×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

सहकारी ठगी प्रकरणमा छविलाल पक्राउ, रविको के होला ?

६ आश्विन २०८१

६ असोज,  काठमाण्डौ ।

पूर्वडीआईजी एवं गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो ।

त्यही प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले पूर्व डीआईजी समेत रहेका छविललालाई पक्राउ गरेको हो । जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले कास्की जिल्ला प्रहरीको पत्रका आधारमा पक्राउ गरेको स्रोतले जनाएको छ । उनलाई अनुसन्धानका लागि पोखरा पठाइनेछ ।

छविलालले गोरखा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र आफ्नो मात्रै ५० ,५० प्रतिशत सेयर रहेको र पछि आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिएका थिए । उनले गोर्खा मिडियामा सहकारीको रकम ल्याउने सम्बन्धीका सबै काम जीबी राईले नै गरेको बताएका छन् ।

उनले बयानमा भनेका छन्, “सेयर लिँदा पनि पैसा दिएको पनि होइन र संस्था छाड्दा पनि कुनै लेनदेन भएको छैन ।” आज मात्रै सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

गृहका प्रवक्ता ऋषिराम पौडेलका अनुसार गृहसँग सम्बन्धित विषयहरूमा आवश्यक कारबाही र अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा पठाइएको हो। यससँगै पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेसमेत अनुसन्धानको दायरामा तानिने भएका हुन्।

समितिले उनलाई गोर्खा मिडिया नेटवर्कमा आएको सहकारीको रकम खर्च गर्नेमा संलग्न भएको भन्दै कारबाही सिफारिस गरेको थियो। समितिले कारबाही सिफारिस गरेसँगै गृहले लामिछानेविरूद्ध पूरक अभियोजन लैजानेबारे छलफलसमेत गरेको थियो।

लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा पुरक जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको थियो। संसदीय छानबिन समितिले लामिछानेसँग बयान लिएपछि डिएसपी बसन्त शर्माको टोलीले सहकारी ठगी अभियोगमा लामिछानेसँग भदौ दोस्रो साता काठमाडौं पुगेर बयान लिएको थियो।

बयानमा लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै इन्कारी बयान दिएका थिए। टोलीले गोरखा मिडियाका तत्कालीन सञ्चालक सदस्य एवं पूर्वडिआइजी जोशीसँग पनि बयान लिएको थियो। पोखराबाट गएको अनुसन्धान टोलीले ग्यालेक्सी टेलिभिजन, नेचर हब्स र नेचर नेक्स्ट गरी तीनवटा कम्पनीका कागजात पनि लिएको थियो।

सहकारी छानबिन विशेष समितिले सहकारीको सुधार, नियमन र सुपरीवेक्षणसँगै सहकारीमा बचतकर्ताको अपचलन भएको रकम फिर्ता ल्याउनेसम्मका सुझाव र सिफारिस गरेको छ । त्यसमा पनि पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कले सहकारीको ६५ करोड रुपैयाँ अपचलन गरेको भन्दै कारबाहीको सिफारिस गरेको थियो।

समितिले लामिछानेका साथै गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई), मदनकुमार रम्तेल र सञ्चालक छविलाल जोशी बन्जाडेलाई कारबाही गर्न सिफारिस गरेको छ । कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, पर्साको सानो पाइला सहकारी, बुटवलको सुप्रिम सहकारीका बचतकर्ताले लामिछानेविरुद्ध ठगीमा जाहेरी दिएका थिए ।

गत वर्ष माघमै कास्की प्रहरीमा लामिछाने र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलगायत १८ जनाविरुद्ध पूरक जाहेरी परेको थियो । गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका लामिछानेले पाँच वटा सहकारीबाट गोरखा मिडियामा आएको रकम अपचलन गरेका कारण उनले दायित्व लिनुपर्ने विषय प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा समितिले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष राईसहित २७ को नामै तोकेर पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउन भनिएको छ । राई मलेसियामा लुकेर बसेको भनिए पनि प्रहरी प्रधान कार्यालयले एसपीको कमान्डमा दुई जना उता पठाउँदा रित्तो हात फर्किएको थियो ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top