×

NEPAL TIMES UPDATES

Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026

रविले हात जोडे, मलाई छोडिदिनुस श्रीमान्, श्रीमानले के गर्लान् ?

२५ पुष २०८१

२५ पुष , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न अदालतसँग याचना गरेका छन् । आज नीतिज राईको इजलास न्यायाधीशले बोल्न समय दिएपश्चात उनले आफ्नो भनाइ राखेका थिए ।

Advertisement

रविले सहकारीको पैसा फिर्ता गराउन आफूले पहल गर्ने भन्दै बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने बताए । उनले भने, ‘म गृहमन्त्री हुँदा पनि शक्तिको दुरुपयोग गरिनँ । सहकारीको पैसा फिर्ता गर्न निरन्तर प्रयास गर्छु । प्रत्येक पटक सहकारीपिडितको पक्षमा मैले गरेका कामको फाइल लिएर आउने छु ।’

कम्पनीमा आएको पैसा खर्च गर्नु आफ्नो जिम्मेवारीको कुरा भएको उनले प्रष्ट पारे । संसदीय छानविन समतिले पनि कम्पनी ऐन अनुसार गरिएको र सहकारीबाट पैसा लिने प्रक्रियामा आफ्नो संलग्नता नरहेको निचोड निकालेको उनले सुनाए ।

कानून मिचेर मुद्दा दर्ता भएको रविले आरोप लगाए । ‘पीडितको पक्षमा निरन्तर लागिपर्छु । मलाई छोडिदिनुस श्रीमान । प्रत्येक पटक आउँदा सहकारी पिडितको पक्षमा काम गरेको प्रमाण लिएर आउनेछु,’ रविले भने ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अभियोजनकर्ता (सरकारी वकिल) को तर्फबाट जवाफी बहस पनि सकिएपछि प्रतिवादीहरुलाई न्यायाशीधले आदेश दिन अघि आफ्ना कुरा राख्न समय दिएका थिए ।

कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधीवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायधीवक्ता गोविन्द गौलीले जवाफी बहस गरेका थिए।

यसअघि बुधबार दिउँसो जाहेरवालाको तर्फबाट जवाफी बहस भएको थियो। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ६५ जना जोडिएका छन्। ४४ जनाई मुद्दा दायर गरिएकामा तीमध्ये हिरासतमा रहेका र कागारमा रहेका ७ जना प्रतिवादीको पुस १६ गतेदेखि थुनछेक बहस चलेको हो।

सुरुमा बादीको जवाफी बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस भएको थियो। सबै पक्षको बहस सकिएसँगै आजै थुनछेक आदेश आउने सम्भावना बढेको छ।

रविका पक्षमा कास्की अदालतमा वरिष्ठ अधिवक्ताहरू पूर्वमहान्याधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्त, वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र थापा मगरसहित ,डा नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बाँस्तोला, अधिवक्ताहरू डा नारायणदत्त कँडेल, राजेन्द्र सेढाई, सुरज बस्नेत, सुविज्ञ पन्त, सञ्जय गोले र सुनिता राउतले बहस गरेका थिए।

बहसको क्रममा कानुन व्यवसायीहरूले प्रथम दृष्टिमै रविमाथि राजनीतिक पूर्वाग्रहका कारण अभियोग लगाइएको देखिने र उनी निर्दोष रहेको तर्क प्रस्तुत गरेका थिए। रविलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने कुनै कारण नरहेको पनि उनीहरूको जिकिर थियो।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पहिलो अभियोग २०८० असोज १८ गते दर्ता भएको थियो । उक्त मुद्दामा थप प्रतिवादी रहेको र पुनः अनुसन्धान हुनुपर्ने भन्दै पीडितहरूले पूरक जाहेरी दिए। प्रहरीले पूरक जाहेरीकै आधारमा अनुसन्धान सकेर सरकारी वकिललाई बुझाएको हो ।

उक्त अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले पुस ५ गते र ७ गते अभियोगपत्र दायर गरेको थियो । अभियोगपत्रमा विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ ।

उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। यस्तै यीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ।

रवि पत्नी निकिता पौडेलसहित ५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ। रवि लामछिाने सहकारी प्रकरणमा गएको कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको पार्टी मुख्यालयबाट पक्राउ परेका थिए ।

उनी पक्राउ परेयता रास्वपाले उनीमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै केही साता सडक संघर्ष समेत गरेको थियो । रविसहित सातैजना आरोपीहरुलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

जिल्ला अदालत कास्की वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुको सम्भावित गतिविधिलाई ध्यानमा राख्दै सो क्षेत्रमा प्रवेशमा कडाइ गरिएको छ।

Advertisement

भर्खरको समाचार

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

सम्बन्धित खबरहरु

Scroll to Top