आज कहाँ भारी वर्षा ? मनसुन अझै एक महिना सक्रिय

२३ भदौ ,विराटनगर।

 नेपालमा मनसुन अझै सक्रिय रहँदा यसबाट हुने प्रकोप पनि कम भएको छैन । देशका केही भागमा अझै ठूलो पानी पर्ने क्रम जारी रहँदा बाढी तथा पहिरोको जोखिम कायमै छ । यसबीच फेरि एक दम्पत्ति पहिरोमा पुरिएको खबर छ ।  जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।

वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार उनीहरूको उद्धारको प्रयास भइरहेको छ । तर, सफलता हात लागेको छैन । चलाउनेकी छोरी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पु¥याइएको छ । आइतबार बिहान २ बजे  गएको पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएका हुन् । यता अविरल वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

Advertisement

शनिबार रातिदेखिको वर्षाको कारण सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्ग अन्तर्गत दैलेख–कालिकोट खण्डको दहीखोला, एसमोड र गगनेखोलामा पहिरो खसेको छ । पहिरोले सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ ।

राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् । यसअघि गएको भदौ १२ गते बाढीपहिरोले बन्द सडक पाँच दिनपछि खुलेको थियो ।  यसैबीच चितवनस्थित राप्ती नदीमा बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ ।

शुक्रबार दिउँसो २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारलाई राप्ती नदीले बगाएको हो।  शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएको  प्रहरीले जनाएको छ । मनसुनका कारण उत्पन्न यस्ता प्रकोपहरु नरोकिरहँदा यसबीच आज पनि गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी प्रदेशको केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । नेपालमा मनसुन अवधि एक महिना बाँकी हुँदा नै औसतको झन्डै ९० प्रतिशत वर्षा भएको छ ।

नेपालमा झन्डै चार महिना रहने मनसुन अवधिको औसत वर्षा एक हजार चार सय ७९ दशमलव ७ मिलिमिटर हो । तर सेप्टेम्बर १ सम्मको विवरण अनुसार मनसुन शुरु भएपछि एक हजार तीन सय २३ दशमलव आठ मिलिमिटर वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष नेपालमा जुन १० मा मनसुन भित्रिएको थियो । 

सामान्य गतिमा भित्रने र बाहिरिने अवस्थामा मनसुनी अवधि एक सय १२ दिनको हुन्छ । नेपालबाट मनसुन बाहिरिने औसत दिन अक्टोबर २ तारिख हो । सरदर मिति अक्टोबर २ तारिख भए पनि नेपालमा पछिल्ला पाँच वर्षको मनसुन बाहिरिने मिति छिटोमा अक्टोबर ११ भएको देखिएको छ । मनसुन अवधि एक महिना बाँकी नै रहेकोले यसअघि नै अनुमान् गरेअनुसार यस वर्ष औसतभन्दा धेरै वर्षा हुने सम्भावना बलियो रहेको मौसमविद्ले बताएका छन् । अबका केही दिन बदली र सामान्यदेखि मध्ययम खालको वर्षाको सम्भावना रहे पनि लामो झरी पार्ने खालको प्रणाली नरहेको विभागले जनाएको छ । यस वर्ष मनसुनको अवधिमा बाढी, पहिरो, चट्याङ लगायत मनसुनजन्य विपदबाट दुई सय ५० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top