×

NEPAL TIMES UPDATES

Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026

अल्पमतमा परे जस्टिन ट्रुडो, खलिस्तान नेताले छाडे साथ

२० भाद्र २०८१

२० भदौ , एजेन्सी ।

क्यानडामा जस्टिन ट्रुडोको लिबरल पार्टी र न्यू डेमोक्रेटिक पार्टी (एनडीपी) बीचको गठबन्धन टुटेको छ । सीबीसी न्यूजका अनुसार यसले अल्पमतमा परेको ट्रुडो सरकारमाथि संकट छाएको छ । एनडीपीका खलिस्तान समर्थक नेता जगमीत सिंहले एक भिडियो जारी गर्दै आफूले दुई पार्टीबीच २०२२ मा भएको सम्झौता तोडेको बताएका छन् ।

Advertisement
Advertisement

उनले लिबरल पार्टीले व्यवसायीसामु झुकेको आरोप लगाउँदै यसले परिवर्तन हुन नसकेको बताए । एनडीपीले २०२२ मा ट्रुडो सरकारलाई समर्थन गर्ने घोषणा गरेको थियो । एनडीपी र लिबरल पार्टीबीच भएको सहमतिलाई ‘सप्लाई र कन्फिडेन्स’ भनिएको थियो । सम्झौता अनुसार एनडीपीले विधेयक पारित गर्दा लिबरल पार्टीलाई समर्थन गरेको थियो ।

बदलामा, ट्रुडो सरकारले एनडीपीसँग सम्बन्धित नीतिहरू लागू गरेको थियो । प्रधानमन्त्री ट्रुडोले जनतालाई निराश तुल्याएको एनडीपीका नेता जगमीत सिंहले बताएका छन् । ट्रुडोको पार्टी अब अर्को मौका पाउन योग्य नभएको भन्दै यसअघि भएको सहमति तोडिएको बताए । ट्रुडोको पार्टीको संसदमा १३० सिट छ । पार्टीलाई सत्तामा रहन थप ९ सिट चाहिन्छ ।

हालसम्म २४ सिट भएको एनडीपीले समर्थन गर्दै आएको थियो । बहुमतका लागि ट्रुडोको पार्टीलाई अब क्युबेक पार्टी जसको ३२ सिट छ उसको समर्थन चाहिन्छ । विपक्षी कन्जरभेटिभ पार्टीको १ सय १९ सिट छ । सर्वेक्षणका अनुसार चुनाव भए कन्जरभेटिभ पार्टीले बहुमत ल्याउन सक्छ । त्यसैले, ट्रुडो सरकार चुनाव स्थगित गर्न बाध्य भएको छ ।

यस्तो अवस्थामा लिबरल पार्टीले बजेट पारित गर्न र चुनाव स्थगित गर्न हाउस अफ कमन्समा अन्य विपक्षी दलहरूको समर्थन जुटाउनु पर्नेछ । प्रतिवेदनका अनुसार संसदको अधिवेशन यही महिनाको अन्त्यबाट सुरु हुनेछ । कुनै पनि दलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएमा ट्रुडो सरकारले बहुमत प्रमाणित गर्नुपर्नेछ ।

यदि ट्रुडो सरकारले आफ्नो बहुमत प्रमाणित गर्न नसने अक्टोबर २०२५ अघि देशमा चुनाव हुन सक्छ । यसैबीच जगमीत सिंहले यस महिनाको अन्त्यमा अविश्वास प्रस्ताव ल्याउने भन्दै आफ्नो पार्टी आगामी निर्वाचनका लागि तयार रहेको समेत बताए । २०१७ देखि एनडीपीका प्रमुख जगमीत क्यानडाको पार्टीको जिम्मेवारी सम्हाल्ने पहिलो नेता हुन् ।

उनको जन्म सन् १९७९ मा क्यानडाको ओन्टारियोमा भएको थियो । उनका आमाबाबु राम्रो जीवनको खोजीमा पञ्जाबबाट क्यानडा बसाइँ सरेका थिए । रिपोर्टका अनुसार जगमीत २०११ मा ससद सदस्य बनेका थिए । भारतले २०१३ मा जगमीत सिंहलाई भिसा दिन अस्वीकार गरेको थियो । उनीमाथि भारत विरोधी गतिविधिमा संलग्न रहेको र कट्टरपन्थीसँग सम्बन्ध रहेको आरोप लागेको थियो ।

भिसा रद्द भएपछि, जगमीत सिंहले सन् १९८४ देखि सिख विरोधी दंगाका पीडितहरूको लागि आवाज उठाउँदा सरकार आफूसँग रिसाएको आरोप लगाएका थिए । उनले आफूलाई पञ्जाबमा ‘सिख अफ द इयर’ सम्मान गर्न बोलाइएको बताएका थिए । क्यानडाको वेबसाइट ग्लोब एण्ड मेलका अनुसार जगमीत सिंहले सन् २०१५ को जुनमा खालिस्तानको समर्थनमा सान फ्रान्सिस्कोमा भएको र्यालीमा भाग लिएका थिए ।

Advertisement
Advertisement

सो अवसर भिन्द्रनवालाको पोस्टर लिएर मञ्चमा बोल्दै गरेको सुनिएको थियो । यस क्रममा जगमीतले भारत सरकारमाथि सिखहरुको नरसंहारको आरोप लगाएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top