२५ भदौ, विराटनगर ।
आगामी दुई वर्षपछि आयोजना हुने २३औं संस्करण फिफा विश्वकपको छनोट खेलमा आज एसियन राष्ट्रहरूले प्रतिस्पर्धा गर्दै छन् । सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने विश्वकपको एसियन छनोटमा आज १८ देशहरूले खेल्न लागेका छन् ।
विश्वकपको एसियन छनोटअन्तर्गत आज तेस्रो चरणका खेलहरू हुँदै छन् । जसअन्तर्गत आज दक्षिण कोरिया, अस्ट्रेलिया, जापान, युएई, कतारलगायत राष्ट्रले खेल्दै छन् ।
विश्वकप खेल्न अहिले १८ एसियन राष्ट्रहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्ने छन् । सन् २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहने छ, जसमा एसियाका आठ टिम सीधै छनोट हुने छन् भने एक टिमले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।
एसिया छनोटका खेल १२ अक्टोबर २०२३ बाट सुरु भएको थियो । जम्मा ४८ टिमले छनोट खेल खेल्दा नेपालसहित २८ वटा टोली बाहिरिइसकेका छन् । एसियाबाट १८ नोभेम्बर २०२५ सम्ममा एसियाबाट विश्वकप खेल्ने सबै राष्ट्रको छिनोफानो लाग्ने छ ।
आज हुने खेलहरू:
१. उत्तर कोरिया भर्सेस कतार- साँझ ५ः४५ बजे
२. इन्डोनेसिया भर्सेस अस्ट्रेलिया- साँझ ५ः४५ बजे
३. चीन भर्सेस साउदी अरेबिया- साँझ ५ः४५ बजे
४. प्यालेस्टाइन भर्सेस जोर्डन- साँझ ७ः४५ बजे
५. किर्गिस्तान भर्सेस उज्वेकिस्तान- साँझ ७ः४५ बजे
६. ओमन भर्सेस दक्षिण कोरिया- साँझ ७ः४५ बजे
७. बहराइन भर्सेस जापान- बेलुकी ९ः४५ बजे
८. युएई भर्सेस इरान- बेलुकी ९ः४५ बजे
९. कुवेत भर्सेस इराक- बेलुकी ११ः४५ बजे