×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

ओलीलाई फेसबुकमा भ्रष्टाचारी लेख्ने साइबर अपराध

१९ भाद्र २०८१

१९ भदौ , काठमाण्डौ।

प्रधानमन्त्री केपी ओलीलाई भ्रष्टाचारी भनेर फेसबुकमा स्ट्याटस लेख्ने एक युवकलाई प्रहरीले पक्राउ गरी विद्युतीय कारोबार ऐन (साइबर अपराध)को मुद्दा चलाएको छ । फेसबुकमा आलोचना गरेकै आधारमा बाजुरा खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावलविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । गत ३२ साउनमा पक्राउ परेका उनी मंगलबार जिल्ला अदालत, काठमाडौंको आदेशमा धरौटीमा छुटेका छन ।

Advertisement
Advertisement

रावल सिन्धुपाल्चोकको बाह्रबिसेस्थित किस्टोन अस्पतालका कर्मचारी हुन् । बाह्रबिसे प्रहरीले उनलाई पक्राउ गरी साइबर ब्युरोलाई बुझाएकोमा ब्युरोले सोमबार सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको हो । प्रहरीका अनुुसार उनले फेसबुकमा प्रधानमन्त्री ओलीको फोटो राखेर ‘यही हो देश लुट्ने, सही हो कि गलत साथीहरू, भ्रष्टाचारकी कुलदेवी, भ्रष्टाचारका महादेव’ भनेर लेखेका थिए ।

त्यसविरुद्ध अजितकुमार लामाले प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले सार्वजनिक घृणा फैलाउने काम गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो । पक्राउ परेका युवकले आफूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मन पर्ने र शाहको समर्थनमा बनाइएका पोस्टहरू आफूले सेयर गरेको बताएका छन ।

यसअघि गत १० भदौमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेकै आधारमा प्रहरीले तीन युवकलाई पक्राउ गरी शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । सर्वत्र दबाबपछि उनीहरू चौथो दिनमा जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटेका थिए । यसरी फेसबुकमा आलोचना र नाराबाजी गरेकै आधारमा मुद्दा चलाइनु र धरपकड गरिनु लोकतन्त्रकै उपहास भएको भन्दै अहिले सामाजिक संजाल र संसदमा समेत व्यापक आलोचना गरिएको छ ।

सरकारबाट दमन सुरु भएको भन्दै आरोपित युवकहरुका आफन्तले प्रहरीप्रति पनि असन्तुष्टि जनाएका छन । एकातिर प्रधानमन्त्री वा मन्त्रीमाथि टिकाटिप्पणी वा आक्रोश पोख्नेहरुलाई धमाधम पक्राउ गर्दै मुद्या चलाइन थालिएको छ भने प्रहरी प्रमुखकै जिब्रो थुत्नु पर्ने अभिब्यक्ति दिने र मन्त्री र मन्त्रालयको मोलमोलाई गरी लिलामीमा राख्ने मन्त्रीहरु भने खुलमखुल्ला झण्डा हल्लाउदै हिँडिरहेका छन् ।

प्रहरी प्रमुखकै जिब्रो थुत्नु पर्ने अभिब्यक्ति दिने मन्त्रीलाई न सरकारले पक्राउ गर्यो न कुनै मुद्या चलाएको छ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरको जिब्रो थुत्नु पर्ने मन्त्री सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ अहिले पनि शानले मन्त्रीको झण्डा हल्लाएर हिडिरहेका छन् । यद्यपी संसदमै उनको राजीनामा मागिएको छ ।

मंगलबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन् । नेता भण्डारीले मन्त्री गुरुङले सार्वजनिक स्थलमा प्रहरी संगठनका प्रमुखलाई अपशब्द प्रयोग गरी अभिव्यक्ति दिएको भन्दै उनको बर्खास्तीको माग गरेका हुन् । यस्तै पूर्व प्रहरी प्रमुखहरुको संगठनले समेत मन्त्री गुरुङलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

मन्त्री गुरुङले केही दिनअघि पोखरामा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘प्रहरीको आईजीपीले के भन्यो ? म कानुन लागू गर्दिन, हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरी,’– उनले भनेका थिए । उनको यो अभिब्यक्तिप्रति प्रहरीका पूर्वप्रमुखहरुले समेत आपत्ति जनाउँदै विज्ञप्ती निकालेका छन् । यता स्वयं मन्त्री गुरुङले भने प्रधानमन्त्रीसंग पनि यस विषयमा कुरा भएको बताएका छन् ।

आफूलाई प्रधानमन्त्रीले यस्ता कुरा नबोल्न, बोलीको ख्याल गर्न भनेको र उनको सुझावलाई आफूले सकारात्मकरुपमा लिएको गुरुङले बताएका छन् । तर चौतर्फी आलोचना भइरहँदा र राजीनामा मागिरहँदा पनि उनले अहिलेसम्म माफी भने मागेका छैनन् । यस्तै गण्डकी प्रदेशका निवर्तमान मन्त्री दिपक मनाङ्गेले मन्त्री पद नै लिलामीमा राखेका थिए ।

Advertisement

मन्त्रिपरिषद् पुर्नगठनमा उनको भागमा वन मन्त्रालय परेपछि उनले वन मन्त्रालयमा बजेट नहुने भन्दै सो मन्त्रालय बिक्रीमा राखेको सार्वजनिक अभिब्यक्ति दिएका थिए । यो अभिब्यक्तिको संसदमा समेत विरोध भएको थियो । तर उनका विरुद्ध सरकारले सामान्य स्पष्टिकरण समेत सोध्न सकेको छैन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top