×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

लेबनान पसे इजरेली सेना, अबको युद्ध कस्तो हुन्छ ?

१५ आश्विन २०८१

१५ असोज , विराटनगर।

लेबनानमा हिजबुल्लाका ठेगानाहरुमा कयौं हवाई हमला र यो संगठनका प्रमुखकै हत्या गरेपछि अब इजरेली सेनाले लेबनानमा स्थलगत हमला अर्थात जमीनी हमला शुरू गरेको छ । इजरेली सेना ट्यांक र पैदल सैनिकहरुका साथ लेबनानको सीमाभित्र प्रवेश गरेको छ ।

Advertisement
Advertisement

अब उसले त्यहाँ कारबाहीस्वरुप छापामार अभियान पनि सुरु गरेको छ । गत शुक्रवार नै इजरेली हमलामा हिजबुल्ला प्रमुख हसन नसरल्लाको मृत्यु भएको थियो । साथै इजरेली सेनाले सिरियामा पनि ईरान–हिजबुल्ला समर्थित संगठनहरुको ठेगानामा हवाई हमला गरिरहेको छ ।

यसबीच लेबनान कुच गरेको इजरेली सेना दक्षिणी सीमाबाट प्रवेश गरेको छ । र अहिले सीमावर्ती गाउँहरुमा छापामार अभियान चलाइरहेको छ । इजरेली सेनाले भनेको छ, अपरेशन नर्दर्न एरोज अन्तर्गत गाजाका साथै अन्य स्थानहरुमा पनि सैन्य कारवाही जारी रहने छ ।

आफ्नो उत्तरी सीमाको सुरक्षाका खातिर लेबनानको दक्षिणी सीमामा कारबाही गरिएको इजरेलले जनाएको छ । इजरेलले ताजा हवाई हमलाहरुमा बेरूतका ६ ठेगानाहरुमा निशाना बनाएको थियो । जुन स्थानहरुमा निशाना बनाइएको थियो, त्यहाँ दक्षिण लेबनानमा रहेको एक प्यालेस्टाइनी क्याम्प पनि थियो ।

इरजेली हमलाबाट बेरुतका कयौं गगनचुम्बी भवनहरु ध्वस्त भएका छन् । यस्तै हिज्बुल्लाका आधाजसो हतियार र भण्डार पनि इजरेलले सखाप पारिदिएको छ ।

यसैबीच इजरेलले लेबनानमा जमीनी हमला शुरू गर्ने निर्णय सार्वजनिक भएपछि हिजबुल्लाका डिप्टी चीफ नईम कासेमले हसन नसरल्लाको मृत्युपछि आफ्नो पहिलो सार्वजनिक संबोधनमा भनेका छन्, यदी इजरेलले जमीनबाट लेबनानमा प्रवेश गर्ने निर्णय लियो भने हामी पनि जवाफी कारबाहीका लागि तयार छौं ।

हिजबुल्लाले लेबनानको सीमामै इजरेली सैनिकहरुलाई निशाना बनाउने कुरा पनि गरेको छ । यसबीच विश्वका कयौं शीर्ष नेताहरुले र संयुक्त राष्ट्र संघले पनि इजरेलले लेबनानमा जमीनी हमला गर्ने निर्णयलाई लिएर आलोचना गरेका छन् । र उनीहरुले युद्धविरामको पनि माग गरेका छन् ।

यता लेबनान सरकारले पनि एक बयान सार्वजनिक गर्दै इजरेल र हिज्बुल्लाहले विश्वभरबाट भइरहेको शान्तीको अपिललाई नजरअंदाज गरेको बताएको छ । उसले भनेको छ, इजरेल बेरुतमा हवाई हमला गरिरहेको छ । जसमा सैंयौ मानिसहरुको ज्यान गइसकेको छ ।

र लाखौं मानिसहरु विस्थापित भएका छन्, यो रोकिनु पर्छ । यसबीच इजरेली सेनाले हिजो साँझ पनि बेरूतका मानिसहरुलाई दक्षिण इलाका खाली गर्न अपिल गरेको छ । इजरेली सेनाले भनेको छ यो उनीहरुका लागि र उनीहरुका परिवारका लागि नै हितकर छ किनभने उनीहरु हिज्बुल्लाका ठेगानाहरु नजिकै बसेका छन् ।

इजरेलले भनेको छ हसन नसरल्लाको मृत्यु एक महत्वपूर्ण जीत हो । तर लडाई अहिले पनि सकिएको छैन । इजरेली रक्षा मंत्री याओभ ग्यालेन्टले भने कि उनी उत्तरी इजरेलको रक्षाका लागि लडाईमा हरेक त्यो तरिकाको प्रयोग गर्नेछन्, जसको जरुरत पर्छ ।

उनको यो स्टेटमेन्टले पनि अबको लडाई ठूलै क्षति हुने खालको देखिन्छ । इजरेलको उत्तरी सीमा लेबनानसंग जोडिएको छ । उता सीरियाको दमिश्कमा पनि इजरेलले हवाई हमला गरेको छ । पछिल्लो इजरेली हमलामा दमिश्कमा तीन नागरिकको ज्यानसमेत गएको छ ।

इजरेलले ड्रोनहरु र फाइटर जेट्सले सीरियामा गोलन हाइट्स इलाकामा हमला गरेको छ । अहिले लेबनानमा हिजबुल्लाका ठेगानाहरुमा हमला गरिरहँदा इजरेलको हमासमाथि भने ध्यान केही हटेको जस्तो देखिन्छ, जहां उसले महिनौदेखि कारबाही गर्दै आएको थियो ।

यता लेबनानमा तिब्र भइरहेको इसराइली हमलाका बीच अरब जगतबाट पनि अलग–अलग प्रतिक्रियाहरु आइरहेका छन् । अरब जगतका सुन्नी मुस्लिम बहुल देशहरुले भलै हिजबुल्लाका नेता हसन नसरल्लाह इजरेली हमलामा मारिएको विषयमा खुलेर निन्दा गरेका छैनन तर उनीहरुको लेबनानको संप्रभुताको कुरा भने गरिरहेका छन् ।

साथै ईरानको भूमिकालाई लिएर पनि खुलेरै धारणाहरु सार्वजनिक भइरहेका छन् । अरब जगतका मीडिया पनि यो सिंगो घटनाक्रममा पल पलको खबर दिइरहेका छन्, साथै विश्लेषण पनि गरिरहेका छन् ।

कतारको मीडिया ग्रुप अल–जजीरा गाजामा इसराइली हमलामा आफ्नो रिपोर्टिंगका लागि निकै चर्चित रहनुका साथै विवादित पनि रहँदै आएको छ । उसका केही संचारगृहहरुमा त इजरेली सेनाले छापासमेत हानेको छ ।

अहिले पनि उसले लेबनानमा जारी इसराइलको अभियान सम्बन्धमा आफ्नो रिपोर्टिंग शसक्त बनाएको छ । अल जजीराको अंग्रेजी वेबसाइटमा प्रकाशित एक लेखको शीर्षक छ– ‘इसराइली हत्याहरुले प्रतिरोधलाई मार्न सक्दैन ।’ यो हिज्बुल्लाह नेता हसन नसरल्लाह मारिएपछि लेखिएको हो ।

यस्तै साउदी अरबको मीडिया ग्रुप अल–अरबिया न्यूजका चेयरम्यान अब्दुलरहमान अल–राशिदले आफ्नो संपादकीयमा लेखेका छन्, गाजामा युद्धविराम लागू भएपनि आगामी युद्ध इजरेल र इरानबीच हुनबाट रोक्न सकिदैन ।

अल–राशिद लेख्छन्, “यस पटक युद्ध संघारमा छ । यदी युद्धबाट बच्ने हो भने दुवै देशले भविष्यमा हुनसक्ने संघर्षबाट बच्नका लागि काम गर्नुपर्छ । यसका लागि धेरै खालका सम्झौता गर्नुपर्नेछ । ईरानलाई घेराबंदी गर्ने रणनीति संभवतः यी दुई क्षेत्रीय शक्तिहरुलाई युद्धतर्फ लिएर जाने छ । बितेका चार दशकहरुदेखि प्रोक्सी वार त जारी नै छ । अल राशिद लेख्छन्, दशकौंदेखि इसराइलको मुख्य रणनीति क्षेत्रीय युद्धको संभावनामा आधारित नै रहँदै आएको छ, जुन पहिला मिस्र, जोर्डन र सीरियामा केंद्रित थियो । “आज यो रणनीति इसराइलले आफूविरुद्ध इरानलाई आफ्नो अस्तित्वको प्राथमिक संकटका रुपमा उसले हेर्छ किनभने इरानसंग परमाणु सैन्य क्षमता र यस्ता मिसाइल प्रविधि छन्, जसले इजराइलको ठुला शहरहरुसम्मका पहुंच राख्छन् । यी सबैले ईरानलाई उसको आगामी शत्रु होइन बरु आगामी निशाना नै बनाउन सक्छ । उनी अगाडि भन्छन्, मेरो विचारमा इसराइल र ईरानबीच युद्ध असंभव छैन ।”

यस्तै रियादबाट प्रकाशित हुने अंग्रेजी अखबार अरब न्यूजको एक लेखमा पत्रकार बारिया अलामुद्दीन लेख्छिन्, हिजÞ्बुल्लाहले लेबनानलाई सुरक्षित राख्न सकेन । बरु उसले देशलाई अर्कै खतरामा पारिदियो ।

यस्तै उनले आफ्नो लेखमा लेखेकी छन्, ईरान मात्रै कागजी बाघ साबित भएको छ । र आयतुल्लाहले हिजÞ्बुल्लाह र हमासलाई आफ्नो भाग्यमा छोडिदिए । “जसरी कासिम सुलेमानीको मृत्युले ईरानको उसका क्षेत्रीय साथीहरुलाई नियंत्रित गर्ने क्षमतालाई कमजोर गरिदियो त्यसैगरी नसरल्लाह र उसका कमांडरहरुको मृत्युले हिजÞ्बुल्लाहको पनि लेबनानमा राजनीतिक पकडलाई कमजोर बनाइदिएको छ”।

“लेबनानी सरकारसंग अब यहां थोरै मात्र ठाउँ बाकी छ कि उसले युद्धलाई टारोस र हिजÞ्बुल्लाहको सर्वव्यापी प्रभावलाई पूरी कम गरोस् । यस्तै यूएईको सरकारी अंग्रेजी अखबार ‘द नेशनल’ मा पत्रकार रागिदा दरगम लेख्छिन्, ईरानको इच्छा सिधै इसराइलसंग युद्ध लड्नु होइन र उ आफ्नो प्रोक्सीमा भरोसा गर्छ र त्यसलाई ‘प्रतिरोधको एकता’ भन्छ ।

उनी अगाडि लेख्छिन्, “वाशिंगटनको हेराईमा यदी तेहरानले हिजÞ्बुल्लाहलाई युद्ध कम गर्न राजी गराउनसक्यो भने बाइडन प्रशासन शायद इसराइललाई लेबनानमा आफ्नो सैन्य अभियान रोक्न राजी गराउन सक्छ” ।

यस्तै कुवेतको अखबार अरब टाइम्समा प्रकाशित एक लेखमा यूएईका बिजनेसम्यान खलफ अहमद अल हबतूर लेख्छन्, खाडीका मानिसहरु सावधन हुन जरुरी छ । “हाम्रो क्षेत्रमा हालैमा बढिरहेको तनाव मलाई त्यो चेतावनीको याद दिलाउँछ, जसको खतरा हामी कयौं वर्षदेखि महसूस गरिरहेका थियौ । आज म यो महसूस गरिरहेको छु कि हाम्रो क्षेत्र एक महत्वपूर्ण टकरावमा उभिएको छ ”।

उनी अगाडी लेख्छन्, “यमनको होदैदाहमा रेड सी बंदरगाह शहरमा इसराइलको हवाई हमलाले एक क्षेत्रीय युद्धको के डरलाई भड्काउन सक्छ । हामी शायद जान्दछौ कि कतिबेला यो शुरू हुन्छ तर हामी यो अनुमान लगाउन सक्दैनौ कि यो अन्त्य कहिले र कसरी हुन्छ ।”

Advertisement

यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ। यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top