प्रकाशले घरमै पाए नागरिकता, अब गाउँमै बसेर खेती-किसानी गर्ने

१५ भदौ ८१, आइतबार

१६ भदौ, विराटनगर । 

युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’का पात्र प्रकाश तामाङलाई उनकै घरमा पुगेर सरकारी टोलीले आइतबार नागरिकता प्रदान गरेको छ ।

लगभग ३५ वर्ष हराएका ४३ वर्षीय प्रकाशको भोजपुरको षडानन्द नगरपालिका-१० साङपाङको छाप्लेगाउँस्थित घरमै पुगेर टोलीले आवश्यक प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरेको हो ।

Advertisement

नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले उनलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

गोरखाको चुमभ्यालीबाट काठमाडौँ हुँदै भोजपुर पुगेका प्रकाशको बुबा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ ।

षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा, प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद ज्ञवालीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई नागरिकता दिएका छन् ।

परिवारसँग लामो समय छुट्टिएका प्रकाश शनिबार काठमाडौंबाट हवाइ उडानमा संखुवासभाको तुम्लिङटार बिमानस्थल हुँदै भोजपुरमा रहेको आफनो घरमा आएका थिए ।

नागरिकता प्रदान गर्दे मेयर उदासले नगरपालिकाको तर्फबाट आगामी दिनमा पनि प्रकाश र परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सो क्रममा प्रकाशले अबका दिनमा गाउँमै रहेर खेती किसानी गर्ने मनसाय राखेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top