उरुग्वेले पनि सकेन जित्न, भेनेजुएलासँग अंक बाँड्यो

उरुग्वेले पनि सकेन जित्न, भेनेजुएलासँग अंक बाँड्यो

२६ भदौ, विराटनगर । 

आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलअन्तर्गत पहिलो संस्करणको विश्वविजेता उरुग्वेले भेनेजुएलासँग अंक बाँडेको छ ।

बुधबार बिहान भएको दक्षिण अमेरिकी छनोटमा उरुग्वेले भेनेजुएलासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बिहानको खेलमा सर्वाधिक पाँच पटकको विजेता ब्राजिल पाराग्वेसँग हार्‍यो भने साविक विजेता अर्जेन्टिना कोलम्बियासँग स्तब्ध बन्यो ।

उरुग्वेले पनि बराबरी खेल्दा दक्षिण अमेरिकी छनोटतर्फ बलिया मानिएका तीन टोलीले नै जितविहीन बनेका छन् ।

बराबरीसँगै तेस्रो स्थानको उरुग्वले आठ खेलमा १६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको अर्जेन्टिनासँग १८ अंक छ भने कोलम्बियासँग १५ अंकसहित दोस्रो स्थानमा छ । ब्राजिल भने १० अंकसहित पाँचौं स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.