सेमीकन्डक्टरको किङ कसरी बन्यो ताइवान ? चिप नै रक्षा कवच

२८ भदौ , एजेन्सी ।

सेमी कन्डक्टरको प्रयोग हरेक क्षेत्रमा गरिन्छ । यसको प्रयोग स्मार्टफोन देखि हवाइजहाजसम्मका सबै टेक्नोलोजीमा प्रयोग गरिन्छ । यसको कमीले हाम्रो दैनिक जीवनमा धेरै असर पार्न सक्छ। सेमीकन्डक्टर चिप हुनु भन्दा पहिला कम्प्युटर ट्युब र डायलबाट बनेका ठूला मेसिनहरू थिए । यसको खपत पनि उच्च थियो ।

सेमीकन्डक्टर चिपले ट्युबलाई परिवर्तन गर्नुका साथै मेसिनहरू तीव्र गतिमा सस्तो र अधिक कुशलतापूर्वक व्यवस्थित बनायो । यसको डिजाइन र सानो आकारको कारण यो स्मार्टफोन , कम्प्युटर वा कुनै पनि डिजिटल मेसिनमा प्रयोग हुन गर्दछ ।

Advertisement

जहिले पनि सेमीकन्डक्टरको कुरा हुन्छ, ताइवानको नाम अवश्य आउँछ। ताइवानको प्रगतिको वास्तविक कारण अर्धचालक अर्थात सेमीकन्डक्टरहरु हुन् । १९६९ को गर्मीमा, २३ वर्षीय चिन ताई अमेरिका गए। पहिले उनी ताइवानको एउटा सानो गाउँमा बस्थे, जहाँ माछा मार्ने चलन थियो ।

ताइवानको अर्थतन्त्र त्यसबेला कृषि, चिनीको निर्यात र टी–शर्टमा निर्भर थियो। चिनले अमेरिकामा संसार टेक्नोलोजीतर्फ बढिरहेको देखे। मानिसहरू चन्द्रमामा जाँदैछन् र ठूला विमानहरूले भविष्य सिर्जना गरिरहेका छन्। बीबीसीको रिपोर्टका अनुसार ७८ वर्षीय डा चिनले भनेका छन्, ’जब म त्यहाँ पुगेँ, म छक्क परे । ताइवान कति गरिब छ भनेर सोचे ।

Advertisement

यसलाई अझ राम्रो बनाउन मैले केहि गर्नुपर्छ भन्ने उनलाई लाग्यो । प्रिन्सटनमा अध्ययन गर्दै अमेरिकी अर्धचालक उद्योगमा काम गरेपछि उनी ताइवान आए । त्यतिबेला देश आर्थिक संकटबाट गुज्रिरहेको थियो । उनले अन्य इन्जिनियरहरूसँग मिलेर ताइवानको अर्धचालक क्षेत्रमा निर्माण गर्न थाले।

काम ताइपेईको दक्षिणमा रहेको सानो सहर सिन्चुमा सुरु भयो जुन आज विश्वको इलेक्ट्रोनिक्सको केन्द्र बनेको छ । पछि विश्वको सबैभन्दा ठूलो ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (TSMC) त्यहाँ स्थापना भयो। मोरिस चाङ, एक चिनियाँ–अमेरिकी इन्जिनियर जसलाई TSMC चलाउन नियुक्त गरियो।

यो ताइवानको भाग्य वा चाङको प्रतिभा वा दुवै थियो, जसले सबैलाई अचम्ममा पार्ने गरी काम गरे । ९३ वर्षीय चाङलाई आज ताइवानको अर्धचालक उद्योगको पिता भनिन्छ । ताइवानको सफलताको प्रमुख कारण ’फाउन्ड्री मोडल’ थियो । आफ्नै चिप डिजाइन गरेर अमेरिका र जापानसँग प्रतिस्पर्धा गर्नुको सट्टा, ताइवानले सुरुमा अन्य कम्पनीहरूको लागि चिपहरू बनायो।

यो निर्णय गेम चेन्जर साबित भयो । आफ्नै प्लान्ट निर्माण गर्ने क्षमता नभएका धेरै कम्पनीहरूले ताइवानलाई सिधै सम्पर्क गरे । विश्वमा प्रत्येक वर्ष एक ट्रिलियन चिप उत्पादन गरिन्छ। आधुनिक कारमा १५०० देखि ३००० चिप हुन्छन्।

महामारीको समयमा अभाव थियो, जसले उत्पादनलाई कमजोर बनायो। ताइवानको उपलब्धि यो हो कि यसले विश्वको आधा भन्दा बढी चिप बनाउँछ। ताइवानको अर्धचालक उद्योग यसको भूराजनीतिको केन्द्रमा हुनुको कारण छ। चीनले ताइवानलाई कब्जा गर्ने धम्की दिइरहेको छ।

जबकि अमेरिका सेमिकन्डक्टरको कारणले मात्रै उसलाई बचाउने कुरा गर्छ । ताइवानको अर्धचालक उद्योग पश्चिमी देशहरूको सम्पत्ति हो । ताइवानको सफलतालाई दोहोर्याउन धेरै चुनौतीहरू छन्। जसमा अर्धचालक आपूर्ति श्रृंखला विशाल छ, जसमा चिप बनाउने कम्पनीहरू साथै कच्चा माल आपूर्ति गर्ने देशहरू रहेका छन् ।

यसबाहेक विशेष मेसिनरी र इन्जिनियरहरू पनि रहेका छन्। सन् २०२३ मा विश्वले सूचना प्रविधि (आईटी) क्षेत्रमा ४.७ ट्रिलियन अमेरिकी डलर खर्च गरेको अनुमान गरिएको छ । सन् २०२४ मा आईटी क्षेत्रमा हुने खर्च पाँच ट्रिलियन अमेरिकी डलर नाघ्ने अमेरिकी प्राविधिक अनुसन्धान र परामर्श फर्म गार्टनरको प्रक्षेपण छ ।

आइटी क्षेत्रमा नेपालको कुरा गर्ने हो भने यहाँ पनि प्राथमिकतामा पर्दै आएको छ । अनुसन्धान र नीति वकालतका क्षेत्रमा काम गर्दै आएको काठमाडौंमा आधारित थिंक ट्यांक एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस)ले सार्वजनिक गरेको एक प्रतिवेदनले सन् २०२२ मा नेपालले ६७ अर्ब ९३ करोड नेपाली रुपैयाँ बराबरको आईटी सेवा निर्यात गरेको देखाएको छ।

आईआईडीएसको अध्ययन प्रतिवेदनका अनुसार सन् २०२१ मा नेपालले २४ करोड ४५ लाख अमेरिकी डलरको आईटी सेवा निर्यात गरेको थियो । सन् २०२२ मा ६४.२ प्रतिशतले बढेर यो आंकडा ५१ करोड ५४ लाख अमेरिकी डलर पुगेको हो ।

यसरी नै सन् २०२३ र सन् २०२४ मा कम्तीमा ५० प्रतिशतको वृद्धि कायम रहेमा यो तथ्यांकका आधारमा नेपालले सन् २०२४ मा एक अर्ब अमेरिकी डलरको आईटी सेवा निर्यात गर्ने देखिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top