×

NEPAL TIMES UPDATES

Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026

कसको कुरा पत्याउनु रविको कि प्रहरीको ?

२४ मंसिर २०८१

२४ मंसिर, काठमाण्डौ।

सहकारी प्रकरणमा डेढ महिनादेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिानेलाई चितवनमा बयान गराएर शुक्रबार रातारात पोखरा लैजाने क्रममा दुव्र्यवहार भएको भन्दै राजनीतिक दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेको बेला प्रहरीले भने रविमाथि कुनैपनि दुव्र्यवहार नभएको बताएको छ।

Advertisement

चितवन प्रहरीले भ्रामक र कपोकल्पित खबर रहेको दाबी गरिरहदा स्वयम रविले काकी अदालतका न्यायाधीश समक्ष भने आफूमाथि मादक पर्दाथ सेवन गरेका प्रहरीबाट दुव्र्यवहार भएको गुनासो पोखेका छन् ।

आइतबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले रविलाई ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप गर्नुअघि रविलगायतको पछिल्लो अवस्थाबारे चासो राखेका थिए । रविका तर्फबाट कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुशील पन्त, हरि सुवेदी र अधिवक्ता नारायण कँडेलले ‘अन्याय भएको’ भन्दै न्यायाधीशको ध्यानाकर्षण गराएका थिए ।

त्यसलगत्तै न्यायाधीश बेल्वासेले अन्य अभियुक्त जसरी नै रविको अवस्थाबारे सोधेका थिए । रविले आइतबार अदालतमा दुई पटक बोले । एक पटक आफूमाथि प्रहरीले अभद्र व्यवहार गरेको, औषधी खानसमेत नदिएको, बिरामी हुँदा रातारात पोखरा ल्याइएको बताएका थिए ।

राति ११÷१२ बजे ‘माथिको आदेश भन्दै मादक पदार्थ सेवन गरेका प्रहरीले झिंगलझ्याँगल पार्दै पोखरा ल्याइएको रविको दाबी थियो । ‘पोखराबाट ३ दिन काठमाडौं लगियो । काठमाडौंमा हिरासतको चिसो कोठामा सुत्न सकिरहेको थिइनँ, निद्रा परेको थिएन । त्यहाँबाट लगत्तै चितवन ल्याइयो । ८÷९ घन्टाको बयानमा मैले सहयोग गरेकै थिएँ । मेरो बिहानैदेखि टाउको दुखेको थियो,’ रविले अदालतमा न्यायाधीशसँग भने, ‘मलाई गाह्रो भएको छ । अस्पताल लगिदिनुस् भनेर पटक पटक आग्रह गरेँ । बयान सकिएपछि सुत्नका लागि तयार हुँदै थिएँ । त्यहाँका एसपीले आएर तपाईं पोखरा जानुपर्ने भयो भन्नुभयो ।’

भोलिपल्ट बिहान बरू ७ बजे नै जाऔंला आज आराम गर्न दिनुस् भनेर आफूले पटक पटक आग्रह गरेको रविको भनाइ थियो । पोखरा होइन, आफूलाई अस्पताल लगिदिन आग्रह गरेको रविले बताए । ‘मादक पदार्थ सेवन गरेका केही प्रहरीले आएर जबर्जस्ती उठाएर राख्न खोज्नुभयो, उहाँले मादक पदार्थ सेवन गर्नुभएको छ भनेँ ।

तपाईंहरूले मलाई कहाँ लैजाने हो, मेरो परिवार र कानुन व्यवसायीलाई फोन गर्ने अवसरमा दिन माग गर्न पनि सुनिएन र जबर्जस्ती गाडीमा राखियो,’ रविले भनेका थिए । पोखरा आउनेबित्तिकै अस्पताल गएको र प्रेसर बढेको देखिएको भन्दै कागजातसमेत रविले अदालतमा देखाए ।

प्रतिशोधको भावनाले आफूलाई ज्यादती गरिएको, परिवारमाथि पनि तनाव दिइएको रविले बताएका थिए । आफूले सहकारीको रकम हिनामिना नगरेको र अरुले गरेको गल्तीको भागीदार आफूलाई बनाइएको उनको भनाइ थियो ।

अहिलेसम्मको अनुसन्धानले नयाँ कुनै तथ्य नदेखाएको भन्दै आफूलाई गलाउनकै लागि देशैभरि डुलाउने, दुःख दिने काम भइरहेको इजलासमा रविले भनेका छन् । तर रविले न्यायाधीश समक्ष समेत यस्तो बताइरहदा चितवन प्रहरीले भने उनीमाथि कुनै दुव्र्यवहार नभएको दाबी गर्दै विज्ञप्ति नै जारी गरेको छ ।

भरतपुरमा बुधवार राति बयान सकिएपछि लामिछानेलाई हिरासत कक्षमा नलगेको, भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकसँग भेटवार्ता गरेको र भेटघाट कक्षबाटै राति १२ बजेर ५ मिनेट जाँदा पोखरा लगिएको चितवन प्रहरीको दाबी छ ।

चितवन प्रहरीका प्रवक्ता डीएसपी भेषराज रिजालले निकालेको विज्ञप्तिमा भनिएको छ, चितवनमा भएको घटनाक्रमलाई विश्लेषण गरी भीडबाट लामिछानेमाथि सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको र मुद्दा अनुसन्धानका लागि सिमित हदम्याद रहेकाले राति नै लैजान परेको हो ।

पोखरामा उपस्थित गराउने क्रममा नेपाल प्रहरीका कर्मचारीले राति सुतेको बेलामा हिरासत कक्षबाट उठाएको,दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरी कर्मचारीले जाँडरक्सी खाएको भन्ने आरोप भ्रामक, झुट्ठा र भ्रमपूर्ण रहेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले यस्तो दावी गरिरहदा राविको दल रास्वपाले भने उनीमाथि दुव्र्यवहार गरी मानवअधिकार हनन् भएको भन्दै जीवन रक्षाको लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ । गत कात्तिक २ गते रविलाई काठमाडौं पार्टी कार्यालयबाटै पक्राउ गरी पोखरा लगिएको छ।

उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धामा अनुसन्धान भइरहेको छ । अब हिजो थपिएको ४ दिनको समयावधिमा रविमाथि वीरगन्जमा समेत बयान लिइनेछ ।

भर्खरको समाचार

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

सम्बन्धित खबरहरु

Scroll to Top