NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

ओलीलाई फेसबुकमा भ्रष्टाचारी लेख्ने साइबर अपराध

बुधबार भदौ १९ , २०८१
Reading Time: 1 min read
A A
ओलीलाई फेसबुकमा भ्रष्टाचारी लेख्ने साइबर अपराध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ भदौ , काठमाण्डौ।

प्रधानमन्त्री केपी ओलीलाई भ्रष्टाचारी भनेर फेसबुकमा स्ट्याटस लेख्ने एक युवकलाई प्रहरीले पक्राउ गरी विद्युतीय कारोबार ऐन (साइबर अपराध)को मुद्दा चलाएको छ । फेसबुकमा आलोचना गरेकै आधारमा बाजुरा खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावलविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । गत ३२ साउनमा पक्राउ परेका उनी मंगलबार जिल्ला अदालत, काठमाडौंको आदेशमा धरौटीमा छुटेका छन ।

रावल सिन्धुपाल्चोकको बाह्रबिसेस्थित किस्टोन अस्पतालका कर्मचारी हुन् । बाह्रबिसे प्रहरीले उनलाई पक्राउ गरी साइबर ब्युरोलाई बुझाएकोमा ब्युरोले सोमबार सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको हो । प्रहरीका अनुुसार उनले फेसबुकमा प्रधानमन्त्री ओलीको फोटो राखेर ‘यही हो देश लुट्ने, सही हो कि गलत साथीहरू, भ्रष्टाचारकी कुलदेवी, भ्रष्टाचारका महादेव’ भनेर लेखेका थिए ।

LS Auto

त्यसविरुद्ध अजितकुमार लामाले प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले सार्वजनिक घृणा फैलाउने काम गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो । पक्राउ परेका युवकले आफूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मन पर्ने र शाहको समर्थनमा बनाइएका पोस्टहरू आफूले सेयर गरेको बताएका छन ।

यसअघि गत १० भदौमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेकै आधारमा प्रहरीले तीन युवकलाई पक्राउ गरी शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । सर्वत्र दबाबपछि उनीहरू चौथो दिनमा जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटेका थिए । यसरी फेसबुकमा आलोचना र नाराबाजी गरेकै आधारमा मुद्दा चलाइनु र धरपकड गरिनु लोकतन्त्रकै उपहास भएको भन्दै अहिले सामाजिक संजाल र संसदमा समेत व्यापक आलोचना गरिएको छ ।

सरकारबाट दमन सुरु भएको भन्दै आरोपित युवकहरुका आफन्तले प्रहरीप्रति पनि असन्तुष्टि जनाएका छन । एकातिर प्रधानमन्त्री वा मन्त्रीमाथि टिकाटिप्पणी वा आक्रोश पोख्नेहरुलाई धमाधम पक्राउ गर्दै मुद्या चलाइन थालिएको छ भने प्रहरी प्रमुखकै जिब्रो थुत्नु पर्ने अभिब्यक्ति दिने र मन्त्री र मन्त्रालयको मोलमोलाई गरी लिलामीमा राख्ने मन्त्रीहरु भने खुलमखुल्ला झण्डा हल्लाउदै हिँडिरहेका छन् ।

प्रहरी प्रमुखकै जिब्रो थुत्नु पर्ने अभिब्यक्ति दिने मन्त्रीलाई न सरकारले पक्राउ गर्यो न कुनै मुद्या चलाएको छ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरको जिब्रो थुत्नु पर्ने मन्त्री सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ अहिले पनि शानले मन्त्रीको झण्डा हल्लाएर हिडिरहेका छन् । यद्यपी संसदमै उनको राजीनामा मागिएको छ ।

मंगलबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन् । नेता भण्डारीले मन्त्री गुरुङले सार्वजनिक स्थलमा प्रहरी संगठनका प्रमुखलाई अपशब्द प्रयोग गरी अभिव्यक्ति दिएको भन्दै उनको बर्खास्तीको माग गरेका हुन् । यस्तै पूर्व प्रहरी प्रमुखहरुको संगठनले समेत मन्त्री गुरुङलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

मन्त्री गुरुङले केही दिनअघि पोखरामा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘प्रहरीको आईजीपीले के भन्यो ? म कानुन लागू गर्दिन, हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरी,’– उनले भनेका थिए । उनको यो अभिब्यक्तिप्रति प्रहरीका पूर्वप्रमुखहरुले समेत आपत्ति जनाउँदै विज्ञप्ती निकालेका छन् । यता स्वयं मन्त्री गुरुङले भने प्रधानमन्त्रीसंग पनि यस विषयमा कुरा भएको बताएका छन् ।

आफूलाई प्रधानमन्त्रीले यस्ता कुरा नबोल्न, बोलीको ख्याल गर्न भनेको र उनको सुझावलाई आफूले सकारात्मकरुपमा लिएको गुरुङले बताएका छन् । तर चौतर्फी आलोचना भइरहँदा र राजीनामा मागिरहँदा पनि उनले अहिलेसम्म माफी भने मागेका छैनन् । यस्तै गण्डकी प्रदेशका निवर्तमान मन्त्री दिपक मनाङ्गेले मन्त्री पद नै लिलामीमा राखेका थिए ।

मन्त्रिपरिषद् पुर्नगठनमा उनको भागमा वन मन्त्रालय परेपछि उनले वन मन्त्रालयमा बजेट नहुने भन्दै सो मन्त्रालय बिक्रीमा राखेको सार्वजनिक अभिब्यक्ति दिएका थिए । यो अभिब्यक्तिको संसदमा समेत विरोध भएको थियो । तर उनका विरुद्ध सरकारले सामान्य स्पष्टिकरण समेत सोध्न सकेको छैन् ।

Tags: #पिएम#भ्रष्टाचारी#साइबर अपराध

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.