×

NEPAL TIMES UPDATES

Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026

सहकारी प्रकरणमा लेखा समिति सभापतिकी पत्नी अभियुक्त

१ पुष २०८१

१ पुष ,काठमाण्डौ।

संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी समेत सम्लग्न रहेको मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संलग्न २६ जनालाई २२ करोड ४८ लाखको बिगो कायम गरिएको छ ।

Advertisement
Advertisement

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा पोखरेलकी पत्नी अंजला कोइरालासहित २६ जनालाई उक्त बिगो कायम गरेको हो । जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने सांसद पत्नीसहित अन्य प्रतिवादी भने फरार छन् ।

सहकारीको ठगीका विषयमा प्रदेश रजिष्टारको कार्यालय इटहरीबाट कात्तिक २ गते १० जनाविरुद्ध अनुसनधान गर्न भनिआएकामा प्रहरी अनुसन्धानबाट पूर्वसंचालकलाई समेत मुद्दा दायर गर्नुपर्ने देखिएपछि २६ जनाविरुद्ध मुद्दा दायर गर्न सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको मोरङ प्रहरी पवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

प्रहरीले राजवंशीसहित मोरङको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला, सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार समेत २६ जनाविरुद्ध जाहेरी तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सोही जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले अभियोग पत्र तयार गरेर मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८ सय ४२ जना शेयर सदस्यहरूको ३ करोड ८ लाख ८० हजार ३ सय रुपैयाँ शेयर रकम रहेको र ७०७ जना ऋणीहरूले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको सहकारीले देखाएको उल्लेख छ ।

यद्यपि उक्त ऋणमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ ऋण उठेको र बाँकी १६ करोड १६ लाख ५७ हजार ८३२ रुपैयाँ ऋण उठ्न बाँकी देखाइएको विवरण छ । ‘तर, उक्त ऋणहरूको निवेदन समेतको ब्यहोराबाट उमागौरी कृषि सहकारी संस्थाबाट महिला उद्यमशील कर्जा शीर्षकबाट ऋण उपलब्ध गराउने भनी तमसुक बनाएर धितोको लागि ऋणीहरूले घरजग्गा राखेकोमा सोही धितो राखिएको जग्गा नबिल बैंक लिमिटेडमा धितो राखी कर्जा निकाली माग गरेको धितो रकम भन्दा आधा रकम मात्र सम्बन्धित ऋणीलाई उपलब्ध गराई आधा रकम आफैँले खाइ मासी हिनामिना गरेको कारण हाल सफ्टवेयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिएको पाइन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।

सहकारीले प्रयोग गरेको सफ्टवेयरको अभिलेखअनुसार उक्त ऋणमध्ये हालसम्म ८ करोड १३ लाख ६४ हजार ७०१ रुपैयाँ ऋण असुल भएको र १६ करोड १६ लाख ५७ हजार ८३२ रुपैयाँ ऋण उठ्न बाँकी देखिएको आरोप पत्रमा उल्लेख गरिएको छ ।

आरोप पत्रमा बैकबाट लिएको ऋण संस्थाका अध्यक्ष रहेका शम्भुप्रसाद रौनियारले उमागौरी कृषि सहकारी संस्थाबाट ऋण दिएको तमसुक बनाएर धितोको लागि ऋणीहरूले घरजग्गा राखेको उल्लेख छ ।

आरोप पत्रमा भनिएको छ,‘ सोही धितो राखिएको जग्गा नविल बैङ्क लिमिटेडमा धितो राखी कर्जा निकाली माग गरेको धितो रकम भन्दा आधा रकम मात्र सम्बन्धित ऋणीलाई उपलब्ध गराई आधा रकम आफैले खाई मासी हिनामिना गरेको कारण हाल सफ्टवेयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिएको पाइन्छ ।’

उक्त सहकारीले नियामक निकायबाट केन्द्र विस्तार गर्ने अनुमति समेत नलिई अमरदह, आमबारी, रमाइलो लगायतको ठाउँमा शाखा बिस्तार गरी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र बचतकर्ताहरूको दैनिक तथा मासिक किस्ताबाटै ऋणको साँवा ब्याज कटिने भनेर प्रलोभन देखाई रकम बचत जम्मा गर्न लगाएको देखिएको छ ।

यस्तै ‘कर्जाको लागि धितो राखेको घरजग्गा सम्बन्धित ऋणीहरूको सहमति बिना नै नबिल बैंकमा धितो राखी उक्त रकम निकासा भए पश्चात् अपचलन गरेको देखिन्छ,’ अभियोग पत्रमा उल्लेख छ । ‘प्रमाणहरू समेतबाट संस्थामा आबद्ध प्रतिवादी अंजलासहितका २६ जनाले समयमा साधारण सभा गरी संस्थालाई नाफामा देखाउने उद्देश्यले गलत लेखा परीक्षण गराउने, संस्थाका पदाधिकारीहरू संस्थाको आयोजनामा हुने मिटिङमा सहभागी हुने, निर्णयमा दस्तखत गर्ने कार्यले सबैको संलग्नता समेत स्थापित भएको…,’ अभियोगपत्रमा भनिएको छ ।

उक्त अभियोगपत्रमा शम्भु प्रसाद रौनियार, लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भु प्रसाद सिंह, आमोद कुमार मण्डल, जितमान ठाकुर, विजय कुमार यादव, सुरेन्द्र कुमार राजवंशी, अशोक कुमार विश्वास, दिलमाया राई, अंजला कोइराला, उपासी राजवंशी, सोनु यादव, मोहमद नजाम उद्दिन, चम्पा गिरी, शम्भु प्रसाद सिंह, संतलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बास्कोटा, सुमन लोहनी, मित्र प्रसाद सिवाकोटी, सरदराज सिंह, मो. नसरुदिन, मनोज कुमार सोनी, यशोदा कुमारी राजवंशी फरार रहेका प्रतिवादीमा राखिएको छ ।

प्रतिवादीहरूले सहकारी ऐन, २०७४ बमोजिम बिगो २२ करोड ४८ लाख ३७ हजार ७ सय रुपैयाँ बिस पैसा बिगो कायम गरी संस्था मार्फत नै पीडित जाहेरवालाहरूलाई बिगो भराई सो बाहेकको दायित्व समेतको बाँकी रकम समेत संस्थालाई दिलाई भराई प्रतिवादीहरूलाई बिगो बमोजिम जरिवाना गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायको माग गरिएको छ ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय भने अहिले बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो । उजुरीका लागि सार्वजनिक आह्वान पनि गरेको थियो ।

Advertisement

आह्वान गर्दा अहिलेसम्म २३ जना ऋणीले आफूहरू ठगिएको भन्दै प्रहरीमा निवेदन दिएको प्रवक्ता जोशीले बताएका छन् । उनले कारागार चलान भएका राजवंशीवाहेक पक्राउ पुर्जी जारी भएका ९ जना फरार रहेको र बाँकीका १६ जनाका हकमा पक्राउ पुर्जीसमेत जारी नभएको बताएका छन् । उमागौरी कृषि सहकारी २०६८ सालमा स्थापना भएको हो । सांसदपत्नी कोइराला दुई कार्यकाल सहकारीमा सदस्य रहेकी थिइन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top