Nepal Times
Nepal Times
3
Shares

कश्मीरमा ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीनवटा भिडन्त

कश्मीरमा ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीनवटा भिडन्त

१८ कार्तिक , एजेन्सी ।

कश्मीरमा ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीनवटा भिडन्त भएको छ । जसमा चार सैनिक घाइते भएका छन् । अन्य तीन आतंककारी मारिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, श्रीनगरको खानयारको एउटा घरमा दुईदेखि तीन आतंककारी लुकेका थिए । सेनाले घरमा बमबारी गरेको छ ।

जसमा एक आतंकवादी मारिएका छन् । घटनास्थलबाट आतंककारीको शव र गोलाबारुद बरामद गरिएको छ । श्रीनगरमा दुई सीआरपीएफ जवान र दुई प्रहरी पनि घाइते भएका छन् ।

१५ सेप्टेम्बर २०२२ पछि यो पहिलो आतंकवादी घटना हो । त्यसपछि भिडन्तमा दुई आतंकवादी मारिएका थिए ।

शनिबार अनन्तनागमा भएको भिडन्तमा सुरक्षा बलले दुई आतंककारीलाई मारेको थियो । शनिबार बिहान साङ्गुस लार्नुको जंगलमा सुरक्षा बल र आतंककारीबीच भिडन्त सुरु भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.