×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शीर्ष स्थानको कोशीले निकाल्यो लगातार तेस्रो जित

२३ भाद्र २०८१

२३ भदौ, काठमाडौं ।

ललितपुरमा जारी एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार तेस्रो जित निकालेको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई ४-० ले हराएको हो ।

Advertisement
Advertisement

कोशीको जितमा पूर्णीमा राईको दुई गोल गर्दा समीक्षा मगर र प्रतीक्षा राईले दुई गोल थपिन् । पूर्णीमाको गोलमार्फत कोशीले पहिलो हाफ १-० को अग्रता लिएको थियो ।

तर, ६७औं मिनेटमा समीक्षाले गोल गर्दै अग्रता २-० मा पुर्‍याइन् । समीक्षाको जारी लिगमा यो चौथो गोल हो । त्यसको पाँच मिनेटपछि नै पूर्णीमाले व्यक्तिग दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् ।

७५औं मिनेटमा प्रतीक्षाले अर्को गोल थप्दै कोशीलाई सानदार जित दिलाइन् । यससँगै कोशी प्रदेशले लिगमा अपराजित यात्रालाई कायमै राखेको छ ।

Advertisement

शीर्ष स्थानमा रहेको कोशीले तीन खेलबाट नौ अंक पुर्‍याएको छ । यसअघि कोशीले वालिङलाई ४-० गोल र बागमती युवा क्लबलाई २-१ गोलले पराजित गरेको थियो । कर्णालीसँग भने एक अंक छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top