कङ्गोमा ३७ जनालाई मृत्युदण्ड

२९ भदौ , एजेन्सी ।

Advertisement

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे १९ को असफल कू विरुद्धको सुनुवाइमा किन्शासाको सैन्य अदालतले तीन अमेरिकीसहित ३७ जना कू षड्यन्त्रकारीहरूलाई दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको छ ।

राष्ट्रिय टेलिभिजनमा प्रशारण भएको सुनुवाइसँगै राजधानी किन्शासामा रहेको सैन्य अदालतले कुल ५१ जनालाई मुद्दा चलाएको थियो ।

Advertisement

मृत्युदण्डको सजाय पाएका तीन अमेरिकीहरूलाई आपराधिक सङ्गठन, आक्रमण र आतंकवादको अपराधमा दोषी ठहर गरिएको थियो ।

जसमा कू प्रयासको कथित नेता क्रिश्चियन मलंगाका छोरा मार्सेल मलंगा पनि थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top