ट्रम्पको शासनबाट छुटकारा पाउन ४ वर्षको पानीजहाज यात्रा

३ मंसिर, एजेन्सी ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षको शासनकाल हेर्न नचाहनेहरुका लागि फ्लोरिडाको भिल्ला भि रेसिडेन्सले अनोठौ चार वर्षे ’स्किप फरवार्ड’ क्रूज कार्यक्रम ल्याएको छ । ४ वर्षसम्म क्रुजमा नै समुद्रमा १ सय २० देशको भ्रमण गराउने प्रस्ताव गरिएको छ।

डोनाल्ड ट्रम्प अमेरिका फर्केका छन्। ट्रम्प भारी बहुमतले विजयी भए पनि उनको विरुद्धमा मतदान गर्ने धेरैजना यो विजयबाट खुसी छैनन्। यसको फाइदा उठाउन फ्लोरिडास्थित क्रूज कम्पनीले ट्रम्पको आगामी चार वर्षको कार्यकालबाट छुटकारा पाउन सक्ने टूर प्याकेज सार्वजनिक गरेको छ।

फ्लोरिडाको भिल्ला भि रेसिडेन्सले चार वर्षे ’स्किप फरवार्ड’ क्रूज कार्यक्रम सुरु गरेको छ । जसका लक्षित यात्रुहरू डोनाल्ड ट्रम्पको दोस्रो राष्ट्रपति कार्यकालबाट बच्ने छन्। कम्पनीको पहलले अमेरिकी राजनीतिमा आएको परिवर्तनबाट बच्न वैकल्पिक प्रस्ताव गरिरहेको छ ।

यस सुविधाको फाइदा लिने व्यक्तिहरूले एक निश्चित रकम दिएर एक वर्षदेखि चार वर्षसम्म क्रुजमा बसेर विश्वका विभिन्न स्थानहरूमा जान सक्नेछन्। “हामीसँग फरक राजनीतिक दृष्टिकोण हुन सक्छ, तर हाम्रो समुदाय राजनीतिभन्दा परको संसार अन्वेषण गर्ने हाम्रो जोशको माध्यमबाट एकसाथ आउँछ“, सीईओ माइकल पिटरसनले फक्स न्यूजलाई भनेका छन् ।

यो समय ट्रम्पको पुनरागमनसँग मिल्दोजुल्दो भए पनि यो कार्यक्रम राजनीतिबाट प्रेरित नभएको उनले स्पष्ट पारेका छन् । यसको सट्टा यो हालैका घटनाहरूबाट विचलित भएका मानिसहरूका लागि डिजाइन गरिएको उनले बताएका छन् ।

भिल्ला भि रेसिडेन्समा यात्रुहरूले ट्रम्पको सम्पूर्ण कार्यकालबाट छुटकारा पाउन सक्छन्। प्रति व्यक्ति लगभग १ लाख ६० हजार डलर को प्रारम्भिक मूल्यको साथ, यात्राले यात्रुहरूलाई १ सय ४० देशहरूमा ४ सय २५ भन्दा बढी बन्दरगाहहरूमा लैजाने कम्पनीका सीईओ माइकल पिटरसनले बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top