नेपालकी पलेसा पाराओलम्पिकको क्वार्टरफाइनलमा

१३ भदौ ८१, शुक्रबार

१४ भदौ, विराटनगर ।

फ्रान्सको राजधानी पेरिमा जारी पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत नेपालकी पलेशा गोबर्धनले जित आत्मसात् गरेकी छन् । शुक्रबार भएको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनिको पहिलो खेलमा पलेशा जित निकालेकी हुन् ।

उन्ड अफ १६ को खेलमा पलेशाले भेनेन्जुएलाकी भलेरियाविरुद्ध शुक्रबार ३१-० को जित निकालेकी हुन् । यससँगै उनी क्वार्टरफाइनलमा पनि प्रवेश गरेकी छन् । अब, उनले अन्तिम आठमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग खेल्नेछिन् ।

Advertisement

पलेशा र सिल्भानाबीचको क्वार्टरफाइनल खेल आजै अपराह्न ४:०९ बजेबाट सुरु हुने छ ।

छनोट चरण पार गर्दै पलेशाले पेरिस पाराओलम्पिकमा प्रतिस्पर्धाका लागि छानिएकी हुन् । उनले गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।

Advertisement

उनी छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । पलेशा १९ औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् ।

यसअघि चीनको हान्झाउमा भएको चौथो प्याराएशियाली खेलकुदमा तेक्वान्दोको के ४४ विधाको ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै पलेशाले कांस्य पदक प्राप्त गरेकी थिइन् ।

नेपाली पारा तेक्वान्दो टोली इङल्यान्डको म्याचेस्टरमा १ महिनाको तयारी प्रशिक्षणपछि जुलाई २५ तारिखमा पेरिस पुगेको थियो । यसअघि तेक्वान्दोमै नेपालका भरतसिंह महरा पहिलो चरणमै पराजित भएका थिए ।

पेरिस पारालिम्पिकमा पलेशा र भरतसहित पौडीका भीमबहादुर कुमालले पनि प्रतिस्पर्धा गर्दै छन् । उनले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top