×

NEPAL TIMES UPDATES

Playing
१८ मन्त्रालय कुन कुन हुन् ? कुन खारेज भए? कुन गाभिए ? || Nepal Times
May 14, 2026
Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-30-2083 || Nepal Times
May 13, 2026
Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026

भारतको ओडिशामा शक्तिशाली आँधी, ५ लाख मानिस विस्थापित

९ कार्तिक २०८१

९ कार्तिक ,एजेन्सी ।

देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। यसका अतिरिक्त कोशी प्रदेशमा बंगालको खाडीमा विकसित दाना चक्रवातको आंशिक प्रभाव समेत रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

Advertisement
Advertisement

कोशी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ। देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशलगायत कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद् धर्मराज उपे्रतीले समेत भारतमा आएको चक्रवातपछिको वर्षाको असर नेपालको पुर्व क्षेत्रमा पर्ने भन्दै दुई दिन वर्षाको संभावना रहेको बताएका छन् । उता भारतको ओडिशा राज्यको तटीय क्षेत्र नजिक चक्रवात ‘दाना’ पुगेको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो प्रक्रिया शुक्रबार बिहानसम्म जारी रहने छ। ओडिशाको झण्डै आधा जनसङ्ख्या यस चक्रवाती आँधीबाट प्रभावित हुने सम्भावना छ।

आईएमडीका एक वरिष्ठ अधिकारीका अनुसार आँधी ‘दाना’ पछिल्लो छ घण्टामा सुरुवातमा पन्ध्र किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–उत्तरपश्चिममा सरेको थियो । त्यसपछि केन्द्रपारा जिल्लाको भिटकर्णिका र भद्रक जिल्लाको धामराको बिचमा पुग्यो।

यस अवधिमा हावाको गति करिब ११० किलोमिटर प्रतिघण्टा पुगिसकेको थियो।’ ‘दाना’ आँधीको प्रभाव ओडिशामा मात्र नभई पश्चिम बंगालमा पनि देखिएको छ । यस आँधीका कारण पश्चिम बंगालको तटीय क्षेत्रमा तीव्र हावा चलिरहेको छ र लगातार पानी परिरहेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार चक्रवाती आँधी ‘दाना’ लाई ध्यानमा राख्दै भारतीय नौसेनाले पनि सहायता र उद्धार कार्यको तयारी सुरु गरेको छ । ओडिशाका मुख्यमन्त्री मोहन माझीका अनुसार चक्रवात ‘दाना’का कारण राज्यका कुल ५ लाख ८४ हजर ८८८ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

शुक्रबारसम्म यो सङ्ख्या ६ लाखभन्दा बढी पुग्न सक्छ । ओडिशा सरकारले चक्रवात प्रभावित क्षेत्रहरूबाट विस्थापित मानिसहरूलाई राख्न ७ हजार २०० चक्रवात केन्द्रहरू सिर्जना गरेको छ।

चक्रवाती आँधी ‘दाना’ का कारण पश्चिम बंगाल र ओडिशा दुबैमा यातायात नराम्ररी प्रभावित भएको छ । हवाई, रेल र सडक तीनवटै प्रकारका यातायात सेवा प्रभावित भएका छन् ।

भुवनेश्वरको बिजु पटनायक विमानस्थल र कोलकाताको सुभाषचन्द्र बोस विमानस्थलमा पनि उडान प्रभावित भएको छ । यसका साथै दुवै प्रदेशका बसपार्कको सवारी आवागमन पनि प्रभावित वा बन्द भएको छ ।

चक्रवात ‘दाना’का कारण ओडिशामा लगातार वर्षा भइरहेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले ओडिशाका १६ जिल्लामा लगातारको वर्षाका कारण अचानक बाढी आउन सक्ने आशंका व्यक्त गरेको छ ।

Advertisement
Advertisement

यसबाहेक लगातारको वर्षाका कारण राज्यका धेरै ठाउँमा रुखहरू ढलेर सडकमा खसेका छन् । जसका कारण जनताले धेरै समस्या भोग्नु परेको छ । भारतीय रेलवेले यस क्षेत्रमा चल्ने करिब १५० रेलहरू रद्द गरेको छ। दुवै राज्यका प्रमुख स्टेसनहरूमा यात्रुहरूको भीड देख्न सकिन्छ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top