कार्यकर्तालाई अध्यक्ष प्रचण्डले भने : माओवादीप्रति जनतामा फेरि विश्वास बढेको छ

१५ भदौ ८१, आइतबार

१६ भदौ, विराटनगर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा पार्टीप्रति पुनः विश्वास बढेको बताएका छन् । आइतबार नेकपा माओवादी केन्द्र बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

माओवादीलाई २०६४ सालकै अवस्थामा ल्याउने अभियान सुरु गरेको बताउँदै प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले जनहितमा गरेका कामहरूले गर्दा जनतामा माओवादीप्रति फेरी विश्वास बढाउने काम गरेको बताए ।

उनले २०६४ सालमा माओवादीलाई नेपाली जनताले ठुलो विश्वास गरेर अपार समर्थन गरेको तर पार्टीभित्र देखिएका विभिन्न विकृति र जनताबाट टाढिने प्रवृत्तिले गर्दा बीचमा जनसमर्थन घटेको बताए ।

आफ्नो नेतृत्वको सरकारले सानो समयमा भ्रष्टाचार निवारण, सुशासन र सामाजिक न्याय तथा विकासका लागि धेरै उदाहरणीय काम गरेकोले पार्टीप्रति जनतामा फेरी विश्वास र समर्थन बढ्दै गएको बताए ।

उनले सुशासनसँगै सामाजिक न्यायको क्षेत्रमा मिटरब्याजको समस्या समाधान गरिएको, हजारौं नागरिकताविहीनले नागरिकता पाउने व्यवस्था मिलाइएको र देशबाहिर तथा देशभित्र रहेका लाखौं श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेर नयाँ आशा जागृत गरिएको पनि स्पष्ट पारे ।

सोही कारणले अब माओवादीलाई कसैको वैशाखी नचाहिएको जनाउँदै अध्यक्ष प्रचण्डले २०८४ सालमा एक्लै निर्वाचनमा सहभागी हुने र कसैले नसोचेको परिणाम ल्याउने उद्घोष गरे ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top