NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

सडक कहिले खुल्छन् ? सडक नखुले अग्रिम टिकट के हुन्छन् ?

सोमवार अशोज १४ , २०८१
Reading Time: 1 min read
A A
सडक कहिले खुल्छन् ? सडक नखुले अग्रिम टिकट के हुन्छन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ असोज , विराटनगर।

नेपालीहरुको महान चाड दशैैं नजिकिरहेको छ । अध्ययन, रोजगारीदेखि व्यापार व्यवसाय र राजनीतिको गढ मानिएको काठमाडौंमा बसोबास गर्नेहरु दशैंमा आआफ्नै थाकथलो फर्किने गर्दछन् । हरेक वर्ष काठमाडौंबाट २० लाखको हाराहारीमा सर्वसाधारणले उपत्यका छाड्ने गर्दछन् ।

अर्काेतर्फ यातायात व्यवसायीका लागि समेत सबैभन्दा बढी कमाउने अवसर दशैं रहने गर्दछ । तर यो दशैंको मुखमा बाढीपहिरोको वितण्डाले सर्वसाधारणदेखि यातायात व्यवसायी समेत चिन्तामा परेका छन् ।

Advertisement

गत बिहिबार रातिदेखि परेको अविरल बर्षाले नेपालका अधिकांश सडकहरु अवरुद्ध हुँदा यात्रुदेखि यातायात व्यवसायी चिन्तित भएका हुन् । दजर्नौ राजमार्गमा बाढी बगेपछि अहिलेसम्म सुचारु हुन् सकेका छैनन् ।

केही राजमार्गमा अहिलेपनि मर्मत र पहिरो पन्छाउने काम जारी रहेको छ । लगातार ३ दिनसम्म परेको बर्षाले मुख्य राजमार्गहरुमा ठूलै क्षति पुर्यायो । कतिपय राजमार्गहरु त १ महिनासम्म पनि बनिसक्ने छाँटकाँट देखिँदैन ।

सरकारको निर्देशन र यातायात व्यवसायीको छलफलपछि शनिबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेपनि सडक पूर्वाधार नहुँदा घर फर्किनु पर्ने सर्वसाधारण चिन्तामा परेका छन् भने दुई पैसा कमाएर जिविको चलाउने मजदुरका ओठ मुख सुकेका छन् ।

खुलेका केही सडकको अवस्था बेहाल छ। हिलाम्य सडकमा बसमा चाकाचुली खेल्दै यस वर्षको दशैंमा कसरी फर्किनु भन्ने चिन्तामा सर्वसाधारण रहेका छन् । हुने खानेहरु हवाइ यात्राबाट गन्तब्यमा पुग्लान् तर हुदा खानेहरुका लागि निर्विकल्प भनेको सडक यातायात नै हो ।

यसैले घर फर्किने सडक खुलेको खबरको प्रतिक्षामा नै सर्वसाधारण रहेका देखिन्छन् । अघिल्लो हप्ता यातायात व्यवसायी र सरकारी निकायका पदाधिकारीहरुबीचको छलफलले असोज १२ देखि दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको थियो ।

तर, अग्रिम बुकिङ खुलेकै दिन देशभर नै अविरल बर्षा भईरहेको थियो । यस्तो बेलामा दशैंमा आफ्नो गन्तब्य जाने यात्रु र टिकट काटिरहेका व्यवसायीहरु पनि सशंकित थिए । देशभरका राजमार्गहरु अवरुद्ध भइरहेको बेलामा अग्रिम टिकट बुकिङ खोल्दा उचित हुने वा नहुने भन्ने बिषयमा टिकट काउन्टरमै पनि बहस भएको थियो ।

तर, शनिबार विहानैदेखि बर्षाको प्रवाह नै नगरी टिकट काट्न लाइन लागेका सेवाग्राहीहरुलाई बाध्यताबस व्यवसायीले टिकट वितरण गरे । अग्रिम टिकट वितरण गरिएपनि सहजै घर पुगिनेमा अझै सर्वसाधारण विश्वस्त हुन् सकेका छैनन् ।

यातायात व्यवसायीले पहिल्यैदेखि सरकारसमक्ष दशैंमा सडकहरुको स्तरोन्नति हुनुपर्ने, प्राकृतिक प्रकोपका कारण धनजनको क्षति हुने भएकाले राहत र उद्धारका लागि चनाखो हुनुपर्नेलगायतका मागहरु राख्दै आएका थिए ।

तर, त्यसको सुनुवाई नगरिकनै लगातार अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गर्न हतारिँदा हाल व्यवसायी र यात्रु दुबैलाई अग्रिम टिकट बुकिङ के गर्ने भन्ने भएको देखिन्छ । शनिबारदेखि खुलेको अग्रिम टिकट बुकिङमा पनि यसपल्ट अघिल्लो दशैंको जत्तिको यात्रुहरुको भीड नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन् ।

अहिले अग्रिम टिकट बाँडेर गन्तव्यमा जानेबेलामा अहिलेकै अवस्था निम्तिए त्यसको असर झन ठुलो हुने निश्चित छ । निश्चित समयमा बस काठमाडौंबाट बाहिरिने र सोहीअनुसार भित्रिने अनुमान गरि टाइम टेबल बनाएर काटिएका टिकटहरु बाटो अवरुद्ध भएकै कारण गन्तव्यमा पुग्न नसकेको अवस्थामा यसको प्रभाव अर्को ट्रिपमा जाने यात्रुमा समेत पर्नेछ ।

यस्तो अवस्थामा जिम्मेवारी व्यवासायी हुने भएपनि सरकारले समन्वय गरिदिनुपर्ने सिटौला बताउँछन् । उनले अग्रिम टिकट विक्रीतर्फ भन्दा पनि नागरिकहरुको ज्यान जोगाउनतर्फ बढी ध्यान हुनुपर्ने भन्दै अग्रिम टिकटलाई यथावत राख्न सकिने बताए ।

हाल अग्रिम टिकट बुकिङकै कुरा गर्दा काठमाडौंबाट पूर्वतर्फ जाने काठमाडौं सिन्धुलीको बाटो पूर्णरुपमा क्षतविक्षत भएको छ । बीपी राजमार्गको करिव ३ किलोमिटर खण्ड नै क्षतविक्षत भएपछि यो बाटो दशैंअघि बनिसक्ने सम्भावना देखिँदैछ । तसर्थ पूर्वतर्फ जाने यात्रुहरु भने चपेटामा पर्ने निश्चित छ ।

काठमाडौंबाट बाहिरिने मुख्य राजमार्ग पृथ्वी राजमार्गका पनि प्रायः स्थानहरुमा पहिरोले क्षति पुर्याएको छ । दशैंकै बेलामा सडकहरु पहिरोले क्षतविक्षत भएपछि अग्रिम टिकट बुकिङका लागि यात्रुहरु पनि न्युन देखिएका छन् ।

यसअघि यसपालीको दशैंमा काठमाडौंबाट १८ लाख नागरिक बाहिरिने अनुमान गरिएपनि बर्षाले पुर्याएको क्षतिले अब दशैंमा घर फर्किने योजना बनाइरहेका कतिपय मानिसहरु काठमाडौंमै रहने अनुमान गरिएको छ ।

दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको हो ।

नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लका अनुसार असोज १२ गते १८ हजार तीन सय ६५ र असोज १३ गते ११ हजार पाँच सय ९० यात्रुले अग्रिम टिकट लिएका थिए ।

सरकारले सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्यूठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो ।

पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारीसाधनको टिकट भने चाँडै खुला गर्ने सरकारको तयारी छ । सरकारले भने अबरुद्ध सडक खुलाउने पहिलो प्राथमिता भएको बताएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सडक यथाशीघ्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुनिलबाबु ढकालले मातहतका निकायमार्फत आफ्ना संयन्त्र र स्रोतसाधन प्रयोगगरी अवरुद्ध सडक खुलाउनका लागि तदारुकताका साथ काम भइरहेको जानकारी दिए ।

उनका अनुसार वर्षाका कारण आएको बाढी–पहिरोसहित डुबानका कारण देशभर ४१ वटा सडकको ६४ स्थानमा अवरोध भएको छ । बाढी–पहिरोबाट क्षति भएका सडक विभाग मातहतका आयोजनालाई जतिसक्दो चाँडो मर्मत गरी सञ्चालन ल्याउने र त्यो सम्भव नभएको अवस्थामा वैकल्पिक उपायसमेतका लागि कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समेत अवरुद्ध यातायात खुलाउने विषय अहिलेको पहिलो प्राथमिकता रहेको बताएका छन् । मन्त्रालयमा विभिन्न जिल्लाबाट पुगेका प्रतिनिधिहरूसँगको छलफलमा उनले बाढी र पहिरोले भत्किएका सडक मर्मत एवम् पहिरो पन्छाई यातायातलाई सहज बनाउन मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका हुन् ।

पुल क्षतिग्रस्त भएका स्थानमा बेलिब्रीज राखेर तथा अन्य विकल्पहरूको पहिचान गरी आवागमन सहज बनाउन सडक विभाग मार्फत काम अघि बढाइएको समेत उनले बताए । यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले विभागले विभिन्न निकायहरू समन्वय गरेर सडकको अवरोध हटाउने कार्य गरी रहेको बताएका छन् ।

यसवर्ष १७ गते बिहीबार दशैंको घटस्थापना परेको छ । अर्काे तर्फ दशैंकै मुखमा देशले अकल्पनीय प्राकृतिक विपद्को सामना गर्नुपरेको छ । यो विपद्को समयमा पीडितहरुको पीडामा मलह लगाउनु सरकारको पहिलो कर्तव्य हो ।

यो विपद्पछिको अवस्थामा अनेकन अवरोधहरु चिर्दै लामो गन्तब्य तर्फ यात्रा गर्नुपर्नेहरुको सहज र सुरक्षित यात्राको वातावरण सरकारले कसरी निर्माण गर्ला ? यसबारे तपाईका विचारहरु अवश्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

 

Tags: # सडक कहिले खुल्छन् ?#नेपाल टाइम्स् ट्रेडिंग#सडक नखुले अग्रिम टिकट ?

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.