नेपाली मजदुर आठ दिनदेखि भारतको हिरासतमा, पक्राउको कारण खुलेन

२४ भदौ ८१, मंगलबार

२५ भदौ, धनगढी ।

धनगढीस्थित सीमावर्ती भारतीय बजार चन्दन चौकीमा घर बनाउने काम गर्न गएका नेपाली मजदुरलाई भारतीय वन विभागले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका–३ का ७० वर्षीय सलेफु चौधरी र ३५ वर्षीय सोनु गिरी रहेका छन् । वन क्षेत्रमा पर्ने बजारमा घर बनाउन आएको भन्दै पक्रेर लखिमपुर पुर्‍याएको स्थानीयले जानकारी दिएका छन् । तर, उनीहरलाई वन विभागले किन पक्रियो भन्ने यथेष्ट जानकारी भने नेपाली पक्षलाई छैन ।

चन्दन चौकी बजार दुधुवा नेसनल पार्क क्षेत्रमा रहेको छ । सो बजारमा गुप्ता मिष्ठान भण्डारको घर बनाउन गएका दुवै मजदुरलाई भदौ १७ गते वन विभागले पक्राउ गरेको स्थानीय जीतबहादुर चौधरीले जानकारी दिए ।

पक्राउ गरेका दुवैलाई जनही नेपाली चार लाख रुपियाँ जरिवाना तोकेको बताइएको छ । वन विभागमा काम गर्ने शिवचरण रानाले दुवै कामदारलाई पक्रेको जनाइएको छ । रानाले सीमा क्षेत्रमा हिँड्दा पनि पक्राउ गर्ने गरेको भन्दै स्थानीयले ज्यादती बढेको बताएका छन् ।

यसैबीच, कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्नु हुने संघीय सांसद् गंगाराम चौधरीले दुवै कामदारलाई रिहाइको पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । सदनमा बोल्दै उनले घरको मालिकलाई पक्राउ गर्नु पर्नेमा भारतीय वन विभागले मजदुरलाई पक्रेर जरिवानासमेत तोकेका सदनलाई जानकारी गराए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top