महिला टी–२० विश्वकपः न्युजिल्याण्ड सेमिफाइनलमा

२८ असोज ८१, मंगलबार

२९ असोज , काठमाण्डौ।
पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्यान्ड आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेपछि महिला विश्वकपको उपाधि दौडबाट बाहिरिएका छन् । न्युजिल्याण्डलाई पाकिस्तानले पराजित गर्दा भारत समेत सेमिफाइनलमा पुग्ने भएपनि न्युजिल्याण्डको जितसँगै पाकिस्तान र भारत प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ।

न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ११० रन बनाएको थियो । जहाँ पाकिस्तानी टोली ५६ रनमा सीमित भयो । न्युजिल्यान्डका लागि सुजी ब्याट्सले सर्वाधिक रन बनाइन् । उनले २९ बलमा २८ रनको इनिङ खेलिन । ब्रुक ह्यालिडेले २२ रन र जर्जिया प्लिमरले १७ रन जोडे ।

पाकिस्तानकी नर्शरा सन्धुले ३ तथा सदिया इकवाल, निशा दर र ओमिमा सोहिलले समान १ विकेट लिइन् । यस्तै पाकिस्तानका लागि मुनिबा अलीले १५ रन र फातिमा सानाले २१ रन जोडे । यसबाहेक पाकिस्तानका कुनै पनि खेलाडीले दोहोरो अंक पनि पार गर्न सकेनन् ।

Advertisement

न्युजिल्यान्डका लागि अमिला केरले ३ तथा इडन कारसनले २ विकेट लिईन् । पूरै खेल हेर्दा पाकिस्तान सेमिफाइनलमा पुगेनौं भने भारतलाई सेमिफाइनलमा पुग्न दिँदैनौं भन्ने सोचेर आएको देखिएको भारतीयहरुले टिप्पणी गरेका छन् ।

पाकिस्तानका ९ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् भने कप्तान साना फातिमाले मात्रै राम्रो प्रहार गरेकी थिइन् । जहाँ दुई ब्याट्सम्यान रनआउट भएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो घटना विरलै पाइन्छ ।

Advertisement

यति मात्र होइन, यो टोलीले बलिङका क्रममा पनि ८ क्याच छोडेको छ । यि मध्ये आधा पनि समातेको भए न्युजिल्याण्ड ८० रन भन्दा कममा आउट हुने थियो । पाकिस्तानले जित्यो भने पनि भारत सेमिफाइनल पुग्छ भन्ने सबैलाई थाहा थियो ।

हक्की एसियाड यसको पछिल्लो उदाहरण हो, भारतीय टोलीले चीनसँग भिड्दै थियो भने पाकिस्तानको टोली चीनको समर्थनमा चिनियाँ झण्डा बोकेर रंगशालामा पुगेको थियो । समूह एबाट अस्ट्रेलिया र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् ।

सतप्रतिशत जित सहित समूह एबाट समूह विजेताको रुपमा अष्ट्रेलिया सेमिफाइनल पुगिसकेको थियो । न्युजिल्याण्डले ४ मध्य ३ खेलमा जित सहित ६ अंक बटुलेर अन्तिम चारमा स्थान बनायो। भारत, पाकिस्तान र श्रीलंका विश्वकप जित्ने दौडबाट बाहिरिएका छन् ।

अब समूह बी को विजेता र उपविजेता भने मंगलवार हुने वेस्ट इन्डिज र इङ्ग्ल्यान्डबीचको खेल पछि तय हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top