×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

पृथ्वी सुब्बाविरुद्ध सत्तारुढ भित्रै प्रतिपक्ष, पूर्व आइजीहरु एक ठाउँमा

१८ भाद्र २०८१

१८ भदौ ,  काठमाण्डौ।

नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आफ्नै अभिव्यक्ति गलपासो बनेको छ । उदण्ड अभिव्यक्ति दिएका गुरुङको सर्वत्र आलोचित मात्र भएको छैन् उनको मन्त्री पद नै धरापमा छ । उनलाई बर्खास्त गर्न सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदले माग गरेका छन् भने पूर्वप्रहरी संगठन प्रमुख मञ्चले आपत्ति जनाउदै आइजीसँग माफी माग्न आग्रह गरेको छ।

Advertisement
Advertisement

मन्त्री गुरुङले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरप्रति लक्षित हुँदै आपत्तिजनक अभिव्यक्ति दिएका थिए । गत शनिबार प्रेस चौतारी नेपाल गण्डकीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले ‘आइजिपीको जिब्रो थुत्नुपर्ने भन्दै अभिव्यक्ति दिएका थिए । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङको अभिव्यक्ति विवादित बनेको थियो ।

उनले भनेका थिए, ‘अस्ति प्रहरीको आइजिपीले के भन्यो ? म लागू नै गर्दिनँ हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरि ।’ गुरुङको यही अभिव्यक्तिलाई लिएर चर्चा भइरहँदा नेकपा एमालेका प्रतिनिधिसभा सदस्यसमेत रहेका उनलाई अहिले आफ्नै अभिव्यक्ति ‘गलपासो’ बनेको छ ।

उनको अभिव्यक्तिको सार्वजनिक रुपमा आलोचना भइरहेको छ । यसले उनको पद धरापमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत गुरुङको अभिव्यक्तिमा चासो राखेका छन् । आफूबारे दिइएको अभिव्यक्तिका बारे आइजिपी कुँवरले भने कुनै प्रतिक्रिया दिएका छैनन् । यसबीचमा, अराजक अभिव्यक्ति दिएका मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष ‘क्लास’ नै लिएका थिए ।

ओलीले गुरुङलाई सार्वजनिक रूपमा बोल्दा विचार पु¥याउन निर्देशनसमेत दिएका थिए । बोल्दा भाषा प्रयोगमा ख्याल गर्न पनि प्रधामन्त्रीको निर्देशन थियो । विवादित अभिव्यक्ति दिएका मन्त्री गुरुङले पनि प्रधानमन्त्रीको निर्देशनलाई आफूले पालना गर्ने बताएका छन् । प्रधानमन्त्रीले सरकारको प्रवक्ता भएकाले गर्दा बोल्दाखेरी विवादमा आउनेखालको भाषा प्रयोग नगर्न निर्देशन भएकाले आफू सच्चिने बताएका थिए ।

आफूलाई प्रधानमन्त्रीले सोधपुछ गरी सचेत गराएको र सुझाव दिएको जानकारी दिँदै उनले आफूले पनि अब बोल्दा बिचार पु¥याउने बताएका थिए । अभिव्यक्तिको गलपासो लागेका मन्त्री गुरुङले सच्चिने भनिरहँदा सत्तारूढ नेपाली कांग्रेसकै सांसद पनि उनीविरुद्ध खनिएका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा संघीय सांसद शंकर भण्डारीले भने उनलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।

नेता भण्डारी प्रेस विज्ञप्ति जारी गर्दै एमाले नेतासमेत रहेका मन्त्री गुरुङलाई पदबाट बर्खास्त गर्न माग गरेका हुन् । उनले देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त गरेकोमा त्यसको घोर भत्र्सना गरे ।

प्रधानमन्त्रीले मन्त्री गुरुङलाई बर्खास्त गर्नुपर्छ भन्दै सांसद भण्डारीले यो अभिव्यक्तिको कारण शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा त्यसको जिम्मेवारी स्वयम् सरकार र प्रधानमन्त्री हुने बताए । भण्डारीले सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्य तथ्य बंग्याएर समाजमा वितृष्णा फैलाउने र पार्टी पार्टीबीच सम्बन्ध बिगार्ने कार्य नगर्न पनि अनुरोध गरेका छन् ।

Advertisement

यस्तै गुरुङको अभिव्यक्तिका विषयमा पूर्वप्रहरी संगठन प्रमुख मञ्चले आपत्ति जनाएको छ । मञ्चले मंगलबार विज्ञप्ति जारी गर्दै एक विशिष्ट श्रेणीका राष्ट्रसेवक प्रहरी प्रमुखमाथि सार्वजनिक कार्यक्रममै ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति भाषिक अराजकता रहेको जनाएको हो । यस्ता प्रकारका भाषाले पूरै प्रहरी संगठनको मानमर्दन भएको मञ्चले उल्लेख गरेको छ । उक्त अभिव्यक्ति ‘फिर्ता लिएर’ आईजीपीसँग माफी माग्न मन्त्री गुरुङलाई मञ्चले आग्रह गरेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top