NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

जनकपुर अपराजित, हारिसकेको खेलपनि १ रनले जित्यो

आइतवार मंसिर २३ , २०८१
Reading Time: 1 min read
A A
जनकपुर अपराजित, हारिसकेको खेलपनि १ रनले जित्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२३ मंसिर, काठमाण्डौ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर रोयल्सले लगातार चार खेलमा जित निकालेको छ भने लुम्बिनीको पराजयको शृंखला दोहोरिएको छ । आइतबार लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै जनकपुरले लगातार जित हात पारेको हो।

यता लुम्बिनी लायन्स भने लगातार चार खेलमा पराजित भयो। जितसँगै जनकपुरको प्लेअफ सम्भावना बलियो हुँदा लुम्बिनीको कमजोर भएको छ। जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेटको क्षतिमा १३५ रन मात्र जोड्न सक्यो।

लुम्बिनीले अन्तिम तीन ओभरमा पाँच विकेट गुमाउँदा २४ रन बनाउन सकेको थियो। थप दुई रन बनाउन नसक्दा लुम्बिनी लगातार चार खेलमा पराजित भयो। अन्तिम ओभरमा लुम्बिनीलाई ९ रन चाहिएको थियो।

ब्याटिङमा सन्दीप जोरासँगै साद बिन जफर थिए।  बलिङमा हर्ष थाकर थिए। पहिलो बलमा जफर क्याच भए। दोस्रो बलमा दुर्गेश गुप्ताले चौका प्रहार गरे। तेस्रो बल डट भयो। चौथो बलमा एक रन लिएपछि लुम्बिनीलाई दुई बलमा चार चाहिएको थियो।

पाँचौ बलमा जोराले दुई रन लिन सके। अन्तिम बलमा दुई रन चाहिँदा जोरा क्याच भए। उत्कृष्ट प्रदर्शन गरेका क्यानेडियन अलराउन्डर थाकरले पाँच विकेट लिँदा २३ रन खर्चिए। अन्तिम बलमा आउट भएका जोराले १६ रन जोड्न सके।

त्यसअघि १९औं ओभरको दोस्रो बलमा किशोर महतोले बेन कटिङलाई ३ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए। कटिङ छक्का हान्ने चक्करमा आउट भएका थिए। तर ओभरको अन्तिम दुई बलमा सन्दीप जोराले छक्का र चौका प्रहार गर्दा लुम्बिनीलाई राहत भएको थियो।

लुम्बिनीका ओपनर आशुतोष घिरैयाले १४ बलमा ८ रन मात्र जोड्दा अर्जुन साउदले २० रन जोडे। उनले २३ बलमा २ चौका हिर्काए। अर्जुन दशौं ओभरमा शेर मल्लबाट बोल्ड भए। कप्तान रोहित पौडेल ३० रन र टम मुर्स ३१ रनमा आउट भए।

रोहित १६औं ओभर र मुर्स १८औं ओभरमा आउट भएका थिए। दुवैलाई जनकपुरका हर्ष थाकरले क्याच आउट गराए। त्यसपछि लुम्बिनीमाथि केही दबाब थपिएको थियो। मुर्स आउट भएको दुई बलपछि थाकरले विवेक यादवलाई शून्यमा आउट गर्दा खेलमा रोमाञ्चकता थपिएको थियो।

यो ओभरमा थाकरले दुई विकेट लिँदा तीन रन मात्र दिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले ९ विकेट गुमाएर १३६ रन मात्र बनाउन सकेको हो।

जनकपुरका लागि कप्तान तथा ओपनर अनिलकुमार साहले ४५ रन जोडे। १२ औं ओभरमा सन्दीप जोराको बलमा विवेककुमार यादवबाट क्याच हुनुअघि उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे।

अर्का ओपनर आसिफ शेखले १६ रन जोड्दा लाहिरू मिलन्थाले २४ रन बनाए।त्यसपछिका ब्याटर भने चल्न सकेनन्। हर्ष थाकर र जिमी निशम एक एक रनमै आउट भए। दुवैलाई डेब्यू खेलाडी अभिसेष गौतमले आउट गरे।

मोहमद मोसिन ३ रन र शेर मल्ल शून्यमा आउट भए। दुवैलाई कप्तान रोहितकुमार पौडेलले एलबिडब्लूको धरापमा पारेका थिए। अन्तिम ओभरमा शाद बिन जफरले हेमन्त धामीलाई ९ रनमा आउट गरे। जफरले नै ललित राजवंशीलाई अन्तिम बलमा रनआउट गरे।

शुभ कंसाकरले नटआउट २२ रन जोडे। बलिङमा लुम्बिनीका अभिसेष गौतमले तीन विकेट लिए भने रोहित पौडेल र शाद बिन जफरले दुई दुई विकेट हात पारे। अब लुम्बिनीले मंगलबार चितवनसँग खेल्नेछ भने जनकपुरले बुधबार सुदूरपश्चिम सँग खेल्नेछ ।

Tags: #जनकपुर अपराजित#नेपाल प्रिमियर लिग

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing
Currently Playing
Currently Playing

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.