×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

मधेशसँग तीन विदेशी खेलाडी, भारतबाट साजी भित्रिएपछि बन्यो सन्तुलित टिम

१८ भाद्र २०८१

१८ भदौ, विराटनगर ।

पहिलोपटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग ‘एभरेस्ट वुमन्स भलिबल लिग’ रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । एकपछि अर्को गर्दै विदेशी खेलाडी अनुबन्धित भइरहँदा ‘इडब्लुभिएल’ को पहिलो संस्करण रोमाञ्चक हुने अनुमान गरिएको हो ।

Advertisement
Advertisement

आगामी असोजमा हुने ‘इडब्लुभिएल’ आबद्ध मधेश युनाइटेडले तीन विदेशी खेलाडीलाई अनुबन्धित गरेको छ । पछिल्लोपटक मधेशले भारतकी खेलाडी भित्र्याएको छ । यसअघि उसले काजकिस्तान र ट्युनिसियाबाट एक–एक जना विदेशी खेलाडी अनुबन्ध गरेको थियो ।

यससँगै मधेश युनाइटेड तीन विदेशी खेलाडी अनुबन्ध गर्ने पहिलो क्लब पनि बनेको छ । तीन पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरेपछि मधेश युनाइटेडको टिम सन्तुलित बनेको छ । मधेशले काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई गरिसकेको छ ।

पछिल्लोपटक भने उसले भारतकी सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको हो । ६ टोलीको सहभागिता रहने उक्त लिगआबद्ध मधेशले २८ वर्षीय भारतीय सेटर जिनीलाई अनुबन्ध गरेको हो । उनी भारतीय राष्ट्रिय महिला भलिबल टिमकी कप्तानसमेत हुन् ।

केही समयअघि काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी त्यस टिमको कप्तान थिइन् । जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् ।

जिनीले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलिसकेकोले उनको अनुभव काम लाग्ने विश्वास छ । जिनीभन्दा अगाडि मधेशमा अनुबन्धित २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव छ । ट्युनिसियाको वर्तमान राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कपसमेत खेलेकी छन् । ३५ वर्षीय कालिनोभाले काजकिस्तानको राष्ट्रिय टोलीका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ । स्पाइकर उनको उचाई १ सय ८० सेन्टिमिटर रहेको बताइएको छ ।

जिनीको अनुबन्धपछि मधेश युनाइटेडमा खेलाडी संख्या ११ पुगेको छ । नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म आठ नेपाली र तीन विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

मार्की प्लेअर निरुतासहित राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि मधेशको टिममा छन् । यस्तै काभा यु–२० महिला च्याम्पियनसिप खेलेकी यु–२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका पूजा थारू र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेशको टिममा छिन् ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलोपटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेस्ट वुमन्स भलिबल लिग हुन आँटेको हो । असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा कभर्डहलमा प्रतियोगिता हुँदैछ ।

Advertisement

पहिलो पटक आयोजना हुन लागेको महिला भलिबलको फ्रेन्चाइज लिगलाई वात्सल्य आईभीएफ सेन्टरले मुख्य प्रायोजन गर्नेछ । जसमा गण्डकी थण्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काडमाडौं स्पाइकर्स र मधेश युनाइटेड छन् । कर्णाली टिमले भने आधिकारिक नाम सार्वजनिक गर्न बाँकी छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top