इजरेलले इरानी तेल ठेगानामा हमला गर्छ ? के भन्छन् बाइडेन ?

१८ असोज , विराटनगर।

हालै इरानले इजरायलमा सयौं मिसाइलहरुले हमला गरेपछि अब सबैको ध्यान इजरायलले कस्तो जवाफ फर्काउँछ भन्नेमा केन्द्रित छ । किनभने इजरायली प्रधानमन्त्रीले इरानले यसको मूल्य अवस्य चुकाउने छ भनिसकेका छन् ।

यता इरानी राष्ट्रपति र सर्वोच्च नेताले पनि इजरायलले थप युद्धका बारेमा सोचे आफूहरु तयार अवस्थामा बसेको चेतावनी दिइरहेका छन् । यस्तोमा अब इजरायलको हितेषी अमेरिका के चाहान्छ भन्नेमा धेरैको चासो छ ।

Advertisement

यही चासोलाई समेट्दै पत्रकारहरुले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रश्न पनि सोधेका छन् । तर बाइडेनले सार्वजनिकरुपमा यसको जवाफ दिन अस्वीकार गरेका छन् । विशेषगरी बाइडेनलाई के इजरायललाई इरानका तेलका ठेगानाहरुमा आक्रमण नगर्न अपिल गरिएको छ भनेर सोधिएको थियो ।

यसमा उनले सार्वजनिकरुपमा कुरा नगर्ने बताएका हुन् ।गएको मंगलवार जब इरानले इजरायलमा हमला गर्यो त्यतिबेला इजरायलले त यसको बदला लिने बतायो नै अमेरिकाले पनि इरानले यसको गम्भीर परिणाम भोग्नुपर्ने भन्यो र आफू इजरायलको साथमा रहेको दोहोर्यायो ।

Advertisement

यसबीच बाइडेनले आफ्नो हालैको बयानमा भनेका थिए, कि इजरायलले इरानको तेल ठेगानाहरुमा हमला गर्नसक्छ । र यसलाई लिएर अमेरिकाले इजरायलसंग छलफल गरिरहेको पनि बताएका थिए ।

बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली आक्रमणहरूबारे ‘छलफल गरिरहेको’ बताएका थिए । यद्यपि पछि अमेरिकी सरकारका एक अधिकारीले इजरायलले अहिलेसम्म इरानमा जवाफी हमलाका बारेमा अन्तिम फैसला गरिनसकेको स्पष्ट पारेका थिए ।

यसअघि जो बाइडेनले पनि आफ्नो एक बयानमा भनेका थिए, कि अमेरिकाले इरानको परमाणु ठेगानाहरुमा इजरायली हमलाको समर्थन गर्दैन । तर जब उनीसंग सोधियो कि इरानी तेल ठेगानाहरुमा हमला गर्यो भने त त्यसले विश्वस्तरमा पर तेलको मूल्यमा बृद्धि हुनसक्छ, यसको जवाफमा बाइडेनले भने, यदी कुनै तूफान आउँछ भने त मूल्य त बढ्छ नै । मलाई यसबारेमा थाहा छैन र कसैलाई पनि थाहा छैन ।

बाइडेनले सिधा जवाफ नदिए पनि मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशङ्काप्रति अहिले नै लगानीकर्ताहरूको प्रतिक्रियास्वरूप तेलको मूल्य वृद्धि भएको छ । यस्तै प्रमुख सेयर बजारमा गिरावट आएको छ । र यसको एक प्रमुख कारण पनि उनकै यसअघिको बयान हो ।

इजरायलले इरानको तेल ठेगाना र परमाणु ठेगानालक्षित आक्रमण गर्नसक्ने आशंकाहरु गरिरहँदा अर्को परमाणु समेत रहेको उत्तर कोरियाले पनि यसबीच धम्की दिएको छ । पश्चिम एशियामा युद्धको आगो लगातार भड्किरहेका बेला उत्तर कोरियाले यस्तो धम्की दिएको छ कि १० हजार किलोमिटर पर रहेको अमेरिकाको पनि धड्कन बढेको छ।

किम जोंग उनले अमेरिका र दक्षिण कोरियालाई न्यूक्लियर हमलाको ठाडै धम्की दिएका छन् । यसैपनि दुई कोरियाबीच जस्तो प्रकारको दुश्मनी छ त्यहाँ कुनै पनि बेला युद्ध भड्किन सक्ने स्थिति छ । यस्तोमा किमको धम्कीले खास अर्थ पनि राखेको छ ।

किम जोंग उनले धम्की दिएका छन् कि यदि उत्तर कोरियालाई उक्साइयो भने वा हमला गरियो भने उनले परमाणु हतियारहरुको प्रयोग गर्नेछन् र दक्षिण कोरियाको मानचित्र नै मिटाइ दिनेछन् ।

यसअघि भने दक्षिण कोरियाका नेताले चेतावनी दिएका थिए कि यदि किम जोंग उनले परमाणु हतियारहरुको उपयोग गर्ने प्रयास गरेभने उनको शासनको अन्त्य गरिदिइने छ । र यसकै जवाफमा किमले पनि दक्षिण कोरियालाई सो चेतावनी दिएका हुन् ।

उनले भनेका छन् यदी उत्तर कोरियामा दक्षिण कोरिया वा उसकोे सहयोगी अमेरिकाले हमला गर्यो भने उनको सेनाले बिना कुनै हिचकिचाहट परमाणु हतियारहरुको प्रयोग गर्नेछ । यद्यपि दुवै देशका नेताहरुबीचमा यस्तो बयानबाजी नयाँ भने होइन ।

तर किमको यो हालैको चेतावनी उत्तर कोरियाद्वारा हालै परमाणु केंद्रको खुलासा र मिसाइल परीक्षणहरु जारी राख्नेका कारण बढिरहेकोे तनावका बीच आएको हो । उत्तर कोरियाको सरकारी समाचार समिति ‘कोरियन सेंट्रल न्यूज एजेंसी’ (केसीएनए)का अनुसार, किम जोंग उनले बुधवार विशेष अभियान बलको एक इकाईको भ्रमण गरेका थिए।

सो दौरान उनले भने कि यदी दक्षिण कोरियाले उनको देशको संप्रभुतालाई अतिक्रमण गर्नका लागि सशस्त्र बलहरुको प्रयोग गर्ने प्रयास गर्छ भने उनको सेनाले पनि बिना कुनै हिचकिचाहट आफूसंग रहेको परमाणु हतियारसहित सबै आक्रामक हतियारहरुको प्रयोग गर्नेछ ।

यदी यस्तो स्थिति आयो भने त दक्षिण कोरियाको अस्तित्व नै मिट्ने पनि उनले बताएका हुन् । किमको यो बयान दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलले मंगलवार आफ्नो देशका सशस्त्र सेना दिवसमा दिएको भाषणको जवाफ थियो ।

उत्तर कोरियालाई निशाना बनाउन सक्षम दक्षिण कोरियाको सबैभन्दा शक्तिशाली ह्यूनमू–५ ब्यालेस्टिक मिसाइल र अन्य पारम्पारिक हतियारहरुको अनावरण गर्दै यूनले भनेका थिए, जुन दिन उनको छिमेकी देशले परमाणु हतियारहरुको प्रयोग गर्ने कोशिश गर्छ त्यसैदिन किम सरकारको अन्त्य हुनेछ ।

किनभने किमले दक्षिण कोरियाई–अमेरिकी गठबंधनको दृढ र भारी विरोधको सामना गर्नुपर्ने छ । उत्तर कोरियाको यो चेतावनीका बीच पश्चिम एसियामा युद्धको ज्वालाले आफ्नो क्षेत्र विस्तार गरिरहेका बेला उता अमेरिका र बेलायत जस्ता देश पनि आगोमा घ्यु हाल्न कुनै कसर बाँकी राखेका छैनन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले छिटै नै मिडिल ईस्टमा अमेरिकाको कुल सैनिकहरुको संख्या ४३ हजारसम्म पुर्याउन आदेश दिएका छन् । अहिले नै यो क्षेत्रमा अलग–अलग देशहरुमा ४० हजार अमेरिकी सैनिक रहेका छन् ।

इरानसंग तनाव बढेसंगै आउने दिनहरुमा नयाँ लडाई सुरु हुने खतरा बढेको छ । यसैकारण अमेरिकाले अतिरिक्त तीन हजार सैनिक मिडिल–ईस्टमा पठाउने घोषणा गरेका हुन्। सामान्य अवस्थामा पनि मिडिल–ईस्टमा अमेरिकाका करीब ३४ हजार सैनिकहरुको तैनाती रहने गरेकै छ ।

गत वर्ष गाजामा इजरायलको एक्शनपछि केही समयका लागि यसलाई बढाएर करीब ५० हजारसम्म पनि पुर्याइएको थियो । यद्यपि, पछि यसलाई कम गरिएको थियो ।अब अमेरिकाका साथै नेटोमा उसको सबैभन्दा खास पार्टनर ब्रिटेनले पनि मिडिल–ईस्टमा आफ्नो सैना बढाउने घोषणा गरेको छ ।

साथै गत केही दिनहरुमा ब्रटेनबाट ७०० अतिरिक्त सैनिक पश्चिम–एशियामा पठाइएको थियो । मिडिल–ईस्टको देश साइप्रसमा ब्रिटेनको सैनिक स्टेशन नै राखिएको छ । यो देश ब्लाक सीमा रहेको छ । ईजरायलको साथमा ब्रिटेन पनि यो युद्धमा काँधमा काँध मिलाएर उभिएको छ ।

यता अहिलेसम्म खुलेर कसैको पक्षमा नदेखिएको भारतको सेना पनि मिडिल–ईस्टमा एकाएक तैनाथ भएको छ । यसले केही नबोले पनि धेरै कुराको संकेत गरेको छ । भारतीय नेभीका तीन जहाज अहिले इरानको पोर्टमा रहेका छन् ।

फारसको खाडीमा ट्रेनिंग मिशन अन्तर्गत मंगलवार नै भारतीय नौसैनिक जहाज– आईएनएस शार्दुल, आईएनएस तीर र आईसीजीएस भीरा इरानको बंदर अब्बास पुगेका छन् । भारतका यी नेभी शिपको स्वागत इरानी नौसेनाका जहाज जेरेहले गरेको थियो ।

यो कदम भारत र इरानबीच बढीरहेको नौसैनिक सहयोगका लागि भएको उसले बताएको छ । यी सबै घटनाक्रम र परिस्थितिलाई हेर्दा अब यो युद्धले कुन रुप लेला ? आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top