×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

एनपिएलमा कुन खेल कहिले ? कोसँग यस्तो छ खेल तालिका

४ मंसिर २०८१

४ कार्तिक , काठमाण्डौ।

नेपाल क्रिकेट संघ(क्यान) ले नेपाल प्रिमियर लिग(एनपिएल) को खेल तालिका सार्वजनिक गरिसकेको छ । सोमबार सार्वजनिक सो तालिकाअनुसार उद्घाटन खेलमा मंसिर १५ गते विराटनगर किङ्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे हुनेछ ।

Advertisement

मंसिर १६ गते उपनिर्वाचन भएको कारण कुनै खेल हुनेछैनन् । तर, त्यसको भोलि पल्टदेखि भने दिनमा दुई खेल हुनेछ । पहिलो खेलमा बिहान ९ः१५ बजे हुनेछ । दोस्रो खेल दिउँसो १ः१५ मा हुनेछ । मंसिर १७ गते पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्ने छन् ।

दोस्रो खेलमा जनकपुरले कर्णाली याक्ससँग खेल्नेछ । लिग चरणका खेलहरू पुस १ गतेसम्म चल्नेछ । लिगको शीर्ष दुईमा रहने टोलीले सिधै क्वालिफायर खेल्ने छ । तेस्रो र चौथो स्थानका टोलीले भने एलिमिनेटर खेल्ने छ । यो खेल बिहान ९ः१५ मा हुनेछ ।

क्वालिफायरको खेल भने दिउँसो १ः१५ बजे हुनेछ । दुवै खेल पुस ३ गते हुनेछ । क्वालिफायर १ मा पराजित भएको टोली र एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ । यो खेल भने पुस ४ गते दिउँसो १२ः१५ मा हुनेछ । यी दुईबीचको विजेताले क्वालिफायर १ को विजेतासँग पुस ६ गते खेल्ने फाइनल खेल्ने छ ।

फाइनल खेल दिउँसो १२ः१५ मा हुनेछ । लिग चरणमा कुल २८ खेल हुनेछ । लिग चरणका खेल १६ दिनमा सकिनेछ । लिग चरणमा एक दिन विश्राम, दुई दिन एउटा खेल र बाँकी दिन २ खेल हुनेछन् । लिग चरणपछि एलिमिनेटेर, क्वालिफायर १ र २ तथा पुस ६ गते फाइनल हुनेछ । एनपिएलमा कुल ३२ खेल हुनेछन् ।

८ टोलीको सहभागिता रहने एनपिएलको खेल तालिका यस्तो छ :

विराटनगर किङ्सले –

मंसिर १५ – जनकपुर बोल्ट्सविरुद्ध मध्यान्ह १२ः१५ बजे

मंसिर १८ – सुदूरपश्चिम रोयल्सविरुद्ध बिहान ९ः१५ बजे

मंसिर १९ – लुम्बिनी लायन्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २२ – कर्णाली याक्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २६ – पोखरा एभेन्जर्सविरुद्ध बिहान ९ः१५ बजे

मंसिर २७ –चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २९ – काठमाडौं गुर्खाजविरुद्ध बिहान ९ः१५ बजे खेल्नेछ ।

यस्तै जनकपुर बोल्ट्सले

मंसिर १५ – विराटनगर किङ्सविरुद्ध मध्यान्ह १२ः१५ बजे

मंसिर १६ – कर्णाली याक्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २० – पोखरा एभेन्जर्स बिहान ९ः१५ बजे

मंसिर २३ – लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ बजे

मंसिर २५ – सुदूरपश्चिम रोयल्सविरुद्ध बिहान ९ः१५ बजे

मंसिर २६ – काठमाडौं गुर्खाजविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २८ – चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ बजे खेल्नेछ ।

यसैगरी काठमाडौं गुर्खाजले –

मंसिर १७ – चितवन राइनोजविरुद्ध बिहान ९ बजे

मंसिर १९ – कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ बजे

मंसिर २० – सुदूरपश्चिम रोयल्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २५ – लुम्बिनी लायन्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २६ – जनकपुर बोल्ट्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २८ – पोखरा एभेन्जर्सविरुद्ध बिहान ९ः१५ बजे

मंसिर २९ –विराटनगर किङ्सविरुद्ध बिहान ९ः१५ बजे खेल्नेछ ।

चितवन राइनोजले –

मंसिर १७ – काठमाडौं गुर्खाजविरुद्ध बिहान ९ः१५ बजे

मंसिर १८ – पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २१ – कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ बजे

मंसिर २३ – सुदूरपश्चिम रोयल्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २४ – लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ बजे

मंसिर २७ – विराटनगर किङ्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २८ – जनकपुर बोल्ट्सविरुद्ध दिउँसो १ः१५ बजे खेल्नेछ ।

कर्णाली याक्सले –

मंसिर १७ – जनकपुर बोल्ट्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर १९ – काठमाडौं गुर्खाजविरुद्ध बिहान ९ः१५ बजे

मंसिर २१ – चितवन राइनोज बिहानविरुद्ध ९ः१५ बजे

मंसिर २२ – विराटनगर किङ्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २४ – पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २७ – लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ बजे

मंसिर ३० – सुदूरपश्चिम रोयल्सविरुद्ध बिहान ९ः१५ बजे खेल्नेछ ।

सुदूरपश्चिम रोयल्सले –

मंसिर १८ – विराटनगर किङ्सविरुद्ध बिहान ९ः१५ बजे

मंसिर २० – काठमाडौ गुर्खाजविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २२ – लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ बजे

मंसिर २३ – चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २५ – जनकपुर बोल्ट्सविरुद्ध बिहान ९ः१५ बजे

मंसिर २९ – पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर ३० – कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ बजे खेल्नेछ ।

अनि पोखरा एभेन्जर्सले –

मंसिर १८ – चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २० – जनकपुर बोल्ट्सविरुद्ध बिहान ९ः१५ बजे

मंसिर २१ – लुम्बिनी लायन्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २४ – कर्णाली याक्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २६ – विराटनगर किङ्सविरुद्ध बिहान ९ः१५ बजे

मंसिर २८ –काठमाडौं गुर्खाजविरुद्ध बिहान ९ः१५ बजे

मंसिर २९ – सुदूरपश्चिम रोयल्सविरुद्ध दिउँसो १ः१५ बजे खेल्नेछ ।

यसैगरी लुम्बिनी लायन्सले –

मंसिर १९ – विराटनगर किङ्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २१ – पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे

मंसिर २२ – सुदूरपश्चिम रोयल्स बिहान ९ः१५ बजे

मंसिर २३ – जनकपुर बोल्ट्सविरुद्ध बिहान ९ः१५ बजे

मंसिर २४ – चितवन राइनोजविरुद्ध बिहान ९ः१५ बजे

मंसिर २५ – काठमाडौं गुर्खाजविरुद्ध दिउसो १ः१५ बजे

मंसिर २७ – कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ बजे खेल्नेछ ।

क्यानको आयोजनामा हुन लागेको यो फ्रेन्चाइज क्रिकेट नेपाल मात्र नभइ विश्वभर नै चर्चाको विषय बनिरहेको छ । चर्चित भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका निम्ति सम्झौता हुनुले पनि यो चर्चा झनै चुलिएको हो । प्रतियोगिताका निम्ति क्यानले आठ फ्रेन्चाइज टिमको फ्रेन्चाइजी बिक्री गरिसकेको छ ।

जसअनुसार पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्ने भएका हुन् । प्रतियोगिताका आठवटै टिमले आफ्नो मार्की खेलाडी घोषणा गरिसकेका छन् भने विदेशी खेलाडी समेत सार्वजनिक गरिरहेका छन् ।

जसअनुसार विराटनगर किंग्स्मा मार्की खेलाडी– सन्दीप लामिछानेसहित बसिर अहमेद, लोकेश बम, दीपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, प्रतिश जिसी, मृगंल गुरुङ, अनिल खरेल, जितेन्द्र मुखिया, राजेश पुलामी यस्तै विदेशी खेलाडीमा अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), क्रिस सोल (स्कटल्यान्ड), इस्मत आलम (अफगानिस्तान) रहेका छन् ।

एमएडी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको टोलीको मुख्य प्रशिक्षक – केभिन ओ‘ब्रियन रहेका छन् । यस्तै ब्रान्ड एम्बासडरमा दयाहाङ राई रहेका छन् । एमएडी ड्रिम स्पोर्ट्सले विराटनगर किंग्स्को स्वामित्व क्यानबाट एक करोड ५१ लाख रुपैयाँमा किनेको थियो ।

विराटनगरले लोकेश बम र प्रतिश जिसीलाई प्रतियोगिताकै उच्च मूल्य तिर्दैै अनुबन्ध गरेको छ । लोकेश र प्रतिश प्रतियोगिताका निम्ति १५ लाख रुपैयाँमा बिक्री भएका १२ खेलाडीमध्येका हुन् । न्युजिल्यान्डका पूर्वओपनर मार्टिन गप्टिल यो टिमको सबैभन्दा चर्चित अनुहार हुन् ।

यस्तै चितवन राइनोजमा कुशल मल्ल (मार्की), यस्तै शरद भेषवाकर, कमलसिंह ऐरी, दीपक बोहरा, रिजन ढकाल, सन्तोष कार्की, गौतम केसी, रञ्जित कुमार, विपीन रावल, अमरसिंह रौटेला, दीपेश खतिवडा यस्तै विदेशी खेलाडीमा रवि बोपारा (इंग्ल्यान्ड), मर्चन्ट डे लिंगे (दक्षिण अमेरिका), लुक बेन्किन्सटन (इंग्ल्यान्ड), हसन एसाखिल (अफगानिस्तान), जान निकोल लफ्टी इटोन (नामिबिया) रहेका छन् ।

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको टोलीमा मुख्य प्रशिक्षक उमेश पटवाल रहेका छन् । चितवन राइनोजको फ्रेन्चाइज चितवन मेडिकल कलेजले एक करोड ७६ लाख रुपैयाँमा क्यानबाट किनेको थियो । टिमले अनुभवी अलराउन्डर शरद भेषावकरको समेत साथ पाउने छ । चितवन प्रतियोगिताका निम्ति ‘ए’ श्रेणीका खेलाडीमा अन्तिम बोली मूल्य १५ लाख रुपैयाँ लगाउने एक मात्र टिम समेत हो । इंग्ल्यान्डका रवि बोपारा यो टिमका सबैभन्दा चर्चित खेलाडी हुन् ।

यता जनकपुर बोल्ट्समा आसिफ सेख (मार्की), हेमन्त धामी, सुवास कंसाकार, किशोर महतो, शेर मल्ल, ललितनारायण राजवंशी, रुपेश सिंह, अनिल साह, तुल थापा, आकाश त्रिपाठी, अर्निको यादव यस्तै विदेशी खेलाडीमा जिम्मी निसम (न्युजिल्यान्ड), जोसुवा ट्रोम्प (अमेरिका), सोहैब मक्सुद (पाकिस्तान), मोहम्मद माहसिन (पाकिस्तान), लहिरी मिलान्था (अमेरिका) रहेका छन् ।

ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको टोलीको मुख्य प्रशिक्षक पुबुदु दासानायके छन् । ब्रान्ड एम्बासडर पूजा महतो हुन् । ड्रिम स्पोर्ट्सले मधेस प्रदेशको राजधानीको नाममा रहेको जनकपुर बोल्ट्सको स्वामित्व दुई करोड पाँच लाखमा किनेको थियो । प्रतियोगिताका निम्ति जनकपुरले नेपाली टिमकै ललितनारायण राजवंशी र अनिल साहलाई १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ।

न्युजिल्यान्डका जिम्मी निसम जनकपुरका चर्चित विदेशी खेलाडी हुन् । यस्तै, टिमले पाकिस्तानका आक्रामक ब्याटर सोहैब मक्सुदको समेत साथ पाउने छ ।कर्णाली याक्समा सोमपाल कामी (मार्की), मौसम ढकाल, दीपेन्द्र रावत, दीपक डुम्रे, देव खनाल, रित गौतम, अर्जुन घर्ती, गुल्सन झा, भुवन कार्की, युनिस सिंह, नन्दन यादव यस्तै विदेशी खेलाडीमा शिखर धवन (भारत), हुसैन तलात (पाकिस्तान), बाबर हायात (हङकङ), चान्डविक वाल्टन (वेस्ट इन्डिज) रहेका छन् ।

हिमालयन बिल्डर्सको स्वामित्वमा रहेको टोलीमा मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल छन् । ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का रहेकी छन् । एनपीएल पहिलो संस्करणमा सबैभन्दा धेरै प्रचार–प्रसार गर्ने टिममा पर्छ, कर्णाली याक्स । यसको स्वामित्व हिमालयन बिल्डर्सले क्यानबाट एक करोड ११ लाख रुपैयाँमा खरिद गरेको थियो ।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा टिम छ । कर्णाली नेपाली टिमका नियमित सदस्य सोमपाल कामीको कप्तानीमा मैदान उत्रिने छ । भारतीय टिमका पूर्वओपनर शिखर धवन यस टिमका सबैभन्दा चर्चित विदेशी खेलाडी हुन् । कर्णालीले नेपाली टिमका युवा अलराउन्डर गुल्सन झालाई १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

काठमाडौं गुर्खाजमा करण केसी (मार्की), साहब आलम, दीपेश कँडेल, कृष्ण कार्की, राशिद खान, विवेक केसी, सुमित महर्जन, शंकर राना, प्रतिक श्रेष्ठ, कृष कार्की (आइकोनी प्लेयर) यस्तै विदेशी खेलाडीमा गेर्हार्ड इरास्मस (नामिबिया), माइकल लेभिट (नेदरल्यान्ड्स), स्टेफन एस्किन्जी, डान डथवेट रहेका छन् ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर (कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको टोलीको मुख्य प्रशिक्षकमा वसन्त शाही छन् । ब्रान्ड एम्बासडरमा इन्दु बर्मा छिन् । काठमाडौं गुर्खाजको फ्रेन्चाइजी कान्तिपुर मिडिया ग्रुपले तीन करोड ३३ लाखमा किनेको हो ।

काठमाडौं पहिलो संस्करणको दोस्रो सबैभन्दा महंगो फ्रेन्चाइज टिम समेत हो । टिम वसन्त शाहीको प्रशिक्षणमा छ । राष्ट्रिय टिमका बलर करण केसीलाई काठमाडौंले मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ । काठमाडौंले अक्सनबाट भीम सार्की र साहब आलमलाई सबैभन्दा धेरै १५ लाख रुपैयाँ खर्चिदै टिममा भित्र्याएको छ ।

स्टेफन एस्किन्जी र डान डथवेथ टिमका चर्चित विदेशी अनुहार हुन् । टिमले नेपाली राष्ट्रिय महिला टिमकी कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडर बनाएको छ । यता लुम्बिनी लायन्समा रोहित पौडेल (मार्की), सूर्य तामाङ, विकाश आग्री, दिनेश अधिकारी, अभिषेस गौतम, आयुतोष घिरैया, सन्दीप जोरा, दूर्गेश गुप्ता, तिलकराज भण्डारी, अर्जुन साउद, विवेक यादव यसैगरी विदेशी खेलाडीमा बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मोरेस (इंग्ल्यान्ड), रोमन सिमोन्ड्स (वेस्ट इन्डिज) रहेका छन् ।

फच्र्युन हेल्थ केयर को स्वामित्वमा रहेको टोलीमा मुख्य प्रशिक्षक नन्दन फाडनिस हुन् । मेन्टरमा शक्ति गौचन र ब्रान्ड एम्बासडरमा राजेश हमाल रहेका छन् । एनपीएलको पहिलो संस्करणका निम्ति फच्र्युन हेल्थ केयरले क्यानबाट एक करोड ८६ लाखमा लुम्बिनीको स्वामित्व किनेको हो ।

टिमको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कन्सलट्यान्ट प्रशिक्षक समेत रहेका फाडनिस छन् । नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी शक्ति गौचन टिमको मेन्टरमा छन् । लुम्बिनी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलकै कप्तानीमा मैदान उत्रिने छ ।

टिमले अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । लुम्बिनीले अक्सनबाट तीन खेलाडीलाई सर्वाधिक १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । जसमा सूर्य तामाङ, सन्दीप जोरा र विवेक यादव छन् । बेन कटिंग टिमका चर्चित विदेशी खेलाडी हुन् ।

यस्तै पोखरा एभेन्जर्समा कुशल भुर्तेल (मार्की), आकाश चन्द, तीर्थराज दास, सागर ढकाल, सुनम गौतम, अमृत गुरुङ, नारायण जोशी, दिनेश खरेल, विपीन खत्री, दिलीप नाथ, किरण ठगुन्ना, सुदीप अर्याल (आइकोनिक प्लेयर) यस्तै विदेशी खेलाडीमा आन्द्रियास गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिट्चली (इंग्ल्यान्ड), रेमोन रेफर (वेस्ट इन्जिड), माइकल लियस्क (स्कटल्यान्ड) रहेका छन् ।

सुवोध त्रिपाठीको स्वामित्वमा रहेको टोलीमा मुख्य प्रशिक्षक राजीव कुमार, मेन्टर जोन्टी रोड्स रहेका छन् । एनपीएलको सबैभन्दा महंगो फ्रेन्चाइजी टिम हो, पोखरा एभेन्र्जस । पोखराले क्यानबाट तीन करोड ५७ लाखमा टिमको फ्रेन्चाइजी खरिद गरेको छ । टिम भारतीय प्रशिक्षक राजीव कुमारको प्रशिक्षणमा छ ।

राजीव इन्डियन प्रिमियर लिग (आईपीएल)को टोली चेन्नाई सुपर किंग्सका फिल्डिङ प्रशिक्षक समेत हुन् । यस्तै, पोखराले उत्कृष्ट फिल्डिङका कारण चर्चित दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर जोन्टी रोड्सलाई मेन्टरको रूपमा भित्र्याएको छ । टिमको मार्की खेलाडीमा नेपाली टिमका शीर्षक्रम ब्याटर कुशल भुर्तेल छन् ।

वेस्ट इन्डिजका रेमोन रेफर पोखराका चर्चित विदेशी खेलाडी हुन् । उता सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, भोजराज भट्ट, अभिनाश बोहरा, खडक बोहरा, नरेश बुढाएर, अर्जुन कुमाल, इशान पाण्डे, नरेन साउद, आरिफ सेख, अमित श्रेष्ठ रहेका छन् भने विदेशी खेलाडीमा ब्रान्डन म्याकमुलम, सैफ जैब, स्टक कगेलेन, रोहन मुस्तफा लाई भित्र्याएको छ ।

स्वतन्त्र प्रताप शाहको स्वामित्वमा रहेको टोलीको मुख्य प्रशिक्षक जगत टमाटा, कन्सलट्यान्ट – ब्राड हग, मार्की खेलाडी – दीपेन्द्रसिंह ऐरी रहेका छन् । क्यानबाट सुदूरपश्चिम रोयल्सको स्वामित्व इम्पायर स्पार्ट्सले एक करोड ६८ लाख रुपैयाँमा किनेको थियो । टिमको मुख्य प्रशिक्षकमा नेपाली युवा टिमको प्रशिक्षण जिम्मेवारी सम्हालिरहेका जगत टमाटा छन् ।

सुदूरपश्चिमले अस्ट्रेलियाका पूर्वमध्यक्रम ब्याटर ब्राड हगलाई मेन्टरमा ल्याएको छ । टिमले नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ।सुदूरपश्चिमले नेपाली टिमकै मध्यमक्रम ब्याटर आरिफ सेखलाई अक्सनबाट १५ लाख रुपैयाँमा भित्र्याएको छ । न्युजिल्यान्डका स्कट कुगेलेन सुदूरपश्चिमको चर्चित विदेशी खेलाडी हुन् ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top