×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

माफी माग्नु पर्ने गरी प्रचण्डले के बोले ?एमाले रिसले आगो

२ मंसिर २०८१

२ मंसिर, काठमाण्डौ ।

भ्रष्टाचारको आरोपसहित विदेशी र विचौलियाको भरमा बनेको भन्दै लगातार वर्तमान सरकारको आलोचना गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेले माफी माग्न भनेको छ, त्यो पनि जनतासंग ।

Advertisement
Advertisement

र त्यो माफी सरकारमाथिको आलोचनाका लागि नभई भारतीय मिडियामा ओलीमाथि गरेका टिप्पणीका कारण प्रचण्डको भत्र्सना गर्दै एमालेले माफी माग्न भनेको हो । तीनदिन अघि दाहालले भारतीय अखबार ‘द हिन्दु’ सँगको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति टिप्पणी गरेका थिए ।

विहीवार दक्षिण भारतबाट प्रकाशन हुने अङ्ग्रेजी भाषाको अखबार ’दि हिन्दु’मा दाहालले अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चाइना कार्ड प्रयोग गरेको’ बताएका थिए । ओलीले मंसिर १७ देखि गर्न लागेको चीन भ्रमणको निर्णयसमेत अपरिपक्व भएको दाहालले टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण बारेमा प्रचण्डले भनेका छन– केपी ओलीजी पहिलो दुईपक्षीय भ्रमणका लागि चीन जाँदैछन् । तर यो भ्रमण चिनियाँ कार्ड जस्तो देखिन्छ । यो गलत छ । पहिलोपटक प्रधानमन्त्री हुँदाको पहिलो विदेश भ्रमण चीनबाटै गरेका उनले ओलीको आसन्न चीन भ्रमणलाई ’चिनिया कार्ड’ खेलेको बताएका हुन् ।

भारतीय मिडियाहरुले प्रधानमन्त्री ओलीलाई चीनपरस्त वामपन्थी भन्दै नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाट गर्ने गरेको परम्परा तोडेको अनर्गल प्रचार गरिरहेका बेला उनीहरुलाई नै बल पुग्नेगरी प्रचण्डले अभिव्यक्ति दिएका छन् ।

यसैका लागि एमालेले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोप निराधार, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पु¥याउने कार्य भएको जनाएको हो । ‘यी कथनहरू कूटनीतिक प्रोटोकलको सरासर उल्लंघन हुन् र नेपालको स्वतन्त्रताको पूर्ण अवहेलना देखाउँछन ।

सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले नेपाललाई आफ्नो कूटनीतिक संलग्नताका लागि कुनै बाह्य स्वीकृति आवश्यक पर्दैन,’ एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘प्रधानमन्त्रीको चीन भ्रमणको निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिबिम्ब हो, झूटो दाबी गरिएको कार्ड कूटनीति होइन,’ विज्ञप्तिमा उल्लेख छ । भारत र चीन दुवै नेपालको विकास र समृद्धिको हिस्सा भएको जनाउँदै एमालेले दाहालको भनाइले नेपालले आफ्ना दुई छिमेकीसँग कायम राखेको सन्तुलनलाई कमजोर पार्ने जनाएको छ ।

‘यस्ता विचारहीन टिप्पणीले यी राष्ट्रहरूसँग नेपालले कायम राखेको बलियो र समान साझेदारीलाई खलल पार्ने खतरा छ,’ विज्ञप्तिमा उल्लेख छ । एमालेले परराष्ट्र नीति सानोतिनो राजनीतिक झगडाको विषय नभएको र पूर्वप्रधानमन्त्री दाहालको भनाइ नेपालको अन्तर्राष्ट्रिय मान्यताका लागि पनि हानिकारक भएको जनाएको छ ।

साथै एमालेले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहो¥याउँदै दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ ।

‘दाहालको भनाइले नेपालको सार्वभौमसत्ताप्रतिको घृणा र राष्ट्रको स्वाभिमानको मूल्यमा राजनीतिक चालबाजी गर्ने प्रवृत्ति झल्काउँछ,’ विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्री ओलीले सन्तुलित र व्यावहारिक परराष्ट्र नीति अवलम्बन गरेको र त्यसले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै भारत र चीन दुवैसँग आपसी सम्मान र सहयोगलाई बढावा दिएको एमालेको दाबी छ ।

‘द हिन्दु’ सँगको अन्तर्वार्तामा दाहालले नयाँ सरकारको नीतिका कारण नेपाल–भारत सम्बन्ध तनावग्रस्त भएको र फेरि सीमा समस्या चर्कने ‘खतरा’ रहेको बताएका थिए । आफ्नो १८ महिने कार्यकालमा नेपाल–भारत सम्बन्धलाई ‘नयाँ उचाइमा’ पु¥याएको उनको दाबी छ ।

दाहालले २०२३ जुनमा गरेको भ्रमणका क्रममा भारतसँग धेरै महत्त्वपूर्ण तथा दूरगामी सम्झौता गरेको जनाएका थिए । तर आफ्नो नेतृत्वको सरकार हटाइएपछि नेपालमा भारतविरोधी कार्य भइरहेको दाबी गर्दै उनले त्यो प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको अपरिपक्वताको प्रमाण भएको टिप्पणी गरेका थिए ।

नेपालको इतिहास, संस्कृति र भूगोलले दुई देशबीचको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने बताउँदै दाहालले प्रधानमन्त्री ओलीले चीन जानुअघि भारतसँग नेपालको अद्वितीय सम्बन्धलाई स्वीकार गर्नुपर्ने पनि बताएका थिए ।

प्रचण्डले भारतसँगको नेपालको सम्बन्ध इतिहास संस्कृति र भूगोलको कारण भन्दै सबैभन्दा सुरुमा भारतै जानुपर्ने बताएका छन् । यस्तै मुद्दामा केही दिन अगाडि ’कान्तिपुर कन्क्लेभ’मा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने सार्वभौम देशको प्रधानमन्त्रीले जता सहज हुन्छ उतैबाट विदेश भ्रमण हुने मन्तव्य दिएका थिए ।

यस्तै प्रचण्डले सार्कको समस्या समाधानका लागि भारतको प्रमुख भूमिका रहेको धारणा अन्तर्वार्तामा राखेका थिए । तर तीन पटक प्रधानमन्त्री भइसकेका र हाल संवैधानिक पद प्रमुख विपक्षी दलको नेताको हैसियतमा रहेका दाहालले कूटनीतिक मान्यता समेत भुलेर भारतीय मिडियामा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सर्वत्र आलोचनासमेत भइरहेको छ ।

देशको प्रधानमन्त्री औपचारिक भ्रमणका क्रममा एउटा छिमेकमा जान लागेका बेला जिम्मेवार नेताले अर्को छिमेकीलाई उक्साउने र आपसी सम्बन्धमा आशंका उत्पन्न गराउने ढंगले अभिव्यक्ति दिनु आपत्तिजनक र कुटनीतिकरुपमा राष्ट्रिय हितविपरित हुने भन्दै उनको आलोचना भइरहेको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा चीनपछि प्रधानमन्त्री भारत जाने तयारीमा छन् । चीन भ्रमणको तयारीको संयोजन गरिरहेकी परराष्ट्र मन्त्री आरजु राणाले नै चीनपछि प्रधानमन्त्रीको भारत भ्रमण हुने जानकारी दिएकी छन् ।

Advertisement

दोस्रो खेलमै जितको स्वाद चाखेका छन् । अब टोलीले मार्च २०२५ मा एसियन कप छनोटको तेस्रो चरण खेल्नेछ । यसका लागि समूह विभाजन डिसेम्बर ९, २०२४ मा हुनेछ । एन्फाले रिक्त रहेको प्रशिक्षक पदका लागि आवेदन प्रक्रिया अघि बढाइसकेको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top