रविमाथि दुर्व्यवहार भएको छैनः चितवन प्रहरी

२३ मंसिर ८१, सोमबार

२४ मंसिर, काठमाण्डौ।

Advertisement

सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि पर्सा लगिदै छ । रविलाई काठमाडौं हुँदै वीरगन्ज लैजाने तयारी गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार रविलाई बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ ।

त्यसपछि उनलाई आजै सिमराको उडानबाट वीरगन्ज पठाइने छ । यस्तै, अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई भने स्थलमार्ग हुँदै वीरगन्ज पु¥याइएको छ । उनलाई आइतबार राति पोखराबाट लगिएको हो ।

Advertisement

छविसँगै अर्का प्रतिवादी रामबहादुर खनाल पनि वीरगन्ज पठाइएका छन् । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो ।

आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनीहरुको बयान लिइने छ । त्यसपछि पुनः पोखरा फर्काइने छ । यसैबीच रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीले जनाएको छ ।

Advertisement

चितवन प्रहरीले लामिछाने र रास्वपाको दाबी खण्डन गर्दै भ्रम नफैलाउन पनि सबैसँग आग्रह गरेको छ । भरतपुरमा बुधवार राति बयान सकिएपछि लामिछानेलाई हिरासत कक्षमा नलगेको, भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकसँग भेटवार्ता गरेको र भेटघाट कक्षबाटै राति १२ बजेर ५ मिनेट जाँदा पोखरा लगिएको चितवन प्रहरीको दाबी छ ।

चितवन प्रहरीका प्रवक्ता डीएसपी भेषराज रिजालले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘बयान भइरहेको अवस्थामा अनुसन्धान कार्य बिथोल्ने मनसायबाट भीडले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्ने, जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयमा भीड प्रवेश गर्न खोज्नेजस्ता कार्य भएको, हवाई उडानका लागि मौसम प्रतिकूल रहेको हुँदा उडानबाट लैजान सक्ने अवस्था नरहेको, तत्काल प्राप्त सूचनाको विश्लेषण गर्दा भीडबाट निजको सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको थियो ।’

प्रहरीले चितवनमा भएको घटनाक्रमलाई विश्लेषण गरी भीडबाट लामिछानेमाथि सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको र मुद्दा अनुसन्धानका लागि सिमित हदम्याद रहेकाले राति नै लैजान परेको उल्लेख गरेको छ ।

पोखरामा उपस्थित गराउने क्रममा नेपाल प्रहरीका कर्मचारीले राति सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरी कर्मचारीले जाँडरक्सी खाएको भन्ने आरोप भ्रामक, झुट्ठा र भ्रमपूर्ण रहेको पनि प्रहरीले जनाएको छ ।

रास्वपाले रवि लामिछानेलाई पोखरा लैजाँदा मानव अधिकारको हनन गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ ।यता रविले पनि म्याद थपअघि इजलासमा न्यायाधीशसमक्ष आफ्ना कुरा राखेका थिए ।

त्यस क्रममा उनले काठमाडौँबाट चितवन हुँदै पोखरा लैजाँदा आफुमाथि दुव्र्यवहार भएको बताएका थिए । रविमाथि जीबी राई समूहले सञ्चालन गरेका पाँच जिल्लाका पाँचवटा सहकारीको रकम ठगी गरेको आरोप छ ।

यसैक्रममा प्रहरीले कास्की जिल्ला अदालतबाट आइतबार थप ४ दिन हिरासतमा राख्ने म्याद पाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top