विश्वकपको एसिया छनोटमा हुँदै छन् यी खेलहरू

१९ भदौ ८१, बिहीबार

२० भदौ, विराटनगर ।

फुटबलको महाकुम्भ मानिने फिफा विश्वकपको २३औं संस्करणमा छनोट हुन आज एसियन राष्ट्रहरूले प्रतिस्पर्धा गर्दै छन् । सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने विश्वकपको एसियन छनोटमा आज १८ देशहरूले खेल्न लागेका हुन् ।

विश्वकपको एसियन छनोटअन्तर्गत आज तेस्रो चरणका खेलहरू हुन लागेका हुन् । जसअन्तर्गत आज दक्षिण कोरिया, अस्ट्रेलिया, जापान, युएई, कतारलगायत राष्ट्रले खेल्दै छन् ।

विश्वकप खेल्न अहिले  १८ एसियन राष्ट्रहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्ने छन्  । सन् २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहने छ, जसमा एसियाका आठ टिम सीधै छनोट हुने छन् भने एक टिमले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

एसिया छनोटका खेल १२ अक्टोबर २०२३ बाट सुरु भएको थियो । जम्मा ४८ टिमले छनोट खेल खेल्दा नेपालसहित २८ वटा टोली बाहिरिइसकेका छन् । एसियाबाट १८ नोभेम्बर २०२५ सम्ममा एसियाबाट विश्वकप खेल्ने सबै राष्ट्रको छिनोफानो लाग्ने छ ।

सन् २०२६ को विश्वकप संयुक्त रूपमा तीन उत्तर अमेरिकी देशहरूः क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाका १६ सहरहरूले संयुक्त रूपमा आयोजना गर्नेछन् ।

सन् १९३० यता हुँदै आएको विश्वकपमा सन् १९९८ देखि हरेक ३२ टोलीले भाग लिइरहेका थिए । सन् १९९८ मा विश्वकप खेल्ने टिमको संख्या २४ बाट ३२ बनाइएको थियो । तर, पहिलोपटक २०२६ मा ४८ देश सहभागी हुनेछन् । ४६ टोली क्वालिफायर खेल खेलेर छनोट हुनेछन् भने मिनी प्रतियोगिताबाट दुई टोली छनोट हुनेछन् ।

आज हुने खेलहरू:
१. अस्ट्रेलिया भर्सेस बहराइन- दिउँसो ३ः५५ बजे
२. जापान भर्सेस चीन- अपराह्न ४ः२० बजे
३. दक्षिण कोरिया भर्सेस प्यालेस्टाइन- साँझ ४ः४५ बजे
४. उज्वेकिस्तान भर्सेस उत्तर कोरिया- साँझ ७ः४५ बजे
५. इराक भर्सेस क्रिगिस्तान- बेलुकी ९ः४५ बजे
६. इराक भर्सेस ओमन- बेलुकी ९ः४५ बजे
७. कतार भर्सेस युएई- बेलुकी ९ः४५ बजे
८. जोर्डन भर्सेस कुवेत- बेलुकी ११ः४५ बजे
९. साउदी अरेबिया भर्सेस इन्डोनेसिया- बेलुकी ११ः४५ बजे

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top