×

NEPAL TIMES UPDATES

Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026

रविका कमाण्डर बने डीपी र स्वर्णिम,मोर्चा बनाउने र सडक तताउने

१३ कार्तिक २०८१

१३ कार्तिक , काठमाण्डौ।

सहकारी वचतको रकम अपचलनका आरोपसहित संगठित अपराधको अभियोगमा अनुशन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कात्तिक २ देखि प्रहरी हिरासतमा छन् । उनलाई पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद थप गरिएको छ ।

Advertisement

पछिल्लो समय सम्पत्ति शुद्धीकरणमा समेत अनुशन्धानमा तानिएका रविलाई सोमबार मध्यरातसम्म ८ घण्टा सरकारी वकिलको कार्यालयमा बयान लिइएको छ । यो बयान आज पनि जारी छ । अहिलेसम्मको बयानमा लामिछानेले सूर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सूर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले भनेका छन्, ‘सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइन् ।’

यता आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै निरन्तर सडक आन्दोलन गर्दै आएको रास्वपाको काठमाडौं केन्द्रित आन्दोलन झन ब्यापक बनेको छ । दुई दिन माइतीघर मण्डलामा प्रर्दशन गरेको रास्वपाले आज प्रधानमन्त्री निवास बालुवाटार केन्द्रित प्रर्दशन गरेको छ ।

जहाँ निषेधित क्षेत्रमा प्रवेश गरेको आरोपमा केही सांसदसहित ३ दर्जन रास्वपा नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विरोध प्रर्दशनमा लगातार प्रधानमन्त्री र गृहमन्त्री र सिंगो सरकारविरुद्ध उनीहरुले नाराबाजी गरेका छन् ।

प्रर्दशन लक्षित गर्दै सरकारले ६ जना डीएसपीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । सडकको यो अवस्थाका बीच नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले भने रास्वपा उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ताको हारगुहार गरेको दाबी गरेका छन्।

‘दिनभरि प्रधानमन्त्रीका विरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति÷राति कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुप¥यो लौ न’भनेर हारगुहार गर्दा हुन् ?’ रिजालले फेसबुकमा लेखेका छन् ।

राजनीतिमा धैर्य र इमान चाहिने भन्दै उनले थपेका छन्, ‘यति हेक्का राखे हुन्छ– राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानूनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहाँले चाहँदैमा मुद्दा फिर्ता सम्भव हुन्न ।’

यस्तै उपसभापति डिपी अर्यालले गृहमन्त्री रमेश लेखकसँग पनि भेटेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उपसभापति अर्यालले गृहमन्त्री लेखकलाई भेटेका हुन्। हिजो साँझा गृहमन्त्रीलाई भेटेर आज पार्टीले गर्नलागेको कार्यक्रमबारे जानकारी गराएको उनले बताएका छन् ।

उनले भने, ‘हामी आज बालुवाटारमा गर्न लागेको प्रदर्शनको कार्यक्रमबारे जानकारी गराउन आएको हुँ। हामीले शान्तिपूर्ण आन्दोलन गर्छौँ तपाईंहरुको तयारी के छ भनेर राखेर आएको हुँ।’ उनले यो बाहेक अरु कुनै कुराकानी नभएको बताएका छन् ।

रास्वपाले सभापति लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै रिहाइ गरेर बाहिरै राखेर अनुसन्धान गर्न माग गर्दै आइरहेको छ । हिजो मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदीय समितिमा पार्टी सभापति लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुरोध गरेका थिए ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्य रास्वपाका सांसद डा. चन्दा कार्कीले यस्तो अनुरोध गरेकी हुन् । गृहमन्त्री रमेश लेखक सहभागी बैठकमा उनले भनिन्, ‘रवि लामिछानेज्यूले आफ्नो बयान र प्रमाण संसदीय समितिमा पेश गरिसकेको अवस्था छ । उहाँले कुनै प्रमाण नष्ट गर्नुहुँदैन । उहाँ भागेर जाने व्यक्ति पनि होइन । गृहमन्त्रीलाई मेरो अनुरोध छ । रवि लामिछानेलाई थुना मुक्त गरेर अनुसन्धान गर्न अनुरोध गर्न चाहन्छु ।’

समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएको थियो, तर नआएकोमा सांसद कार्कीले समितिको बैठकमार्फत प्रधानमन्त्रीलाई आफूले यसअघि बोलेको कुरा नफेर्न आग्रह गरेकी छन् ।

तर बैठकमा गृहमन्त्री लेखकले अपराधिक कार्यमा संलग्न व्यक्तिमाथि अनुसन्धान गर्न लाखा पाखा नगर्ने जवाफ दिएका छन् ।उनले त्यस्ता मानिसमाथि कारबाही गर्न सत्तापक्ष र प्रतिपक्ष भनेर नहेरिने बताए ।

उनले अपराधिक कार्यको अनुसन्धान र कारबाही मानिसको मुख हेरेर नभइ तथ्य हेरेर गरिने बताएका छन् । उनको म्याद १४ गते सकिनेछ ।तर १५ गतेदेखि नै तिहार बिदा हुने भएकाले उनलाई अदालत उपस्थित गराउने सम्भावना कम रहेको छ ।

फेरि रविलाई अन्य सहकारीमा समेत अनुशन्धानमा तान्ने तयारी भएको बुझेपछि रास्वपाले पार्टी र रविको रिहाईका लागि दिने दबाब मुलक कार्यक्रमलाई अगाडि बढाउने विषयमा रणनीति बनाएको छ । यसका लागि उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेले नेतृत्व लिने भएका छन् ।

रविलाई छुटाउने अभियानको कमाण्डरको जिम्मेवारी उनीहरुको काँधमा रास्वपाले दिएको छ । पोखराको दबाबमुलक आन्दोलनपछि अर्यालको अध्यक्षतामा बसेको बैठकले रविविरुद्ध प्रहरी प्रशासन र प्रधानमन्त्री केपी शर्मा ओली स्वयं आक्रामक भएको भन्दै त्यही भएर सरकारविरुद्ध दबाब बढाउनुपर्ने र त्यसका लागि प्रतिपक्षी दल, नागरिक समाज, प्राज्ञिक र स्वतन्त्र व्यक्ति, वैकल्पिक राजनीतिको अभ्यास गरिरहेका समूह, संघ र संस्था र सहकारी पीडितसँग सहकार्य गर्ने निचोडमा रास्वपा पुगेको छ।

यसका लागि उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापति रहेको आन्दोलन सञ्चालन मूल समिति र अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा राजनीतिक नागरिक संवाद समिति बनाएको छ ।

रास्वपाले घेराबन्दीको विरुद्ध मोर्चाबन्दीको नीति लिइएको छ। डा. वाग्ले नेतृत्वको संवाद समितिले वैकल्पिक शक्तिदेखि प्राज्ञिक समूह, नागरिक समाज, राजनीतिक दल, संघसस्थाका प्रतिनिधिसँग संवाद गर्नेछ भने अर्यालको नेतृत्वमा सडकमा दबाब सृजना गर्नेछ ।

Advertisement

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top