Nepal Times
Nepal Times
3
Shares

सिरियाबाट सुरु हुन लागेको हो ’वल्र्ड वार’ ?

सिरियाबाट सुरु हुन लागेको हो ’वल्र्ड वार’ ?

१७ मंसिर , विराटनगर।

सिरियामा अहिले जस्तो युद्ध सुरु हुँदैछ, त्यो रूस–यूक्रेन भन्दा पनि विस्फोटक छ । यो युद्ध इजरायल–हिजबुल्लाहको भन्दा पनि धेरै विनाशकारी हुने देखिएको छ । किनभने यो युद्धमा दुई पक्ष सिरियाली सरकार र विद्रोही समूहमात्र होइन महाशक्तिहरु नै मैदानमा उत्रिएका छन् ।

गाजाको विनाश यसको अगाडी समान्य हुने देखिन्छ । राफामा जे भयो त्यसको तुलनामा सिरियाको अवस्था झनै विकराल हुने देखिएको छ । यो वार जोनमा सुरुमै विश्वंस देखिसकिएको छ । यो नयाँ युद्धको पहिलो एपिसोड नै नरसंहारबाट शुरू भएको छ ।

एकै हमलामा ३०० शवहरु लाइन लागेका छन् । एउटा सिंगो शहर बारूदी खंडहर बनेको छ । बमको धमाका र मिसाइलहरुको यस्तरी वर्षा भइरहेको छ, जसको बयान गर्न पनि गाह्रो छ ।सिरियाको दोस्रो सबैभन्दा ठूलो शहर अलपोमा तुर्कीए समर्थित विद्रोहिहरुले कब्जामा लिएपछि, यो वार जोनमा रूस पनि हाम्फालेको छ ।

रुसका मिसाइल र बमहरुले यहाँ तहल्का मच्चाएको छ । रुसको टारगेटमा तुर्कीए समर्थक फाइटर ग्रुप छन्, जसले ८ वर्षपछि सिरियाली सेनालाई अलेपोबाट लखेटेका छन् । सिरियामा तुर्कीएको सहयोगमा विद्रोही गुटहरुले ४ दिनभित्रै अलेपो शहरका धेरैजसो भागहरु कब्जामा लिए ।

यसपछि सिरियाली र रूसी विमानहरूले विद्रोहीमाथि आक्रमणलाई तीव्र पारेका छन् । सिरियाली र रूसी जेट विमानहरूले उत्तरी सिरियामा विपक्षी सेनाहरूमाथि आक्रमण बढाएका हुन् । विद्रोही गठबन्धनले अलेप्पोको पूर्वमा रहेको एउटा महत्त्वपूर्ण सैन्य आधार र अलेप्पो र इडलिब प्रान्तका ठूला क्षेत्रहरू पनि नियन्त्रणमा लिएका सीएनएनले जनाएको छ ।

यस क्षेत्रमा भएको आक्रमणमा विद्रोही समूह, सरकारी सेना र नागरिक गरी ३ सय १५ जनाको ज्यान गएको छ । सय जना घाइते भएका छन् । राष्ट्रपति बसर अल असदको आठ बर्षको कार्यकालमा अहिलेको अवस्था सबैभन्दा चुनौतीपूर्ण रहेको बताइएको छ ।

सन् २०११ मा द्वन्द्व शुरू भएयता पहिलो पटक अलेप्पो शहर सिरियाली सरकारी सेनाको नियन्त्रणबाहिर पुगेको वेलायतमा रहेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ । इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच छिमेकी लेबनानमा युद्धविराम लागू भएकै दिन गएको बुधवारदेखि विद्रोहीहरूले इरानी र रूसी समर्थित सिरियाली सरकारका सेनाविरुद्ध आक्रमण शुरू गरेका थिए ।

अलेपोलाई नियन्त्रणमा लिएपछि विद्रोही लडाकुहरुले सडकहरुमा हवाई फायर गर्दै आम मानिसहरुलाई घरभित्रै बस्न आदेश दिएका छन् । अलेपो कब्जापछि उनीहरुले दक्षिणमा हामा प्रांततर्फ अघि बढेका छन् । त्यहाँ पनि केही क्षेत्र कब्जा गरेका छन् । अलेपोको केही भागहरुमा कुर्दिश लडाकुहरुले पनि कब्जा गरेका छन् ।

गत सातासम्म जुन इलाकामा असदको सेनाको कंट्रोल थियो, त्यसमध्ये केही इलाकाहरुमा अहिले कुर्द लडाकुहरुको नियन्त्रण छ । यता बशर अल असदलाई बचाउनका लागि पुटिनले फुल फोर्समा हमला शुरू गरेका छन्, जसका साथै तुर्कीए र सुपरपावर अमेरिका पनि यो बारूदी ब्याटलग्राउंडमा आउने नै भए ।

अहिले सिरियामा सबैकुरा अचानक र अविश्वनीय तरिकाले घटिरहेको छ । जसका कारण कसले कोसंग युद्ध गरिरहेको छ, को कसकालागि युद्ध गरिरहेको छ यो बुझ्न पनि सजिलो छैन ।कयौं देश, कयौं फाइटर ग्रुप र कयौं वल्र्ड लीडरको टकराव यहाँ देखिरहेको छ ।

सिरियाको अखडामा तुर्कीएको नुसरा फ्रंटले विद्रोही लडाकुहरुलाई साथ दिइरहेको छ । यसलाई हयात तहरीर अल शाम भन्ने गरिएको छ । जो सिरियाका राष्ट्रपति बशर अल असदसंग युद्ध लडीरहेको छ । उता इरान, इराक र अरब देशहरुको मिलिशिया फाइटर ग्रुप बशर अल असदको समर्थनमा युद्धमा होमिने घोषणा गरिसकेका छन् ।

यता इजरायलले सिरियामा हिजबुल्लाह लडाकुहरु विरुद्ध हमला गरिरहेको छ, जो बशर अल असदका समर्थक हुन् । इजरायलका लागि अमेरिका पनि यो वार जोनमा छ र नेटोको सदस्य तुर्कीएलाई पनि सुपरपावरको फुल सपोर्ट छ ।

यो खेमाबन्दी करिब करिब त्यस्तै नै छ जस्तो हिजबुल्लाह र हमास युद्धमा थियो । फरक मात्रै के छ भने सिरियामा अमेरिका र रूसको डायरेक्ट दख्खल छ । अर्थात जुन टकराव यूक्रेन युद्धमा टरेको थियो त्यो अब फाइनल स्टेजमा पुगेको जस्तो देखिएको छ ।

पहिलो हमला तुर्कीएको समर्थनमा हयात अल तहरीरका लडाकुहरुले गरेका थिए, जसको जवाफ दिन रुसले पनि समय खेर फालेन । अब फेरि जवाफ दिने पालो तुर्कीएको छ, जसको प्लान निकै नै डरलाग्दो छ ।

तुर्कीएका लागि बशर अल असदको तख्तापलटको सबैभन्दा उत्तम अवसर उसको हात लागेको छ । जसमा एर्दोगान अगाडी बढीसकेका छन् । अमेरिका पनि यही चाहन्छ कि सिरियामा बशरको सत्ता हटोस् । खासमा बशर अल असद अरब वल्र्डमा इरान र रूसको सबैभन्दा विश्वासिला नेता हुन्, जो कहिले पनि अमेरिका अघि झुकेनन् ।

न त तुर्कीएका एर्दोगानलाई बशर अल असदले भाउ नै दिए । सन २०२० मा तुर्कीए र रूसबीच एक समझौता भएको थियो र त्यसपछि सिरियाको उत्तर पश्चिममा लडाई रोकिएको थियो । तर रूसलाई युद्धमा होमिएको देखेपछि अब तुर्कीएले आफ्नो दाउ चालेको हो ।

इरानले आरोप लगाएको छ कि इजराइल र अमेरिकाले तुर्कीएको अभियानका लागि फुल सपोर्ट दिइरहेका छन् । त्यसको ७२ घण्टामै रूसले बशर अल असदलाई थप सैन्य सहायता पठाउने घोषणा गरेका हुन् ।

रूसको यो युद्धमा इंट्री हुनासाथ तुर्कीएले अरब अलायंस बनाउने प्रयासहरु सुरु गरेको छ । एर्दोगान खाडी देशहरुको पावर ब्यालेन्स शिफ्ट गर्नमा जुटेका छन् । जसले इरान र रूसको वर्चस्व अन्त्य गर्न सकियोस् । योे प्रयास १३ वर्ष पहिला सिरियाको गृह युद्धका साथै शुरू भएको थियो, जसमा बेला बेलामा ब्रेक लागेको छ ।

यस्तोमा अब तुर्कीएले पुरानो प्याटर्नमा सिरियामा वार शुरू गरिसकेको छ । जहाँ हतियार अमेरिकाका छन्, लडाकुहरु सिरियाका विद्रोही हुन्, इजरायलको ब्याकअप छ र टारगेटमा छन् बशर अल असदका आर्मी । तुर्कीएका लागि चुनौती मात्रै पुटिन हुन् ।

जो मोर्चामा आउनासाथ अमेरिका पनि यहाँ आइसकेको छ । अहिले यहाँ रूस र अमेरिकाका हतियारहरुको टक्कर हुन थालेको छ । नेटो सदस्यहरुको रुझान भने अहिले नै क्लियर भइसकेको छैन, तर नेटोको निर्णय त्यही नै हुन्छ जस्ता अमेरिकाले चाहान्छ ।

यस्तोमा एकातिर रुस–युक्रेन युद्ध अर्कातिर इजरायलको विभिन्न मोर्चाहरुमा चलिरहेको कारबाहीका बीच कतै सिरियाबाट वल्र्डवार सुरु हुने त होइन भन्ने आशंकामाथि तपाइँका टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.