×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026

नेपाल–अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरिने

१५ आश्विन २०८१

१५ असोज ,काठमाण्डौ ।

नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक अमेरिका र नेपालबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी भएको छ । सोमबार अमेरिकी विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको हो ।

Advertisement
Advertisement

समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकाका तर्फबाट राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री जोन बासले हस्ताक्षर गरेका हुन् ।

अमेरिका नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक भए पनि द्वीपक्षीय परामर्श संयन्त्र भने निकै ढिला गरी स्थापना गर्ने समझदारी भएको हो । अमेरिका र नेपालबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना पहिलो देश भने बेलायत हो । बेलायतसँग सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । अरु थुप्रै मुलुकसँग नेपालले परामर्श संयन्त्र बनाइसकेको भए पनि अमेरिकासँग भने कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षपछि मात्रै त्यस्तो समझदारी भयो ।

परराष्ट्रमन्त्री डा राणाले संयन्त्र बनाउने सहमतिलाई ‘नेपाल र अमेरिकाबीचको सम्बन्धमा एक मत्वपूर्ण उपलब्धि’ भएको बताएकी छिन् । द्विपक्षीय हितलाई थप प्रवर्धन गर्न यो संयन्त्रबाट सहयोग पुग्ने उनको विश्वास छ ।

प्रायः यस्तो संयन्त्रको नेतृत्व परराष्ट्र सचिवले गर्ने गरेका छन्। भारतसँग भने विदेशमन्त्रीस्तरीय संयुक्त आयोग पनि क्रियाशील छ । संयन्त्रको बैठक हरेक वर्ष आलोपालो गरेर दुवै देशमा बस्ने गर्छन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार संयन्त्र स्थापना गर्ने समझदारीले नेपालको परराष्ट्र मन्त्रालयका र अमेरिकी विदेश मन्त्रालयका अधिकारीबीच आवधिकरुपमा छलफल गर्ने बाटो खुलेको छ ।

संयन्त्रमार्फत दुई देशबीच व्यापार, लगानी, पर्यटन, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा सहयोग र समन्वय गर्नेबारे नियमित छलफल भएर टुंग्याउन सजिलो हुने बताइएको छ । यस्तै परराष्ट्रमन्त्री राणा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच पनि भेटवार्ता भएको छ ।

अमेरिकास्थित नेपाली राजदूतावासमा भएको सो भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसिसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतवासले जनाएको छ ।

एमसिसी कम्प्याक्टअन्तर्गत नेपालको विद्युतीय प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिसम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन् । उक्त कम्प्याक्टमा एमसिसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो ।

Advertisement

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिका पुगेकी परराष्ट्रमन्त्री डा राणा त्यहाँबाट कतारको दोहा प्रस्थान गर्नुअघि सो भेटघाट भएको हो ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top