×

NEPAL TIMES UPDATES

Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026

बाबुरामलाई भेट्न किन पुगिन् सोविता गौतम ?

१६ पुष २०८१

१६ पुष , काठमाण्डौ।

पार्टी सभापति सहकारी प्रकरणमा २ महिना भन्दा लामो समयदेखि प्रहरी हिरासतमा रहेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सबै राजनीतिक कार्यक्रमहरु ठप्प छन् । रास्वपाका गतिविधि ठप्प प्राय जत्तिकै छन् ।

Advertisement

रवि हिरासतमा पुगेपछि रास्वपाले हासिल गरेको उपलब्धि भनेको गएको स्थानीय तहको उपनिर्वाचमा काठमाडौं १६ को वडाध्यक्षमा विजय हासिल गर्नु मात्रै हो । लामो समय सभापतिविहीन रहेको रास्वपाले सभापति रविमाथि अदालतमा मुद्धा दायर भएर सांसद समेतबाट निलम्बनमा परेपछि डीपी अर्याललाई कार्यवहाक उपसभापतिको रुपमा पाएको छ ।

र यो पनि पार्टी बैठकले नभई सभापति रविकै इच्छावमोजिम नै डीपीले रास्वपाको जिम्मेवारी पाएका हुन् । हिरासतमा रहदा खासै अन्य राजनीतिक दलका नेताहरुबाट साथ नपाएका रविले चितवनबाट कास्की हिरासत लैजादा उनीमाथि भएको भनिएको दुव्र्यवहारको घटनापछि भने पूर्वप्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरु बाटै आडभरोसा पाए ।

यसरी पहिलो आडभरोसा दिने नेता थिए । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई । उनले रविलाई कास्की हिरासतमै पुगेर भेट गरी रविको अवस्था सहित पछिल्लो राजनीतिक घटनाक्रम र वैकल्पिक राजनीतिक शक्तिका विषयमा छलफल भएको बताएका थिए ।

रविमाथि राजनीतिक प्रतिशोध भएको रुपमा ब्याख्या गर्ने भट्टराई नै रास्वपा बाहिरिएका पहिलो शीर्ष नेता थिए । रविका पक्षमा कास्की पुगेर एक्येवद्धता जनाएका बाबुरामसँग अहिले रास्वपाकी प्रभावशाली नेतृ सोविता गौतमले भेट गरेकी छन् ।

उनको भेटलाई निक्कै महत्वका साथ हेरिएको छ । सांसद गौतमले भट्टराई निवासमा पुगेर देशमा वैकल्पिक राजनीतिलगायतका विषयमा छलफल गरेको भट्टराई नै बताएका छन् । भेटबारे जानकारी दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका बाबुरामले फेसबुकमा लेखेका छन्, ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तिसँग देशको अर्थ–राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श।’

माओवादीबाट बाहिरिएपछि नयाँ शक्ति हुँदै मधेशवादी दलमा मिसिएर अहिले नेसपा गठन गरेका बाबुराम देशलाई वैकल्पिक शक्ति आवश्यक रहेको बताउँदै आइरहेका छन्। सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगी गरी तीनवटा मुद्दा दायर भएपछि रवि सांसद पदबाट निलम्बन भएका छन्।

उनी सांसदबाट निलम्बनमा परेपछि पार्टीको जिम्मेवारीमा पनि बसेनन्। मुद्दा दायर हुनुअघि पुस ६ गते उपसभापति डीपीलाई कार्यवाहकको जिम्मेवारी दिए। पुस ८ गते बसेको रास्वपा सचिवालय बैठकले उनको प्रस्तावलाई अनुमोदन ग¥यो।

नयाँ जिम्मेवारी पाएपछि डीपीको दौडधुप बढेको छ। उनले पुस ८ र १२ गते दुईवटा सचिवालय बैठक राखिसकेका छन्। पदाधिकारी रिक्त रहेका केन्द्रीय विभागमा मनोनयन गराएका छन् । उनले केन्द्रीय समिति र विस्तारित केन्द्रीय समितिको बैठक बोलाएका छन्।

पार्टीलाई आन्तरिक रुपमा चलायमान बनाएका छन् । सभापति रवि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगाएर ठगी गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेपछि पार्टी गतिविधि ठप्प हुन पुगेको थियो।

रवि पक्राउको विरोधमा रास्वपाले गर्ने घोषणा भएको कार्यक्रम समेत केही दिनमा स्थगित भएको थियो । अहिले डीपीले वडाको अधिवेशन गराउन बाँकी तहलाई सर्कुलर गरिसकेका छन्। पुस १५ गते बिहान केन्द्रीय समितिको भर्चुअल बैठक बस्दैछ।

केन्द्रीय समितिको विस्तारिक बैठक १९, २० र २१ गते बोलाएका छन्। नियमित बैठकमा केन्द्रीय सदस्य मात्र बस्थे भने सो बैठकमा प्रदेशका सभापति र महामन्त्री समेत राख्ने तय भएको छ । रास्वपाको विस्तारित बैठक पहिलो पटक बस्न लागेको हो।

रविको मुद्दा किनारा लाग्न समय लागेमा रास्वपा कमजोर हुन्छ भनेर टीकाटिप्पणी भइरहेको बेला डीपीले पार्टीलाई थप चलायमान बनाउने उनी निकटस्थहरू बताउँछन् । कतिपयले रास्वपामा स्वर्णिमलाई छलेर डीपी हाबी हुन थालेको विश्लेषण पनि गर्न थालेका छन्।

यद्यपि डीपीले रविकै सल्लाह अनुरुप पार्टी चलाइरहेका छन्। समय पुस १२ गते सचिवालय बैठक बसेपछि डीपी १३ गते रविलाइर्ए भेट्न कास्की पुगेका थिए । अहिले सोविताको डा.बाबुरामसँगको भेटपनि रवि र डीपीकै सल्लाहमा भएको विश्लेषण गरिएको छ ।

Advertisement

रवि प्रक्राउ परेपछि पोखरामा आयोजित विरोध सभामा सोविता सरकार र सत्तारुढ दलहरुप्रति कडा रुपमा प्रस्तुत भएकी थिइन ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top