२० असोज , एजेन्सी ।
गाजा र लेबनानमा एकैसाथ हमला जारी राखेको इजरायलले इरानसंग पनि बदला लिने कसम खाएको छ । ब्यालेस्टिक मिसाइल हमलापछि इजरायलले भनेको छ, इरानले यसको मूल्य चुकाउनु पर्छ । यसबीच अनेकौं अड्कलहरु भइरहेका छन् ।
धेरैलाई अब इजरायलले इरानको तेल वा परमाणु केन्द्रहरुमा निशाना बनाउने हो कि भन्ने चिन्ता लागेको छ । यद्यपि इजरायलको आडभरोसाको केन्द्र, हतियार र पैसाका लागि उसको एटीएम कार्ड जस्तो बनेको अमेरिकाले भने उसलाई इरानका परमाणु स्थलहरुमा हमला नगर्न अपील गरेको छ ।
यो बाहिर सुनाउन मात्रै हो वा साच्चिकै अमेरिका त्यस्तो चाहान्छ, त्यो उसलाई मात्रै थाहा छ । तर अमेरिकी विदेश विभागका एक सिनियर अधिकारीले सीएनएनलाई भनेका छन् कि इजरायलले यो सुझाव पनि मान्ने आश्वासन दिएको छैन । यसबीच अर्को पनि चर्चा भइरहेको छ कि इजरायलले ७ अक्टुबरमा हमासको हमलाको पहिलो वर्षगाँठको अवसर पारेर इरानमा हमला गर्नसक्छ ।
यदी इजरेलले हमला गर्यो भने के इरान पनि गाजा वा लेबनानको हालतमा पुग्छ ? वा इरानले बाजी पल्टाउँछ ? हालैको ब्यालेस्टिक हमला ट्रेलरमात्रै हो भन्ने इरानसंग परमाणु हतियार छन् ? छन् भने कति छन् ? उसले आफ्नो न्यूक्लियर वेपन कहां लुकाएर राखेको छ ?
अब यसबारे चर्चा गरौं ।
सबैभन्दा पहिला,
के इरानसंग परमाणु हतियार छन् ?
इरानको परमाणु हतियारलाई लिएर कयौं वर्षदेखि विभिन्न अनुमानहरु लगाइएको छ । उसले पनि आफूसंग न्यूक्लियर वेपन छ भनेर कहिल्यै खुलेर स्वीकार गरेको छैन । तर अमेरिका र संयुक्त राष्ट्रको परमाणु निगरानी संस्थाले इरानले सन २००३ देखि नै परमाणु हतियार कार्यक्रममा काम गरिरहेको बताउँछन् ।
जसलाई इरानले बीचमा केही समयका लागि रोकिदिएको थियो । इरानले सन २०१५ मा अंतर्राष्ट्रिय प्रतिबंधहरुबाट राहत पाउनका लागि आफ्नो परमाणु गतिविधिहरुमा प्रतिबंध लगाउन राजी भएको थियो । यद्यपि, २०१८ मा जब अमेरिकाका तत्कालीन राष्ट्रपति ट्रंपले यो सम्झौताबाट बाहिर निस्कने घोषणा गरे ।
त्यसपछि देखि यो सम्झौतामा तिक्तता आयो । इरानले पनि प्रतिबंधहरु फिर्ता लिन सुरु गर्यो । रिपोर्ट्सका अनुसार २०१८ पछि इरानले आफ्नो यूरेनियम प्रवर्धन कार्यक्रममा तिव्र विस्तार गर्न थाल्यो ।
अमेरिकी अखबारका अनुसार अहिले इरान ६ महिनाभित्रै एक क्रूड न्यूक्लियर डिभाइस बनाउन सक्षम छ । जबकी दुई वर्षभित्र मिसाइलबाट लन्च गरिने परमाणु हतियार बनाउन सक्छ ।
रिपोर्टमा भनिएको छ, इरान अहिले दुई स्थानमा ६० प्रतिशतसम्म यूरेनियम संवर्धन गरिरहेको छ । र उसका साथमा लगभग चार परमाणु बमहरुका लागि पर्याप्त सामग्री छ ।
यी हुन् इरानको परमाणु केन्द्रहरु ?
१, नतांज
नतांज इरानको मुख्य यूरेनियम संवर्धन स्थल हो । यो तेहरानबाट लगभग ३०० किलोमिटर दक्षिण्माा इस्फहान प्रांतमा रहेको छ । यहां २ प्लांट लागेका छन् । पहलो– अंडरग्राउंड फ्यूल एनरिचमेंट प्लांट र अर्को अपर पायलट फ्यूल एनरिचमेंट प्लांट । सन २००२ मा एक निर्वासित इरानी समूहले यो ठेगानाको खुलासा गरेको थियो । डीडब्लुका अनुसार, यो त्यही ठाउँ हो जहाँ इरानले यूरेनियमलाई समृद्ध गर्नकालागि सेन्ट्रीफ्यूज राखेको छ । यो बंकरहरुमा बनाईको छ । नतांज कयौं पटक निशानामा पनि परिसकेको छ।
२, फोर्डो
फोर्डो एक पहाडी इलाका हो । पहाडलाई फुटाएर त्यसको बीचमा इरानले परमाणु ठेगाना बनाएको छ ताकि इजरायलको बमबारीले यसमा क्षति नपुगोस् । सन २०१५ मा जुन सम्झौता भएको थियो त्यसअनुरुप इरानलाई फोर्डोमा यूरेनियन संवर्धनको अनुमति थिएन । तर अब त्यहाँ १००० भन्दा धेरै सेन्ट्रीफ्यूज काम गरिरहेको छ । जसमध्ये केही उन्नत आईआर ६ मशिनहरु छन् ।
३, इस्फहान
इरानको दोस्रो सबैभन्दा ठूलो शहर इस्फहानको बाहिरी क्षेत्रमा एक विशाल परमाणु प्रौद्योगिकी केंद्र छ । यसमा फ्यूल प्लेट फ्याब्रिकेशन प्लांट ैर यूरेनियम कन्भर्जन फ्यासिलिटी सामेल छ, जसले यूरेनियमलाई यूरेनियम हेक्साफ्लोराइडमा बदल्न सक्छ । जो सेन्ट्रीफ्यूजमा हालिन्छ । इस्फहानमा यूरेनियम मेटल बनाउने उपकरण पनि छन्, जो परमाणु बमको कोरलाई बनाउन प्रयोग हुन्छ । आईएईएले भनेको छ कि इस्फहानमा सेन्ट्रीफ्यूज पार्ट्स बनाउने खालका मेसिन पनि छन् ।
४ खोन्दाब
इरानसंग एक आंशिक रूपले निर्मित वाटर रिसर्च रिएक्टर पनि छ, जसलाई पहिले अराक भनिन्थ्यो र अब खोन्दाब भनिन्छ । वाटर रिएक्टर्सले परमाणु प्रसारका लागि जोखिम पैदा गर्छन किनभने त्यसले सजिलै प्लूटोनियमको उत्पादन गर्न सक्छ । जिसको उपयोग परमाणु बमको कोर बनाउँदा गर्न सकिन्छ । सन २०१५ को सम्झौता अन्तर्गत यहां निर्माणलाई रोकी दिइएको थियो । र रिएक्टरको कोरलाई हटाइदिइएको थियो । यसलाई कंक्रीटले भरिदिइएको थियो । ताकि कुनै पनि काम आउन नसकोस् ।
५ तेहरान रिसर्च सेन्टर
डीडब्लुको रिपोर्टका अनुसार, तेहरान अनुसंधान केंद्रमा पनि एक रिसर्च रिएक्टर छ । यहां क्यान्सर उपचार र परमाणु चिकित्सामा उपयोग हुने खालका चिकित्सा रेडियोआइसोटोपका उत्पादनको सुविधा छ । यदि उच्च समृद्ध यूरेनियमको उपयोग गरिन्छ भने यो फ्यासिलिटीलाई पनिसैन्य उद्देश्यहरुका लागि उपयोग गर्न सकिन्छ ।
६ बुशेहर
यो इरानको एकमात्र परमाणु ऊर्जा संयंत्र, जो खाडी तटमा रहेको छ र रूसी ईंधनले चल्छ । यद्यपि, यो परमाणु ऊर्जा संयंत्र बिजुली उत्पादन गर्नका लागि उपयोग गर्ने गरिएको छ । र सैन्य गतिविधियहरुका लागि प्रयोग गरिदैन ।
७ करज
यो सेंटर कृषि र चिकित्सा क्षेत्रमा परमाणु प्रविधिका लागि एक अनुसंधान केंद्रका रुपमा काम गर्छ । तर यो यूरेनियम संवर्धनका लागि सेन्ट्रीफ्यूज उत्पादन र विकासका लागि पनि एक साइटका रूपमा काम गर्न सक्छ ।
८ सगहन्द
सगहन्द यूरेनियम माइन यज्द प्रांतको मरभूमी क्षेत्रमा अवस्थित छ । इरानले २०१३ मा यो माइनमा कम–ग्रेडका यूरेनियम काँचो फलाम निकाल्ने काम शुरू गरेको थियो । यहांबाट लो ग्रेड यूरेनियम निकालेपछि यसलाई अर्दाकानमा शुद्ध यूरेनियममा बद्लिन्छ ।
९ पारचिन
पारचिन एक सैन्य अड्डा हो जहां पारंपरिक हतियारहरु र मिसाइलहरुको परीक्षण हुन्छ । यद्यपि, आईएइएले पहिले आशंका गरेको थियो कि इरानले पारचिनमा परमाणु हतियारहरुको प्रयोग हुने खालको विस्फोटक ट्रिगर्सको परीक्षण गरेको थियो ।
आफ्नै देशको सरकारबाट इरानमा आक्रमणको अनुमति पाइसकेको इजरेली सेनाले इरानमा धावा बोले उसको नजर यिनै परमाणु केन्द्रहरुमा हुने अड्कल काटिएको छ । यद्यपि इजरेललाई उसले सोचे जस्तै इरानका ती आणविक भट्टीहरुसम्म आफ्ना मिसाइलले निशाना बनाउन लेबनान र यमन जस्तो सहज नभएको रक्षा विशेषज्ञहरुले टिप्पणी गरेका छन् ।