×

NEPAL TIMES UPDATES

Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026

मोसादले ‘अपरेशन थंडरबोल्ट’ मिसन कसरी पूरा गरेको थियो

६ आश्विन २०८१

६ असोज, एजेन्सी ।

इजरायलको गुप्तचर एजेंसी मोसाद फेरि एक पटक चर्चाको शिखरमा पुगेको छ । लेबनान र ईरानजस्ता देशले पेजर ब्लास्टका लागि मोसादलाई जिम्मेवार ठानेका छन् । गत साता लेबनानमा एकै साथ १००० पेजर ब्लास्ट भए, जसमा हिजबुल्लाका एक दर्जन लडाकुहरुको मृत्यु भयो ।

Advertisement
Advertisement

२०० भन्दा धेरै घाइते भए । पेजर ब्लास्टको भोलिपल्ट वाकी–टकी ब्लास्ट भएको थियो । मोसाद आफ्नो स्थापनादेखि नै यस्ता आश्चार्यजनक अपरेशनका लागि चर्चित रहँदै आएको छ । यसको गन्ती विश्वको सबैभन्दा खतरनाक गुप्तचर एजेंसीहरुमा हुने गरेको छ ।

मोसादको सबैभन्दा खतरनाक मिशनमध्ये एक हो ‘अपरेशन थंडरबोल्ट’ । जसलाई सन १९७६ मा फत्ते गरिएको थियो । सो अपरेशनमा इजरायलका एक सैनिकको मात्रै ज्यान गएको थियो । र उनी अरु कोही नभएर इजरायलका हालका प्रधानमंत्री बेंजामिन नेतन्याहूका भाइ योनातन नेतन्याहू थिए ।

२७ जून १९७६ मा एयर फ्रांसको फ्लाइट इजरायलको तेल अभीभबाट पेरिसका लागि रवाना भएको थियो । सो क्रममा एथेन्समा रिफ्यूलिंगपछि फ्लाइटले जसै टेकअफ गर्यो चार हतियारधारी अपहरणकर्ताहरुले जहाजलाई हाईज्याक गरे ।

त्यसपछि उनीहरुले पहिले जहाजलाई लिबियाको बेनगाजी लगे । र त्यहाँ ७ रहेपछि जहाजलाई युगांडाको एन्तेबे हवाई अड्डमा लगियो । हाईज्याकर्समा २ प्लालेस्टाइनी नागरिक थिए । सो समयमा युगांडामा ईदी अमीनको सत्ता थियो, जसलाई विश्वकै सबैभन्दा बदनाम तानाशाहमा गनिन्थ्यो ।

अमीन खुलेरै अपहरणकारीको साथमा उभिए । जहाज युगांडा पुग्दा चार अरु चरमपंथी हाईज्याकर्स पनि त्यसमा जोडिए । उनीहरुले प्यासेंजर्सहरुको पहिचान सोध्न सुरु गरे । सो क्रममा यहूदी यात्रीहरुलाई अलग राखे ।

हाईज्याकर्सले इजरायली गभर्नमेन्टसंग ५४ प्यालेस्टाइनी कैदीहरुलाई तुरुन्तै रिहा गर्न माग गरे, र भने यदी उनीहरुको माग पुरा भएन भने यहूदी यात्रीहरुको ज्यान लिन सुरु गरिनेछ । एन्तेबे एयरपोर्ट इजरायलबाट ४ हजार किलोमीटरको दूरीमा थियो ।

इजरायली सरकारलाई आफ्ना नागरिकहरुलाई कसरी छुटाउने भन्ने चुनौती थियो । जहाजमा कयौं हाई प्रोफाइल यात्री पनि थिए । स्वयं इजरायलका तत्कालीन प्रधानमंत्रीका निकट थिए । यसकारण पनि उनीहरुका लागि तुरुन्तै कदम चाल्नु पर्ने दबाव पनि थियो ।

इजरायली सरकारले बन्धकहरुलाई छुटाउने जिम्मेवारी मोसादलाई सुम्पियो । मोसादले पहिले आफ्नो एक एजेंटलाई एन्तेबे एयरपोर्टको सर्भेका लागि पठायो । उसले केन्यासंगबाट जहाज भाडामा लियो र एन्तेबेमाथि चक्कर लगायो र त्यहाँको सबै तस्वीर खिच्यो ।

यसबीच एन्तेबे हवाई अड्डको नक्शा पनि उसले प्राप्त गर्यो । इजरायली कमांडोजले नक्शा अनुसार प्याक्टिस शुरू गरे । इजरायली कमांडोले तयारी गरिरहेका समयमा यता सरकारले हाईज्याकर्सलाई संकेत दिइरह्यो कि उ उनीहरुसंग कुराकानीका लागि तयार छ ।

ताकि यसबीच अरु थप समय पाइयोस । सरकारले ईदी अमीनलाई पनि मनाउने कोशिश गर्यो तर उनी टसमस सम्म भएनन् । त्यसपछि इजरायलले यो मिशनलाई विभिन्न टुक्रमा बाड्यो । ब्रिगेडियर जनरल ड्याम शमरनलाई मिशन हेड बनायो ।

लेफ्टिनेंट कर्नल योनाथन नेतन्याहूलाई फील्ड अपरेशनको कमाण्ड सुम्पियो । यसबारे माइकल बार जोहार आफ्नो किताब ‘मोसादः द ग्रेटेस्ट मिशन अफ द इजरायली सीक्रेट सर्भिस’ मा लेख्छन्, ठिक सो बेला मरिशसमा अफ्रीकी एकता संगठनको बैठक चलिरहेको थियो ।

ईदी अमीन सो बैठकमा सहभागि हुनका लागि रवाना भए । इजरायलले यो मौकाको फाइदा उठाउने योजना बनायो । उसले तय गर्यो कि युगांडा यस्तो जहाज पठाउने जसमा अपहरणकारीलाई लागोस कि त्यसमा ईदी अमीन विदेश भ्रमणबाट फिर्ता आउँदैछन् ।

४ जुलाईमा इजरायलका ४ हरक्यूलिस विमान एन्तेबेका लागि रवाना भए । इजरायली जहाज मात्रै ३० मीटरको उचाईमा उडिरहेको थियो, ताकि मिस्र, सूडान वा साउदीको रडारले त्यसलाई इंटरसेप्ट नगरोस् । करिब ७ घण्टाको यात्रापछि हरक्यूलिस विमान एन्तेबे हवाई अड्डामाथि पुग्यो ।

हावामा नै जहाजको र्याम्प खोलियो ताकि एक सेकंड पनि बर्बाद नहोस । जहाज जब एन्तेबे एयरपोर्टमा उत्रियो त्यसबाट सबैभन्दा पहिला एक कालो मर्सिडीज उतारियो । जो युगांडाका राष्ट्रपति ईदी अमीनको मर्सिडीजसंग मिल्दोजुल्दो थियो ।

ताकि अपहरणककारीलाई लागोस् कि त्यसमा ईदी अमीन फिर्ता आएका हुन् । त्यसको ठिक पछाडी २ ल्याण्ड रोभर गाडीहरु थिए जसमा इजरायली कमांडोज बसेका थिए । बीबीसी हिंदीको एक रिपोर्टका अनुसार इजरायली सैनिकहरुका तर्फबाट यहाँ एक चुक भयो ।

उनीहरुलाई थाहा थिएन कि ईदी अमीनले सेतो रंगको मर्सिडीज यूज गर्न थालेका थिए । र एयरपोर्टमा रहेका युगांडाका सैनिकहरुले पनि यसको चाल पाए । उनीहरुले गोली चलाउन थाले । तर त्यसपछि इजरायली सैनिकले केही सेकेन्डमै उनीहरुको सफाया गरे ।

र चितुवाको गतिमा त्यो बिल्डिंगका तर्फ अगाडी बढे जहाँ बन्धकहरुलाई राखिएको थियो । यसबीच इजरायलका थप २ जहाज कमांडोलाई लिएर त्यहाँ पुगिसकेको थियो र त्यसपछाडी चौथो जहाज पनि आयो । जो खाली थियो । जसमा बंधकहरुलाई लैजानु थियो ।

करिब २० मिनेटभित्रै इजरायलले आफ्ना बंधकहरुलाई खाली जहाजमा बसाए । इजरायली कमांडोजले एन्तेबे हवाई अड्डमा रहेका ११ फाइटर प्लेन पनि उडाइदिए ताकि युगांडाका सैनिकले उनीहरुको पिछा गर्न नसकुन ।

Advertisement

त्यसपछि इजरायली सैनिक जब फर्किन लागे, कंट्रोल टावरमाथि एक गोली लेफ्टिनेंट कर्नल योनाथन नेतन्याहूको छातीमा लाग्यो । र उनी त्यही लडे । इजरायली कमांडोजले उनलाई काँधमा हालेर जहाजसम्म ल्याए । ककपिटमा आवाज आयो ‘मिशन कंप्लिट’ र इजरायली जहाज हावामा गति लिन थाल्यो ।a

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top