भूकम्प ल्याउने विश्वका टेक्टोनिक प्लेटहरू कुन–कुन हुन् ?

२४ पुष , काठमाण्डौ ।

भूकम्प ल्याउने विश्वका टेक्टोनिक प्लेटहरू कुन–कुन हुन् ?
भूकम्प कसरी आउँछ ? टेक्टोनिक प्लेटहरू के हुन् ?

तिब्बत केन्द्रबिन्दु भएर गएकोशक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ। चिसोका कारण उद्धारकार्यमा कठिनाई भइरहेको चिनियाँ अधिकारीहरुले बताएका छन् । भूकम्पपछि ६ सय वटा पराकम्प आइसकेका छन् ।

तिब्बत भूकम्पछि भूकम्पविद्हरुले भूकम्पसम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको भ्रमपूर्ण सन्देश प्रवाह नगर्न आग्रह गर्दै भूकम्पको भविष्यवाणी सम्भव नभएकोमा जोड दिएका छन् । उनीहरुले भूकम्प गएमा के गर्ने ? कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरु के हुन् ?

लगायत विषयमा सचेतना बढाउनुपर्ने र भूकम्पका कारण हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारीको विषयमा सचेत रहन आग्रह समेत गरेका छन् । सामान्यतया पृथ्वीको सतहभित्र कम्पन हुँदा भूकम्पको धक्का महसुस हुन्छ ।

पृथ्वीको सतहमा हलचल उत्पन्न गर्दा पृथ्वीको भित्री भागमा रहेको तनाव धेरै बढ़्छ र त्यो असन्तुलनका कारण ऊर्जा मुक्त हुँदा जमिन हल्लिन्छ । यस कम्पनले पृथ्वीको सतहमा झट्का उत्पन्न गर्दछ र यसलाई भूकम्प भनिन्छ ।

पृथ्वीको बाह्य सतह (लिथोस्फीयर) विभिन्न ठूला टुक्रामा विभाजित छ जसलाई भूकम्पीय प्लेट भनिन्छ । यी प्लेटहरू एकअर्कामा चढ्छन्, जसले भूकम्पको ल्याउँछ । खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प एक भौगर्भिक प्रक्रिया हो जसलाई रोक्न तथा हालसम्मको अध्ययन अनुसन्धानबाट यसको भविष्यवाणी गर्न सकिएको छैन ।

टेक्टोनिक प्लेटहरुबीचको अन्तरसङ्घर्षको कारणले भूकम्पहरु जाने गर्दछन् । स–साना भूकम्प हरेक दिन जाने गरेका छन् भने ठूला भूकम्प केही वर्षको अन्तरालमा जाने गर्दछन् । हरेक दिन जाने साना भूकम्पहरुले सञ्चित ऊर्जा निसृत गर्न सक्दैनन् त्यसैले बेलाबेलामा ठूला र विनाशकारी भूकम्पहरु जाने गर्दछन् ।

पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मा (बर्मा) सम्मको करिब दुई हजार पाँच सय किलोमिटर लामो सक्रिय हिमशृङ्खलाको मध्य भागको करिब आठ सय किलोमिटर (एक तिहाइ) भाग नेपाल हिमालयले ओगटेको छ ।

टेक्टोनिक प्लेटबीचको टकराव र ऊर्जा सञ्चिति र समय–समयमा बिनाशकारी भूकम्पको माध्यमबाट हुने विसर्जनका कारण नेपाल हिमालय भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रमा परेको केन्द्रको भनाइ छ ।

हामी बसेको जमिनमुनि कडा चट्टान (बेड रक) हुन्छ । यही चट्टानमाथिको भागलाई पृथ्वीको सतह (क्रेस्ट) भानिन्छ, जसको सबैभन्दा माथिको सतहमा हामी बसिरहेका हुन्छौँ जुन १०० किमिसम्म गहिरो हुन्छ ।

पृथ्वीमा यस्ता ठूला सक्रिय चट्टान ७ ओटा छन् र यिनीहरुलाई टेक्टोनिक प्लेट भनिन्छ । यी प्लेटहरु एकापसमा जोडिएर बसेका हुन्छन् र कुनै एकअर्कामा खप्टिएका पनि हुन्छन् । पृथ्वीको माथिल्लो भूभाग विभिन्न किसिमका टुक्राहरु मिलेर बनेको छ ।

त्यसलाई प्लेट भनिन्छ । नेपालसमेत रहेको हिमालयन बेल्टको निर्माण इन्डियन प्लेट र युरेसियनसमेत भनिने तिब्बती प्लेट एकअर्कामा जुधेर बनेको छ । सानो भएको कारण इन्डियन प्लेटले तिब्बती प्लेटलाई धकेल्न सक्दैन ।

जसको कारण प्रत्येक वर्ष २ सेन्टिमिटरका दरले भित्र धसिने गर्छ । यसरी भित्र धस्सिरहने क्रममा घर्षणले गर्दा प्लेटहरूको परिधिमा शक्ति सञ्चय भइरहेको हुन्छ । प्लेट–प्लेटबीचको परिधिलाई फल्ट वा चिराहरू पनि भनिन्छ ।

जसमध्ये ९२ वटा सक्रिय फल्टहरू नेपालकै सीमाभित्र पर्छन् । तीमध्ये दुइटा फल्टहरू काठमाडौं उपत्यकाभित्रै छन् ।इन्डियन प्लेट तिब्बतीयन प्लेटमा धसिइरहेको र अथाह शक्ति सञ्चय भइरहेका कारण हिमालयमुनि नेपालमा शक्तिशाली भूकम्प आउन सक्ने पूर्वानुमान भूकम्पविद्हरुको छ ।

भूकम्पले गर्दा २ किसिमको तरङ्ग पैदा गर्छ एउटा जमिनसँग दायाँबायाँ र अर्को जमिनको तलमाथि । दायाँबायाँ आउने तरङ्गभन्दा तलमाथि आउने तरङ्ग बढी हानिकारक हुन्छ । किनकि यसले भवनलगायतका संरचनाको जग कमजोर पारिदिन्छ ।

भूकम्पको केन्द्र भन्नाले हलचल सुरु भएको ठाउँको ठीक माथिको जमिनको भागलाई भनिन्छ जसमा तलमाथि गर्ने तरङ्ग बढी हुने गर्छन् र खतरनाक हुने गर्छ । २ ओटा प्लेटबीचको हलचल सन्तुलनमा आउन पनि समय लाग्छ ।

सामान्यतया भूकम्पपछि यी प्लेटहरु फेरि सन्तुलनमा आउन चाहन्छन्, जसका कारण पटक–पटक भूकम्प जाने गर्छ । ठूलो भूकम्पपछिको कम्पन पहिलाको जस्तो बलियो हुँदैन । तर यो क्रम प्लेट सन्तुलनमा नआएसम्म चलिरहन्छ ।

त्यसैले ठूलो भूकम्पपछि साना–साना भूकम्प आउनु सामान्य घटना हो । भूकम्प होरिजेन्टल र भर्टिकल वा सतही र गहिराइ दुवै प्रकृतिको हुन सक्छ । सतही भूकम्प पृथ्वीको माथिल्लो तहबाट प्लेटहरूको हलचलले गर्दा हुन्छ ।

प्लेटहरू टुक्राटुक्रामा छुट्टिनु र यसले गति पाउनुमा पृथ्वीको सतहमुनि चिसो र तातोबीचको तापक्रमको फरक र यसकै कारणले बहने ‘कन्भेक्सन करेन्ट’ लाई नै प्रमुख कारण मान्न सकिन्छ । यसैगरी पृथ्वीको गहिराइमा अधिक तापक्रम र दबाबका कारण चट्टानहरूको स्वरूप परिवर्तन हुने क्रममा हुने असन्तुलनका कारणले पनि भूकम्प जाने गर्दछ।

विश्वभरका मुख्य टेक्टोनिक प्लेटहरू निम्न प्रकारका छन्, जसले पृथ्वीको बाहिरी सतह (लिथोस्फियर) लाई बनाउँछः

१. प्रशान्त प्लेटः

यो संसारकै सबैभन्दा ठूलो टेक्टोनिक प्लेट हो। यो प्लेटको मुनि प्रशान्त महासागर अवस्थित छ। यसको किनारमा “रिंग अफ फायर“ भनिने क्षेत्रमा धेरै ज्वालामुखी र भूकम्पहरू हुन्छन्।

२. उत्तर अमेरिकी प्लेटः

यो प्लेटमा उत्तर अमेरिका, ग्रिनल्यान्ड, र अटलान्टिक महासागरको एक भाग समावेश छ। यो प्लेट युरोपेली प्लेटसँग सीमा बनाउँछ।

३. दक्षिण अमेरिकी प्लेट ः

यसले दक्षिण अमेरिका र अटलान्टिक महासागरको एक भागलाई कभर गर्छ। यो प्लेट अफ्रिकी प्लेटसँग सिमाना साझा गर्दछ।

४. अफ्रिकी प्लेटः

यसले अफ्रिका महाद्वीप र आसपासका महासागर क्षेत्रहरूलाई समेट्छ। यो प्लेटको सिमानामा भूकम्प र ज्वालामुखी सक्रियता देखिन्छ।

५. युरोसियन प्लेटः

युरोप र एशियाको अधिकांश भाग यस प्लेटमा पर्दछ। यो प्लेट उत्तर अमेरिकी प्लेटसँग सीमा साझा गर्छ।

६. अष्ट्रेलियाई प्लेटः

यसले अष्ट्रेलिया महाद्वीप र हिन्द महासागरको एक भागलाई समेट्छ। इन्डोनेशियाको आसपासमा यसको सीमामा धेरै भूकम्प हुन्छ।

७. भारतीय प्लेट

यो प्लेट भारतीय उपमहाद्वीप र हिन्द महासागरको केही भाग समेट्छ। यो युरोसियन प्लेटसँग टकराउँदा हिमालय पर्वत श्रृंखलाको निर्माण भएको हो।

८. अंटार्कटिक प्लेट
अंटार्कटिका महाद्वीप र यसको वरपरको महासागर क्षेत्रलाई समेट्छ। यो प्लेट तुलनात्मक रूपमा स्थिर छ। यी प्लेटहरू एक–अर्कासँग अन्तरक्रिया गर्दा भूकम्प, ज्वालामुखी, पर्वत निर्माण र महासागर खाडलजस्ता भूगर्भीय घटनाहरू हुने गर्दछन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top