×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

भोलि श्रीलंकामा राष्ट्रपतिय चुनाव, को को छन् मैदानमा ?

४ आश्विन २०८१

४ असोज ,  एजेन्सी ।

श्रीलंकामा भोली शनिबार राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । त्यहाँको नयाँ राष्ट्रपति बन्ने दौडमा अनुरा कुमारा दिसानायके, सजित प्रेमदासा, रनिल विक्रमासिङ्घे, नमल राजापाक्षे लगायतका उम्मेदवारहरु प्रतिष्पर्धामा छन् ।

Advertisement
Advertisement

पछिल्लो सर्वेक्षणहरूले त्यहाँका परम्परागत दलका उम्मेदवारलाई पछि पार्दै बामपन्थी उम्मेदवार जिताउने प्रक्षेपण गरेका छन् ।सर्वेक्षण अनुसार नेशनल पिपुल्स पावर (एनपीपी)का अध्यक्ष उम्मेदवार अनुरा कुमारा दिसानायके दौडमा अगाडि छन् । उनलाई चीन समर्थक भनेर आलोचना गरिन्छ ।

अनुराले जितेपछि भारतीय धनाढ्य अडानीको प्रोजेक्ट रद्द गर्ने वाचा गरेका छन् । अनुरा बाहेक अन्य तीन ठूला उम्मेदवार पनि राष्ट्रपति पदको प्रतिस्पर्धामा छन् । सर्वेक्षणमा विपक्षी नेता सजित प्रेमदासा दोस्रो स्थानमा छन् । वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे उनीपछि तेस्रो स्थानमा छन् ।

पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा नमल राजापाक्षे पनि यो दौडमा छन् । सर्वेक्षणले उनको पनि जित्ने सम्भावना न्यून रहेको देखाएको छ । अनुरा कुमारा कोलम्बो जिल्ला सीटबाट सांसद हुन् । उनी सन् २०१९ को राष्ट्रपतीय निर्वाचनको पनि उम्मेद्वार थिए ।

मिडिया रिपोर्टरहरूलाई आधार मान्दा श्रीलंकामा दुई वर्षअघिको आर्थिक संकट अझै पनि मानिसहरूको दिमागबाट हट्न सकेको छैन् । देशको अवस्था केही मात्रामा सुधार त भएको छ तर मानिसहरूले त्यो समयमा भोगेको कठिनाइ अहिले पनि ताजै छ ।

यही कारण देशको सबैभन्दा लामो समय श्रीलंकाको सतामा रहेको ‘राजपाक्षे परिवार’ विगत दुई दशकदेखि चुनावी दौडमा बाहिर रहेको मानिन्छ । श्रीलंकामा गम्भीर मन्दीपछि भएको ऐतिहासिक जनआन्दोलनको कारण अनुरा कुमारा दिशानायकेको लोकप्रियता ह्वातै बढ्यो ।

२०१९ को चुनावमा पनि उठेका दिशानायकेले केवल ३.९ प्रतिशत मात्र भोट पाएका थिए । तर जनआन्दोलनबाट उनको बढेको लोकप्रियता भोलि हुने चुनाबबाट भोटमा कति कन्भर्ट हुन्छ त्यो भने चुनावी नतिजा पछि देखिने छ ।

भ्रष्टाचारको विरोधमा कडा अभिव्यक्तिका कारण युवामाझ लोकप्रिय बनेका अनुराका कारण उनको पार्टीको लोकप्रियता ४ वर्षमा निकै बढेको छ।श्रीलंकाका जनताले एनपीपीबाट आर्थिक सुधार र सामाजिक समानताका लागि धेरै अपेक्षा गरेका छन्, किनभने यो पहिले कहिल्यै सत्तामा थिएन त्यसैले जनताले यसमा बढी विश्वास गरेका छन् की यो पटक उसले श्रीलंकाको आशालाई नयाँ तरिकाले सञ्चालित गर्ने छन् भनेर ।

अनुराले हरेक अभियानमा श्रीलंकालाई भ्रष्टाचारमुक्त गर्ने वाचा गरिरहेका छन्। देशको आर्थिक अवस्था खस्किनुको मुख्य कारण भ्रष्टाचार भएको युवाहरुमाझ उनको धारणा छ । उनले पार्टीले बलियो अन्तर्राष्ट्रिय सम्बन्धमा पनि कायम गर्ने बताउँदै आएका छन्।

उनलाई चीन निकट मानिन्दै गर्दा भारत संसकीत छ । यस्तोमा उनले चीन र भारत श्रीलंकाका दुई प्रमुख आर्थिक साझेदार भएकाले दुबैसँग राम्रो सम्बन्ध बनाउने बाचा गरेका छन् । पार्टीले डिसेम्बर २०२३ मा चीनको भ्रमण गरेको थियो र चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरूलाई भेटेको थियो ।

त्यस्तै, एनपीपी प्रतिनिधिमण्डलले फेब्रुअरी २०२४ मा भारतको भ्रमण गर्योर र विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत वरिष्ठ भारतीय अधिकारीहरूलाई पनि भेट्यो । अनुराले फेब्रुअरी २०२४ मा भारतको भ्रमण गरेका थिए।

यस क्रममा उनले विदेशमन्त्री एस जयशंकरसँग भेट गरे । त्यसोत वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा छन्। उनले श्रीलंकाको दक्षिणपन्थी पार्टी युनाइटेड नेसनलिस्ट पार्टीबाट राजीनामा दिएका थिए ।

विक्रमासिङ्घेले आफ्नो दुई वर्षको कार्यकालमा हासिल गरेको राजनीतिक र आर्थिक स्थायित्वलाई सङ्केत गरेको देखिन्छ । उनले वर्तमान सरकारले मुद्रास्फीति घटाउने जस्ता महत्वपूर्ण आर्थिक सफलता हासिल गरेको बताउँदै श्रीलंकाको अर्थतन्त्र ट्रयाकमा ल्याएको जस लिएर चुनावी मैदानमा छन् ।

भोलि हुने राष्ट्रपतीय निर्वाचनमा कुल ३८ उम्मेदवार (उम्मेदवारी दिने ३९ मध्ये एकको मृत्यु भएको) राष्ट्रपतीय निर्वाचनमा होमिएका छन्। तर एकजनापनि महिला उम्मेदवार यो दौडमा छैनन्। ५५ वर्षीय दिशानायके, युएनपीका पूर्वराष्ट्रपति रणसिंघे प्रेमदासाका छोरा ५७ वर्षीय सजिथ प्रेमदासा र वर्तमान राष्ट्रपति ७५ वर्षीय विक्रमासिंघेबीच प्रतिस्पर्धानै मुख्य हुने मानिन्छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top