×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026
Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026
Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026

आईपीएल अक्सन पहिलो दिनः ७२ खेलाडी किन्न ४६७.९५ करोड खर्च

१० मंसिर २०८१

१० मंसिर , एजेन्सी ।

विश्व क्रिकेटकै नगरमा रहेको इन्डियन क्रिकेट लिग आईपीएलका टोलीमा अनुबन्ध गर्नका लागि आइतबारदेखि लिलामी सुरु भएको छ । पहिलो दिनकै अक्सनमा भारतीय खेलाडीहरुमाथि पैसाको खोलो बगाइएको छ ।

Advertisement
Advertisement

इतिहासकै महँगा खेलाडीका रुपमा ऋषभ पन्तले आइपीएलबाट २७ करोड आफ्नो खल्तीमा हालेका छन् । साउदी अरेबियाको जेद्दाहमा आइतबार भएको आईपीएल मेगा अक्सनमा ८४ खेलाडीको लिलामी भएको छ ।

१० टोलीले ७२ खेलाडी किनेर ४६७.९५ करोड भारतीय रुपैयाँ खर्च गरेका छन् । कीर्तिमानी मूल्यमा लखनउमा अनुबन्ध भएका ऋषभ पन्त विस्फोटक शैलीमा ब्याटिङका लागि परिचित छन्। साथै उनी भारतका नम्बर एक विकेटकिपर पनि हुन् ।

दिल्ली क्यापिटल्सले राइट टु म्याच प्रयोग गर्ने मौका पायो । तर लखनउका सञ्जीव गोयन्काले दिल्ली क्यापिटल्सलाई २७ करोडको बोली लगाएर पछि हट्न बाध्य पारे। आईपीएलमा हरेक पटक बोली लाग्दा कतिपय खेलाडीले सोचेभन्दा बढी पैसा पाउँछन् र विश्वभर आफ्नो पहिचान बनाएका खेलाडीमा पर्दा पनि मामूली रकममा किन्ने यस्ता धेरै खेलाडी छन् ।

त्यस्ता खेलाडीमा वेंकटेश अय्यरको नाम समावेश गर्न सकिन्छ । केकेआरले उनलाई २३.७५ करोडमा किनेको छ । म्याक्सवेललाई पञ्जाब किंग्सले ४.२ करोडमा किनेको छ ।

पहिलो दिन बिक्री भएका खेलाडीहरूको सूची:

अर्शदीप सिंह– १८ करोड– पञ्जाब किंग्स

कागिसो रबाडा– १०.७५ करोड– गुजरात टाइटन्स

श्रेयस अय्यर– २६.७५ करोड– पञ्जाब किंग्स

जोस बटलर– १५.७५– करोड– गुजरात टाइटन्स

मिचेल स्टार्क– ११.७५ करोड– दिल्ली क्यापिटल्स

ऋषभ पन्त– २७ करोड – लखनऊ सुपर जायन्ट्स

मोहम्मद शमी– १० करोड– सनराइजर्स हैदरावाद

डेभिड मिलर– ७.५० करोड– लखनऊ सुपर जायन्ट्स

यजुवेन्द्र चहल– १८ करोड– पञ्जाब किंग्स

मोहम्मद सिराज– १२.२५ करोड– गुजरात टाइटन्स

लियाम लिभिङस्टोन– ८.७५ करोड– रोयल च्यालेन्जर्स बैंगलोर

केएल राहुल– १४ करोड– दिल्ली क्यापिटल्स

ह्यारी ब्रुक– ६.२५ करोड – दिल्ली क्यापिटल्स

एडन मार्कराम– २ करोड – लखनऊ सुपर जायन्ट्स

देवेन कोनवे– ६.२५ करोड– चेन्नई सुपर किंग्स

राहुल त्रिपाठी– ३.४ करोड – चेन्नई सुपर किंग्स

जेक फ्रेजर–म्याकगुर्क– ९ करोड – दिल्ली क्यापिटल्स

हर्षल पटेल– ८ करोड – सनराइजर्स हैदरावाद

रचिन रविन्द्र – ४ करोड – चेन्नई सुपर किंग्स

रविचन्द्रन अश्विन – ९.७५ करोड – चेन्नई सुपर किंग्स

वेंकटेश अय्यर – २३.७५ करोड – कोलकाता नाइट राइडर्स

मार्कस स्टोइनिस– ११ करोड – पञ्जाब किंग्स

मिचेल मार्श – ३.४ करोड – लखनऊ सुपर जायन्ट्स

ग्लेन म्याक्सवेल – ४.२ करोड – पञ्जाब किंग्स

विकेटकिपरमा पैसाको वर्षा

क्विन्टन डी कक – ३.६ करोड – कोलकाता नाइट राइडर्स

फिल साल्ट – ११.५ करोड – रोयल च्यालेन्जर्स बैंगलोर

रहमानउल्लाह गुरबाज – २ करोड – कोलकाता नाइट राइडर्स

इशान किशन – ११.२५ करोड – सनराइडर्स हैदराबाद

जितेश शर्मा – ११ करोड – रोयल च्यालेन्जर्स बैंगलोर

जोश हेडलवुड – १२.५ करोड – रोयल च्यालेन्जर्स बैंगलोर

प्रसिध कृष्ण– ९.५ करोड– गुजरात टाइटन्स

आवेश खान– ९.७५ करोड– लखनऊ सुपर जायन्ट्स

एनरिच नोर्टजे– ६.५ करोड – कोलकाता नाइट राइडर्स

जोफ्रा आर्चर– १२.५ करोड– राजस्थान रोयल्स

खलील अहमद – ४.८ करोड – चेन्नई सुपर किंग्स

टी नटराजन – १०.७५ करोड – दिल्ली क्यापिटल्स

ट्रेन्ट बोल्ट – १२.५ करोड – मुम्बई इन्डियन्स

महेश थेक्षाना– ४.४० करोड– राजस्थान रोयल्स

राहुल चाहर – ३.२० करोड – सनराइजर्स हैदरावाद

एडम जाम्पा – २.४० करोड – सनराइजर्स हैदराबाद

वानिन्दु हसरंगा– ५.२५ करोड– राजस्थान रोयल्स

नूर अहमद – १० करोड – चेन्नई सुपर किंग्स

अथर्व तायडे– ३० लाख– सनराइजर्स हैदराबाद

नेहल वढेरा – ४.२० करोड – पञ्जाब किंग्स

अङ्क्रिश रघुवंशी– ३ करोड– कोलकाता नाइट राइडर्स

करुण नायर– ५० लाख– दिल्ली क्यापिटल्स

अभिनव मनोहर – ३.२० करोड – सनराइडर्स हैदरावाद

निशान्त सिन्धु– ३० लाख– गुजरात टाइटन्स

समीर रिजवी– ९५ लाख– दिल्ली क्यापिटल्स

नमन धीर – ५.२५ करोड – मुम्बई इन्डियन्स

अब्दुल समद– ४.२० करोड– लखनऊ सुपर जायन्ट्स

हरप्रीत ब्रार– १.५० करोड– पञ्जाब किंग्स

विजय शंकर– १.२ करोड– चेन्नई सुपर किंग्स

महिपाल लोमरोर– १.७० करोड– गुजरात टाइटन्स

आशुतोष शर्मा – ३.८० करोड – दिल्ली क्यापिटल्स

कुमार कुशाग्रा – ६५ लाख – गुजरात टाइटन्स

रोबिन मिन्ज – ६५ लाख – मुम्बई इन्डियन्स

अनुज रावत– ३० लाख– गुजरात टाइटन्स

आर्यन जुयल – ३० लाख – लखनऊ सुपर जायन्ट्स

विष्णु विनोद– ९५ लाख– पंजाब किंग्स

रसिक सलाम दार – ६ करोड – रोयल च्यालेन्जर्स बैंगलोर

आकाश मेधवाल–१.२ करोड– राजस्थान रोयल्स

मोहित शर्मा – २.२० करोड – दिल्ली क्यापिटल्स

व्यासक विजयकुमार– १.८० करोड– पञ्जाब किंग्स

वैभव अरोरा– १.८० करोड– कोलकाता नाइट राइडर्स

यश ठाकुर– १.६० करोड– पञ्जाब किंग्स

सिमरजीत सिंह – १.५० करोड – सनराइजर्स हैदरावाद

सुयश शर्मा – २.६० करोड – रोयल च्यालेन्जर्स बैंगलोर

कर्ण शर्मा– ५० लाख– मुम्बई इन्डियन्स

मयंक मार्कण्डे– ३० लाख– कोलकाता नाइट राइडर्स

कुमार कार्तिकेय सिंह – ३० लाख–राजस्थान रोयल्स

मानव सुथर– ३० लाख– गुजरात टाइटन्स

पहिलो दिनको अक्सनपछि १० टोलीले आधिकारिक घोषणा गर्न बाँकी छ यद्यपि, भविष्यवाणीअनुसार आईपीएल २०२५ मा कुन टोलीको कप्तान को हुने भन्ने अवस्था लगभग स्पष्ट छ । यी अनुमानहरू अनुशार मेगा लिलामी टोलीहरूको रिटेन्सनले अनुमानित १० कप्तानका लागि १९९ दशलमव ३५ करोड खर्च भएको छ ।

लखनऊ सुपर जायन्ट्स (एलएसजी) – आईपीएलको मेगा लिलामीमा यस टोलीले ऋषभ पन्तलाई किन्नका लागि खजाना खोलेको छ । उसले पन्तमाथि २७ करोड खर्च गर्याे । जसले उनलाई यस सिजन मात्र नभई आईपीएलको सम्पूर्ण इतिहासमा सबैभन्दा महँगो खेलाडी बनायो। लखनऊले पन्तमा यति धेरै पैसा खर्च गरेको छ, त्यसैले स्पष्ट रूपमा उसले आफ्नो कप्तानलाई किपिङ र ब्याटिङ बाहेक हेरिरहेको हुनेछ। ऋब संभवत पन्तले आईपीएलमा पहिलो पटक कप्तानीको अनुभव पाउने छन्।

दिल्ली क्यापिटल्स (डीसी) – केएल राहुलको दृष्टिकोणबाट आईपीएलको मेगा लिलामीमा उनको ३ करोडको घाटा छ। गत सिजन उनले एलएसजीबाट १७ करोड भारु लिइरहेका थिए। तर दिल्ली क्यापिटल्सका लागि यो राम्रो सम्झौता हो। किनभने उनले १४ करोड खर्च गरेर किपर, ब्याट्सम्यान र कप्तानको विकल्प पाएका छन्। राहुल गत सिजन एलएसजीका कप्तान थिए।
चेन्नई सुपर किंग्स (सीएसके)–ऋतुराज गायकवाड पहेँलो जर्सीको साथ चेन्नई सुपर किंग्सको कप्तान हुन सक्छन्। यसको कारण यो हो कि रुतुराज गत सिजन पनि यस टोलीको कप्तानमा देखिएका थिए र दोस्रो, सीएसकेले उनलाई आईपीएलका लागि १८ करोडमा राखेको छ।

पंजाब किंग्सः श्रेयस अय्यरलाई आईपीएलको लिलामीमा पन्जाब किंग्सले किनेको थियो। उनले २६ करोड ७५ लाख पाएका छन् । केकेआरले गत सिजन अय्यरको नेतृत्वमा आईपीएलको उपाधि जितेको थियो। यस्तो अवस्थामा पन्जाब किंग्सले किन उनको लागि यति महँगो बोली लगाएको छ भनेर बुझ्न गाह्रो छैन। सन् २०२५ को आइपिएलमा पञ्जाब किंग्सको नेतृत्व श्रेयस अय्यरले गर्नेछन्।

कोलकाता नाइट राइडर्स (केकेआर): यो टोलीका बारेमा तब चकित हुने अवस्था आयो जब श्रेयस अय्यर किन्न उत्सुक देखिएन । तर, यसले वेंकटेश अय्यरलाई दोस्रो अय्यरका रुपमा २३ करोड ७५ लाखमा अनुबन्ध गर्याे । केकेआरले उनलाई कप्तान बनाउने सोचिरहेको हुन सक्ने अनुमान छ । लिलामीमा बेचिएपछि भेङ्कटेश अय्यरले पनि आफू कप्तानी गर्न तयार रहेको बताएका थिए।

गुजरात टाइटन्स (जीटी):  शुभमन गिल गत सिजन पनि गुजरात टाइटन्सका कप्तान थिए र आईपीएल २०२५ मा पनि हुनेछन्। गुजरात फ्रान्चाइजीले उनलाई अर्को सिजन १६ करोड ५० लाखमा राखेको छ।

राजस्थान रॉयल्स (आरआर) : टिममा यसअघि नै सञ्जु सामसन कप्तान बनेका छन्। सन्जु सामसनलाई राजस्थान रोयल्सले सन् २०२५को आइपिएलका लागि १८ करोडमा किनेको थियो।
सनराइजर्स हैदराबादः काव्या मारनलाई आईपीएल २०२५ को मेगा लिलामीमा प्रसिद्ध खेलाडीहरूमा बोली लगाएको देखिएको छ । यद्यपि, आईपीएल २०२५ मा उनको टोलीको कप्तान पनि प्याट कमिन्स हुनेछन् । जसलाई उसले पहिले नै १८ करोडमा राखेको छ ।

मुम्बई इन्डियन्स (एमआई): मुम्बई इन्डियन्सले पनि आईपीएल २०२५ को रिटेन्सनमा आफ्नो कप्तानको स्थान खाली गरेको छ। उसले हार्दिकलाई १६ करोड ३५ लाखमा राखेको छ ।

Advertisement

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी): आईपीएल २०२५ मेगा लिलामीको पहिलो दिन आरसीबीले एउटा पनि खेलाडी खरिद गरेन जसलाई त्यो टोलीको कप्तान भन्न सकिन्छ। प्रश्न यो छ कि यो टोलीले विराट कोहलीलाई कप्तानी हस्तान्तरण गर्न चाहन्छ कि भनेर, जसलाई उसले २१ करोडमा राखिसकेको छ ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top