शक्तिशाली अमेरिका पनि आँधीसँग हार्याे,६ सय जना हराए

१५ असोज , एजेन्सी ।

Advertisement

दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा ’हेलेन’ नामक विनाशकारी आँधीबेहरीबाट ज्यान गुमाउनेको सङ्ख्या सोमबार ११८ पुगेको छ । दक्षिणपूर्वी अमेरिकी राज्यमा सयौँ अझै बेपत्ता छन् र मृत्युको सङ्ख्या बढ्दै जाँदा, राष्ट्रपति जो बाइडेनले उद्धार प्रयासको निरीक्षण गर्न बुधबार आँधीले ध्वस्त पारेको उत्तरी क्यारोलिनाको यात्रा गर्ने घोषणा गरेका छन्।

आँधीबेहरी र त्यसले निम्त्याएको बाढीबाट उत्तर क्यारोलिनामा ४९, दक्षिण क्यारोलिनामा २५, जर्जियामा २५, फ्लोरिडामा १४, टेनेसीमा ४ र भर्जिनियामा एक गरी कम्तिमा ११८ जनाको मृत्यु भएको एएफपीले संकलन गरेको स्थानीय अधिकारीको तथ्याङ्कले जनाएको छ ।

Advertisement

संघीय आपत्कालीन व्यवस्थापन प्रशासन (फेमा) का कर्मचारीले प्रभावित राज्यमा मानिसको उद्धार र खोजी कार्य जारी राखेका छन् । उनीहरूले प्रभावित क्षेत्रमा पानी र बिजुली आपूर्ति पुनर्स्थापना गर्ने, आँधीले ढालेका रूखहरू पन्छ्याउने, आवश्यक सामग्री उपलब्ध गराउने र सहायता आवश्यक हुने मानिसको नाम दर्ता गर्ने काम गरिरहेका छन्।

अधिकारीहरूले मृतकको सङ्ख्या बढ्ने चेतावनी दिँदै अझै ६०० जना बेपत्ता रहेको जानकारी गराएका छन् । हेलेन आँधीले दक्षिण पूर्वी अमेरिकामा यति ठूलो विनाश ल्याएको छ कि पानी नदेखिएको कुनै क्षेत्र नै बाँकी नरहेको संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement

अलपत्र परेका मानिसहरुलाई हवाई मार्गबाट आवश्यक सामग्रीको ढुवानी भइरहेको नेशनल ओशन एयर एडमिनिस्ट्रेशन (एनओएए)का प्रमुख तथा क्लार्कले जानकारी गराएका छन् । उनले यो वर्षा सोचेभन्दा बढी भएको बताएका छन् ।

अमेरिकी मौसमविद् रायन मेलेले वर्षा धेरै भएको भन्दै जर्जिया, टेनेसी, क्यारोलिना र फ्लोरिडामा मात्रै २० ट्रिलियन ग्यालन पानी परेको तथ्यबाट अनुमान लगाउन सकिने उल्लेख गरेका छन् । नर्थ क्यारोलिनामा आँधीका कारण भयावह स्थिति उत्पन्न भएको छ ।

सो क्षेत्रमा बिजुली र मोबाइल सेवाहरू अवरुद्ध भएका छन् । वर्षा र पहिरोपछि सडक बन्द भएको र प्रभावित जनतालाई पानी, खाद्यान्न र अन्य सामग्री पु¥याउन हवाई मार्गको प्रयोग भइरहेको अधिकारीहरूले बताएका छन् ।

यो आँधी एक प्रकारको उष्णकटिबंधीय चक्रवात हो । जुन एट्लान्टिक महासागर र पूर्वी प्रशान्त महासागरको न्यानो पानीको क्षेत्रहरूमा विकसित हुन्छ। यो शक्तिशाली चक्रवाती आँधीको साथमा अत्यधिक तीव्र हावा, भारी वर्षा र तटीय क्षेत्रमा उच्च समुद्री छालहरू हुन्छन् ।

जसले व्यापक विनाश निम्त्याउन सक्छ। हुरिकेनको हावाको गति ७४ माइल प्रति घण्टा वा सोभन्दा बढी हुन्छ। यो आँधी पृथ्वीको परिक्रमाका कारण उत्तरी गोलार्धमा घडीको विपरीत दिशामा घुम्छ। आँधीको केन्द्रमा “आँखा“ भनिने शान्त क्षेत्र हो, जसको वरिपरि शक्तिशाली हावाहरू आउँछन्।

आँधीहरूले तटीय क्षेत्रहरूमा बाढी ल्याउने, रूखहरू उखेल्ने र भवनहरू ध्वस्त पार्ने सम्भावना हुन्छ। समुन्द्रको पानी तातो हुँदा र आर्द्रताले भरिएको हावा माथि उठ्दा यो आँधी उत्पन्न हुन्छ, जसका कारण न्यून चापीय क्षेत्र विकसित भई चक्रवातमा परिणत भई आँधीको रुप लिन्छ ।

विश्व मौसम विज्ञान संगठनले यस्ता आँधीको नामकरण गर्ने गर्दछ । यस संस्थाले विभिन्न समुद्री र क्षेत्रीय मौसम विज्ञान संगठनहरूसँग आँधी, चक्रवात, र आँधीबेहरीहरूको नामकरण गर्न काम गर्दछ। १९५३ देखि, विश्व मौसम विज्ञान संगठनले यस्ता आँधीबेहरीहरुको नामकरण गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top