×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

संविधान दिवसमा अमेरिका र बेलायती राजाको पनि शुभकामना

३ आश्विन २०८१

३ असोज , काठमाण्डौ ।

सैनिक मंच टुँडिखेलमा विशेष समारोह गरी संविधान दिवस मनाइएको छ। बिहीबार बिहान सैनिक मञ्चमा सरकारले विशेष समारोह गरी संविधान दिवस मनाएको हो। संविधान दिवस आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मूल समारोह समिति बनेको थियो।

Advertisement
Advertisement

उक्त समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

समारोहमा नेपाली सेना र नेपाल प्रहरीले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो। राष्ट्रपति पौडेललाई नेपाली सेनाले सम्मानस्वरूप गार्ड अफ अनरसमेत प्रदान गरेको थियो। सेनाको हेलिकप्टरबाट पुष्पवृष्टी गरिएको थियो। संविधान दिवसका अवसरमा सरकारले देशभर दिपावली गरी भव्यताका साथ मनाउन आह्वान समेत गरेको छ ।

संविधान दिवसकै अवसरमा बिहीबार साँझ नागरिक तहबाट काठमाडौंको दरबारमार्गमा विशेष सांगितिक प्रस्तुतीसहितको कन्सर्ट आयोजना गरिँदैछ। दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्।

उनले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरेका छन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समय भोगेको निरंकुशता आजको पुस्ताले बिर्सन नहुने बताएका छन्।

संविधान दिवसको अवसरमा बिहीबार शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा दुई दशक अगाडिको चित्र आउने बताउँदै वर्तमान पुस्ताले त्यस्तो निरंकुशता बिर्सन नहुने बताएका हुन्। अहिले संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको प्रधानमन्त्री ओलीले बताएका छन्।

संविधानले दिएकै स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने पनि प्रधानमन्त्री ओलीले बताएका छन्। यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटो भएको बताएका छन् । सबै प्रकारका अराजकता र निरंकुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको बताउँदै अध्यक्ष दाहालले संविधानप्रदत्त अधिकारलाई थप सुदृढ गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गरेका छन् ।

सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकांक्षाको प्रतिबिम्ब रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

शुभकामना सन्देश जारी गर्दै संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । यता नवघोषित दल राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने संविधान संशोधन गरेर नपुग्ने, पुनर्लेखन नै गर्नुपर्ने बताएका छन्।

सिमांकन हेरफेर, नागरिकताको समस्या समाधान, समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, राष्ट्रिय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व, विभिन्न राष्ट्रिय भाषामा सरकारी कामकाज, अविशिष्ट अधिकार प्रदेशलाई, स्थानीय तह दलविहीन, परिभाषामा सवै राष्ट्रियता समेट्नुपर्ने, अधिकार सम्पन्न प्रदेश, प्रस्तावना सच्याउनुपर्ने लगायत मधेसका मुद्दा थाती नै रहेकाले संविधानको पुनर्लेखनको खाँचो औंल्याएका हुन्।

उनले २०७२ असोज ३ गते संविधान जारी भइरहँदा एकातिर हर्ष उल्लास र अर्कोतिर मधेसमा दमन गरिएको बताएका छन्। नेपालको संविधान दिवसका अवसरमा बेलायी राजा र अमेरिकाले पनि शुभकामना सन्देश दिएका छन् ।

बेलायती राजा चार्ल्स तृतीयले संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेललाई शुभकामना सन्देश पठाएका छन्। काठमाडौंस्थित बेलायती दूतावासले राजा चार्ल्सको शुभकामना सन्देश सार्वजनिक गरेको हो। चार्ल्सले राष्ट्रपति पौडेललाई सम्बोधन गरी शुभकामना दिएका छन्।

‘आज तपाईं र नेपालका जनताले राष्ट्रिय दिवसको विशेष दिन मनाइरहँदा, महामहिम र नेपाली जनतालाई बधाई दिन पाउँदा म र मेरी श्रीमती धेरै खुसी छौं,’ शुभकामना सन्देशमा भनिएको छ।उनले शान्ति र समृद्धि, वातावरण र जलवायु परिवर्तन जसले आउँदो पुस्तालाई लाभ पु¥याउने जस्ता विश्वका महत्वपूर्ण मुद्दामा दुई देश नजिकै बसेर निरन्तर काम गर्ने उल्लेख गरेका छन्।

उता संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ ।अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई आफ्नो देशले अधिक महत्व दिएको जनाएको छ ।

विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका तर्फबाट उक्त मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई नेपालको आर्थिक वृद्धिमा सघाउने अनुदान परियोजनाका रूपमा व्याख्या गर्दै , न्याय र प्रजातान्त्रिक मूल्यमान्यताको प्रवरद्र्धनका साथै जनस्तरको सम्बन्ध विस्तार र आर्थिक वृद्धिका निम्ति भविष्यमा पनि निरन्तर सहकार्य गर्न अमेरिका प्रतिबद्ध रहेको जनाइएको छ ।

संविधानसभाबाट विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदैछ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top