खेलकुद समिति मोरङको अध्यक्षमा इन्द्रकुमार योञ्जनको पुनर्बहाली

२१ भदौ ८१, शनिबार

२२ भदौ, विराटनगर ।

जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा इन्द्रकुमार योन्जन तामाङको पुनर्बहाली भएको छ । उच्च अदालत विराटनगरले तामाङलाई भदौ २० गते खेलकुद विकास समिति मोरङको अध्यक्षमा पुनर्बहाली गरिदिएको हो ।

प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव हशंराज वाग्ले भएको बेला २०८० चैत २३ गते तामाङलाई खेलकुद विकास समितिको अध्यक्षमा नियुक्ति गरेको थियो ।

Advertisement

उच्च अदालतले सदस्य सचिवमा एमालेका नेता पर्शुराम बस्नेतलाई पुनर्बहाली गरेको चार महिनापछि भदौ ६ गते तामाङलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षबाट निलम्बन गरेका थिए ।

त्यसपछि तामाङ उच्च अदालतमा प्रदेश खेलकुद विकास बोर्डलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेका थिए । भदौ २ं० गते उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजालशले तामाङलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षमो पुनर्बहाली गर्ने आदेश दिएको हो ।

Advertisement

लामो समयदेखि कराँतेमा सक्रिय रहेका तामाङ सितोरियो कराँतेका राष्ट्रिय कोच तथा थर्ड डन रहेका थिए । यता कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले भने योञ्जनको नियुक्ति नै वैधानिक तबरले नभएको बताउँदै वैधानिक नियुक्ति नभएको व्यक्तिलाई स्पष्टीकरण सोध्ने कुरै नउठ्ने बताए ।

‘योञ्जनलाई तत्कालीन सदस्य सचिव हंशराज वाग्लेले बोर्ड बैठकबाट बोर्ड ऐनअनुसार नियुक्ति गर्नुभएको होइन,’ बस्नेतले भने, ‘योञ्जनलाई बोर्ड बैठकबाट नभएर सदस्य सचिवले आफ्नो लेटरप्याडमा मनपरि किसिमले नियुक्ति गरेको विषयमा अख्तियारमा समेत उजुरी परेकोले उजरीको टुंगो नलागेसम्मका कुनै पनि कामकाज नगर्नु, महत्त्वपूर्ण निर्णय नगर्नु भनेर निलम्बन मात्र गरेको हुँ ।’

बस्नेतले अदालतले हाल योञ्जनको हकमा फैसला गरेको जस्तो देखिए पनि अदालतले अवैधानिक तवरले नियुक्त भएका योञ्जनको विपक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top