्र्यवहार गरेपछि प्रशिक्षार्थी डाक्टरको घाँटी थिचेर हत्या गरिएको थियो । कलेजका प्रिन्सिपलले यो बलात्कार–हत्याको घटनालाई आत्महत्यामा परिणत गर्न खोजेका थिए । तर उनी असफल भए ।

कलेजका प्रिन्सिपलले घटनाको चार दिन पछि आफ्नो पदबाट राजीनामा दिएका थिए । हत्यापछि पक्राउ परेका मुख्य अभियुक्त सञ्जय रोय घर गएर लामो समय सुतेका थिए। सञ्जय रोय अस्पतालमा बारम्बार पुग्ने गर्दथे ।

समाचार एजेन्सी पीटीआईका अनुशार उनले प्रमाणहरू हटाउनका लागि लगाएका लुगाहरू धोएका थिए। उनको जुत्ता भने रगतको दागसहित फेला परेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top