३१ भदौ, झापा ।
झापा बिर्तामोड नगरपालिकामा पाँच वर्षीया बालिकालाई मुख मैथुन गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोडको सैनिकमोडका ५२ वर्षीय प्रदीप शाह रहेका छन् ।
शाहले भदौ २७ गते बेलुका छिमेकी बालिकालाई ललाइफकाई मुख मैथुन गरेका थिए । घटनाबारे ती बालिकाले आफ्ना अभिभावकलाई सुनाएकी थिइन् ।
लगत्तै उनीहरूले आइतबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए । प्रहरीले हिजो नै शाहलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।