काठमाडौंमा सुविधासम्पन्न स्टेडियम, सुनिताले गरिन् शिलान्यास

१२ मंसिर ८१, बिहीबार

१३ मंसिर , काठमाण्डौ।

खेलाडी र समर्थकहरुले समेत नेपालमा लामो समयदेखि माग गर्दै आएको प्रमुख विषय हो खेल पूर्वाधार । नेपालमा खेलकुद क्षेत्रले विकासको क्रम त समातेको छ, तर खेल पूर्वाधारको अभावले खेलाडीहरूको क्षमता र देशको अन्तर्राष्ट्रिय प्रदर्शनमा ठूलो प्रभाव पारेको छ।

यो समस्या धेरै दशकदेखि रहेको भए पनि हालसम्म नतिजा देखिने गरी यसको समाधान भएको छैन् । देशभर खेलमैदानको संख्या सीमित छन् अनि रहेका मैदानहरू पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैनन्।

उदाहरणका लागि क्रिकेटका लागि मुलपानी र कीर्तिपुरको रंगशाला मात्र छन्, जसले ठूला प्रतियोगिता आयोजना गर्न पर्याप्त क्षमता राख्दैन। खेलमैदानकै अभावमा नेपालमा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगिताहरु सरेको तितो यर्थाथ ताजा नै रहेको अवस्थामा पछिल्लो समय सरकारी तवरबाट समेत खेल पूर्वाधारलाई प्राथमितामा राखिएको पाइएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा क्रिकेट स्टेडियमलाई राखेको छ भने भएका मैदानहरुको स्तरोन्नतिको काम पनि सुरु गरिएको छ । तर कार्यान्वयनको गति कछुवा गतिमा छ । स्टेडियमको अभाव देखिरहेको स्थानीय सरकारले समेत आफ्नै पहलमा सुविधासम्पन्न स्टेडियम निर्माणको सुरुवात गरेका छन् ।

यसको सुरुवात स्वतन्त्र मेयर बालेन्द्र शाह बालेनले नेतृत्व गरिरहेको संघीय राजधानी रहेको काठमाडौं महानगरबाट भएको छ । काठमाडौँ महानगरपालिकाले सानो गौचरन स्टेडियम पुननिर्माणको थालनी गरेको छ ।

उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुनःनिर्माणको काम थालनी गरिएको हो । २२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।

स्टेडियम पुनःनिर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताइन् । ‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकास सँगै लैजानुपर्छ ।

यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत स्टेडियम पुनःनिर्माण गर्न लागेका हौँ ।’ विद्यालय स्तरबाट खेलाडी उत्पादनका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले, यो प्रयासबाट राष्ट्रिय पहिचान दिन सक्ने खेलाडी प्राप्त हुने अपेक्षा राखेकी छन् ।

वडामा स्टेडियम पुनःनिर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले धारणा राखे । ‘टोलहरु र चोकहरुमा मौलिक खेल पुनरुत्थान गरिरहेका छौँ । यहाँ व्यवस्थित फुटबल ग्राउण्ड निर्माण हुन्छ ।

भत्केको पुलमा करिब ५ रोपनी क्षेत्रफल जमिनमा बास्केटबल, टेबुलटेनिस, व्याटमिन्टन र फुटसलका लागि पूर्वाधार तयार गरिरहेका छौँ ।’ प्रजापतीले कार्यान्वयनमा आएका योजनाका विषयमा जानकारी गराएका छन् ।

स्टेडियमको ड्रइङ्, डिजाइन र लागत अनुमान सहरी योजना आयोगले तयार पारेको हो । यसलाई सार्वजनिक निर्माण विभागले कार्यान्वयनमा ल्याएको हो । स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ ।

मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ । यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् हुनेछ ।

स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् । स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन् ।

निर्माण कार्यको सार्वजनिक खरिदका लागि २०८१ वैशाख ३ गते सार्वजनिक सूचना जारी भएको थियो । यसबाट १६ जना आवेदकले प्रस्ताव पेश गर्नुभएको थियो । छनोट भएको निर्माण पक्षलाई कार्तिक २५ गते कार्यादेश दिइएको छ ।

यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ । रङ्गशाला १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुनेछ । यसमा दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top