मेसी र एमबाप्पेसहित फिफा वर्ष खेलाडीमा यमल पनि

१३ मंसिर ८१, शुक्रबार

१४ मंसिर, एजेन्सी।
अर्जेन्टिनी टिमका कप्तान लिओनल मेसी सन् २०२३–२४ सिजनको सर्वोत्कृष्ट फुटबलरको लागि ‘फिफा दि बेस्ट अवार्ड’ को मनोनयनमा परेका छन्। उनी मनोनयनमा पर्ने युरोपेली लिगबाहिरका एक्लो खेलाडी हुन्।

Advertisement

मनोननयमा मेसीमा चिर प्रतिस्पर्धी मानिने क्रिष्टियानो रोनाल्डो भने मनोनयनमा समेत पर्न सकेनन् । अमेरिकाको मेजर लिग सकर (एमएसएल) क्लब इन्टर मियामीमा हात पारेको उपलब्धि र अर्जेन्टिनासँग जितेको कोपा अमेरिकाको उपाधिले मेसीलाई उत्कृष्ट ११ पुरुष फुटबलरको सूचीमा उभ्याएको हो।

Advertisement

तथ्यांक र उपलब्धिमा उनको करिअरसँग तुलना गर्दै आएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा परेनन्। उनी साउदी अरेबियन क्लब अल नासरमा खेलिरहेका छन्। बार्सिलोना र पीएसजीका पूर्वखेलाडी मेसी फिफा दि बेस्ट अवार्डका सर्वाधिक ३ पल्टका विजेता हुन्।

उनले पछिल्ला दुई (सन् २०२२ र २०२३) मा पनि सर्वोत्कृष्ट पुरुष फुटबलरको अवार्ड जितेका थिए। पोर्चुगिज स्टार रोनाल्डो र पोल्यान्डका रोबर्ट लेवन्डोव्स्कीले २–२ पल्ट अवार्ड हात पारेका थिए भने क्रोएसियन मिडफिल्डर ल्युका मोडरिचले एकपल्ट जितेका थिए।

Advertisement

यसपालि मेसीले अवार्ड जित्न युरोपेली लिग खेलिरहेका १० खेलाडीसँग कडा प्रतिस्पर्धा हुनेछ। मनोनयनमा स्पेनी क्लब रियल मड्रिडका किलियन एमबाप्पे (फ्रान्स), जुड बेलिंघम (इङ्ल्यान्ड), डानिएल कार्भाहाल (स्पेन), फेडेरिको भाल्भेर्डे (उरुग्वे) र भिनिसियस जुनियर (ब्राजिल) छन्।

म्यानचेस्टर सिटीका इर्लिङ हालान्ड (नर्वे) र रोड्रिगो हर्नान्डेज (स्पेन), बायर लेभरकुजनका फ्लोरियन विर्ज (जर्मनी), बार्सिलोनाका नयाँ स्टार लेमिन यमल (स्पेन) र संन्यास लिइसकेका रियलकै पूर्वप्लेमेकर टोनी क्रुज (जर्मनी) पनि छन्।

यमलले आफ्नो पुस्ताको सबैभन्दा रोमाञ्चक प्रतिभाको रूपमा विश्व फुटबलमा उदाउदा खेलाडी हुन् । अब उनले फिफा वर्ष खेलाडीका समकालीन महान खेलाडी मेसी , एमबाप्पे, हालान्ड लगायतलाई टक्कर दिनेछन् । जुलाई २०२४ मा मात्र १७ वर्ष पुगेका स्ट्राइकर बार्सिलोनाका सबैभन्दा मूल्यवान खेलाडीको रूपमा देखा परेका छन् ।

उनले युरो २०२४ लाई आफ्नो आश्चर्यजनक प्रदर्शनले उज्यालो पारेका छन् । स्पेनको उपाधि दौडको दौरान उनले चार एसिस्ट प्रदान गरे र एक गोल गरेका थिए । सेमिफाइनलमा फ्रान्स विरुद्धको उनको उत्कृष्ट कर्लिङ स्ट्राइकले प्रतियोगिताको गोल अफ द टुर्नामेन्ट पुरस्कार जित्यो–र उनले प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको पुरस्कार पनि लिएका थिए ।

फिफाले सार्वजनिक गरेको मनोनयन सूचीमा विश्वकप २०२२ च्याम्पियन टिम अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनी र गोलकिपर एमिलानो मार्टिनेज पनि आ–आफ्ना विधामा मनोनयनमा परेका छन्।

उत्कृष्ट प्रशिक्षकको मनोनयनमा स्कालोनीसँगै रियलका कार्लो एन्सेलोटी, युरो कप विजेता स्पेनका लुईस डे ला फ्युएन्टे, प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला र बुन्डेसलिगा च्याम्पियन बायर लेभरकुजनका जाबी अलोन्सो छन्। यो अवार्डको नवौं संस्करणको लागि फिफाले सर्वोत्कृष्ट महिला फुटबलर, गोलकिपर र प्रशिक्षकको मनोनयन पनि सार्वजनिक गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top