NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

रविले हात जोडे, मलाई छोडिदिनुस श्रीमान्, श्रीमानले के गर्लान् ?

बिहिबार पुस २५ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
बयान दिन संसदीय छानबिन समितिमा पुगे रवि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२५ पुष , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न अदालतसँग याचना गरेका छन् । आज नीतिज राईको इजलास न्यायाधीशले बोल्न समय दिएपश्चात उनले आफ्नो भनाइ राखेका थिए ।

रविले सहकारीको पैसा फिर्ता गराउन आफूले पहल गर्ने भन्दै बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने बताए । उनले भने, ‘म गृहमन्त्री हुँदा पनि शक्तिको दुरुपयोग गरिनँ । सहकारीको पैसा फिर्ता गर्न निरन्तर प्रयास गर्छु । प्रत्येक पटक सहकारीपिडितको पक्षमा मैले गरेका कामको फाइल लिएर आउने छु ।’

कम्पनीमा आएको पैसा खर्च गर्नु आफ्नो जिम्मेवारीको कुरा भएको उनले प्रष्ट पारे । संसदीय छानविन समतिले पनि कम्पनी ऐन अनुसार गरिएको र सहकारीबाट पैसा लिने प्रक्रियामा आफ्नो संलग्नता नरहेको निचोड निकालेको उनले सुनाए ।

कानून मिचेर मुद्दा दर्ता भएको रविले आरोप लगाए । ‘पीडितको पक्षमा निरन्तर लागिपर्छु । मलाई छोडिदिनुस श्रीमान । प्रत्येक पटक आउँदा सहकारी पिडितको पक्षमा काम गरेको प्रमाण लिएर आउनेछु,’ रविले भने ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अभियोजनकर्ता (सरकारी वकिल) को तर्फबाट जवाफी बहस पनि सकिएपछि प्रतिवादीहरुलाई न्यायाशीधले आदेश दिन अघि आफ्ना कुरा राख्न समय दिएका थिए ।

कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधीवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायधीवक्ता गोविन्द गौलीले जवाफी बहस गरेका थिए।

यसअघि बुधबार दिउँसो जाहेरवालाको तर्फबाट जवाफी बहस भएको थियो। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ६५ जना जोडिएका छन्। ४४ जनाई मुद्दा दायर गरिएकामा तीमध्ये हिरासतमा रहेका र कागारमा रहेका ७ जना प्रतिवादीको पुस १६ गतेदेखि थुनछेक बहस चलेको हो।

सुरुमा बादीको जवाफी बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस भएको थियो। सबै पक्षको बहस सकिएसँगै आजै थुनछेक आदेश आउने सम्भावना बढेको छ।

रविका पक्षमा कास्की अदालतमा वरिष्ठ अधिवक्ताहरू पूर्वमहान्याधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्त, वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र थापा मगरसहित ,डा नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बाँस्तोला, अधिवक्ताहरू डा नारायणदत्त कँडेल, राजेन्द्र सेढाई, सुरज बस्नेत, सुविज्ञ पन्त, सञ्जय गोले र सुनिता राउतले बहस गरेका थिए।

बहसको क्रममा कानुन व्यवसायीहरूले प्रथम दृष्टिमै रविमाथि राजनीतिक पूर्वाग्रहका कारण अभियोग लगाइएको देखिने र उनी निर्दोष रहेको तर्क प्रस्तुत गरेका थिए। रविलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने कुनै कारण नरहेको पनि उनीहरूको जिकिर थियो।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पहिलो अभियोग २०८० असोज १८ गते दर्ता भएको थियो । उक्त मुद्दामा थप प्रतिवादी रहेको र पुनः अनुसन्धान हुनुपर्ने भन्दै पीडितहरूले पूरक जाहेरी दिए। प्रहरीले पूरक जाहेरीकै आधारमा अनुसन्धान सकेर सरकारी वकिललाई बुझाएको हो ।

उक्त अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले पुस ५ गते र ७ गते अभियोगपत्र दायर गरेको थियो । अभियोगपत्रमा विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ ।

उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। यस्तै यीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ।

रवि पत्नी निकिता पौडेलसहित ५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ। रवि लामछिाने सहकारी प्रकरणमा गएको कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको पार्टी मुख्यालयबाट पक्राउ परेका थिए ।

उनी पक्राउ परेयता रास्वपाले उनीमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै केही साता सडक संघर्ष समेत गरेको थियो । रविसहित सातैजना आरोपीहरुलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

जिल्ला अदालत कास्की वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुको सम्भावित गतिविधिलाई ध्यानमा राख्दै सो क्षेत्रमा प्रवेशमा कडाइ गरिएको छ।

Tags: #न्यायाधीश समक्ष रविको याचना#राष्ट्रिय स्वतन्त्र पार्टी

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.