×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबलमा नेपाल पराजित

६ आश्विन २०७५

काठमाडौँ,असोज ६
भारतको आगरामा जारी एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपाल थाईल्याण्डसंग पराजित भएको छ । समूह ‘ए’ अन्तर्गत शनिबार भएको दोस्रो खेलमा थाईल्याण्डले २–० गोल अन्तरले नेपाललाई पराजित गरेको हो ।

गोल गर्ने धेरै अवसरको सिर्जना गरे पनि फिनिसिङ फितलो हुुनु नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो । प्रतियोगिता ४६ औं संस्करणमा पुग्दा पहिलो पटक भाग लिने अवसर पाएको नेपालले सुरुवात भने चित्त बुझ्दो गर्न सकेन ।

Advertisement
Advertisement

थाईल्याण्डले खेलको २१ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै नेपाललाई दबावमा राखेको थियो । कोरियन रेफ्रीको गलत निर्णयका कारण थाईल्याण्डले फ्रिकिकको अवसर पाएको थियो ।

नेपाली खेलाडी १० जनामा सीमित भएको मौकामा ७६ औं मिनेटमा थाना इसोरले गोल थपेर थाईल्याण्डको जित पक्का गराएका थिए । ६४ औं मिनेटमा नेपाल १० खेलाडीमा सीमित बनेको थियो ।

Advertisement
Advertisement

फरवार्ड बुद्ध वल तामाङलाई विना कारण रातो कार्ड देखाएर मैदान छोडाउँदा नेपाल १० खेलाडीमा खुम्चियो । आफ्ना खेलाडीलाई रातो कार्ड दिएको विषयमा नेपाली प्रशिक्षक, व्यवस्थापक र उपस्थित दर्शकले समेत असन्तुष्टि जनाएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top